Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

निषेधित क्षेत्रका कारण पर्यटकलाई धेरै असहज भयोः पर्यटनमन्त्री किराती

खबरडबली संवाददाता

काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले निषेधित क्षेत्र धेरै हुँदा नेपाल घुम्न आउने विदेशी पर्यटकलाई असहजता हुने गरेको बताएका छन् । मंगलबार नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्ती विशेष कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् ।

पर्यटनबाट मात्रै नेपालको समृद्धि सम्भव रहेको उनले दोहोर्याए ।  उनले नेपालमा विदेशी पर्यटकका लागि निषेधित क्षेत्र धेरै हुँदा पर्यटकलाई समस्या भएको उल्लेख गर्दै डबल हवाई भाडा लिँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालप्रति नराम्रो सन्देश गैरहेको बताए । समस्या समाधानका लागि आफूले पहल गरेको उनको भनाई छ ।

मन्त्री किरातीले भने, ‘पर्यटन ऐनहरु पुराना छन् । समय सापेक्षित ऐन संशोधन गर्नुछ । नेपाल आउने विदेशी पाहुनाका लागि हामीले जहाजको भाडा डबल गरेका छौं, त्यसले विश्व समाजमा नकारात्मक सन्देश गैरहेको भन्दै धेरै ठाउँबाट भाडा समायोजनको लागि सुझाव तथा आक्रोस पनि आउने गरेका छन् । निषेधित क्षेत्रहरुको कारणले गर्दा पर्यटनमा धेरै ठूलो असहजता छ । त्यो सहजीकरण गर्न हिजैमात्र मैले प्रधानमन्त्रीसँग कुरा राखेको छु ।’

जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा तीव्र रुपमा असर पारिरहेकाले नेपालका हिमाल कालो पत्थरमा परिणत हुने खतरा उच्च रहेको भन्दै त्यसलाई जोगाउन सबै लाग्नुपर्ने उनले बताए ।

हिमाली पर्वतारोहीले हिमाल आरोहणपश्चात् गरेको फोहोरले हिमाली स्वच्छतामा असर पारेको भन्दै उनले त्यसलाई रोक्न सबै लाग्नुपर्ने बताएका हुन् ।

हिमाली क्षेत्रमा गरिने ‘फेक रेस्क्यु’ को कारण नेपाल घुम्न आउने विदेशी पर्यटकमा नकारात्मक प्रचार भएको भन्दै त्यसतर्फ निजी, सरकारी सबैले गम्भीर भएर सोच्नुपर्नेमा उनले जोड दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending