काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिकी सदस्य हर्कमाया विश्वकर्माले आरती साहको विषयमा समितिले संवेदनशील भएर सरकारलाई दबाब दिने हिसाबको निर्णय गर्नुपर्ने बताएकी छन् ।
आज बसेको समितिको बैठकमा उनले यस विषयलाई दबाबपूर्ण तरिकाले टुङ्गो लगाउने हो भने बैठक मात्रै बसेर केही नहुने भन्दै आन्दोलनमा रहेका परिवारमाथि दमन गर्ने प्रहरीहरुलाई निलम्बित गर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘आरती साहको विषयमा महिला समिति एकदमै संवेदनशील छ र यो विषयमा सरकारलाई दबाब दिने हिसाबको ठोस निर्णय भयो प्रभावकारी हुनेछ । दमन गर्ने प्रहरीहरुलाई निलम्बित गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
यस्तै, उनले यो विषयलाई मन्त्रालयमा लिएर जाँदा पनि केही समाधान नभएको भन्दै समस्याको तत्कालै समाधान गर्नुपर्ने बताइन् ।
समिति सदस्य चन्दा चौधरीले यो विषयलाई सरोकारवालहरु र प्रधानमन्त्रीलाई पनि राखेर छलफल गरेर कार्यान्वयनमा जानुपर्ने बताइन् ।
उनले भनिन्, ‘आरती साहको केश महिनौं भइसकेको छ, यस्तो तरिकाले कुनै आन्दोलन भएको छ जस्तो लाग्दैन । प्रशासनको व्यवहार पनि राम्रो छैन । सबै सरोकारवालहरुलाई राखेर प्रधानमन्त्री पनि सँगै बसेर के गर्न सकिन्छ, दोषीलाई किन कारबाही नभएको भन्ने विषयमा छलफल गरेर छिनोफानो गर्नुपर्छ । दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनु पर्छ ।’
धनुषाको नगराइन ८ खिरखिरयाकी २५ वर्षीया आरती साहको हत्या भएको थियो । उनको माइती पक्षले दाइजोको कारण परिवारबाटै हत्या भएको जनाउँदै आएको छ ।
दोषीमाथि कारबाही गर्न उनका परिवारका सदस्य झण्डै तीन महिनादेखि आन्दोलनरत छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: