Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

गरिब, विपन्न र असहाय नागरिकको सरकारले निःशुल्क उपचार गर्छ : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताएका छन् । आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ कलेज) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्फ्नो ।

उनले आफ्नाे नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउँदै  भने, ‘गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० शैय्या निःशुल्क उपलब्ध गराइएको छ । पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैय्याको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ ।’

सरकारको कामले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्ने बताए ।

उनले भने, ‘नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ, यो निकै ठूलो मेहेनत र संघर्षको प्रतिफल हो । उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था छ ।’

संविधानको व्यवस्थाअनुरूप आम्दा लगायतका निजी स्वास्थ्य संस्थाहरूले पनि सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ कलेज) को उद्घाटन समारोहमा  प्रधानमन्त्री  “प्रचण्ड”काे सम्बोधन पूर्णपाठः

महामहिम जापानी राजदूतज्यू, 

आम्दा प्रतिष्ठानका संस्थापक डा. सिगेरू सुगानामी,
सम्पूर्ण अतिथिगण,
संस्थाका स्थानीय सञ्चालक समितिका साथीहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय जनसमुदाय ।

सबैभन्दा पहिला उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक अभिवादन व्यक्त गर्दै जापान सरकार र जाइका नेपालमार्फत नेपालको विकासमा जापानले दिँदै आएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु । 

आज उद्घाटन हुन लागेको आम्दा नेपालअन्तर्गत स्थापित सिद्धार्थ बाल तथा महिला अस्पतालले सञ्चालन गरेको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ्ग कलेज) को विधिपूर्वक उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । म आम्दा नेपाल परिवारमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

विश्वशान्तिका प्रवर्तक गौतम बुद्धको पवित्र जन्मभूमि तथा प्राचीन इतिहास र बुद्ध दर्शनको उद्गम भूमिका रूपमा परिचित कक्रुच्छन्द बुद्ध र कनकमुनि बुद्धको समेत जन्मभूमिका रूपमा चर्चित यस रूपन्देही क्षेत्रमा जापानका मानवसेवामा समर्पित प्रतिष्ठित डाक्टर सिगेरू सुगानामीसहितका व्यक्तिहरूको योगदानमा स्थापित आम्दा नेपालले बुटवलमा सिद्धार्थ अस्पताल तथा क्याम्पस दुबैले आमा र बालबालिकाहरूको स्वास्थ्यमा पुर्‍याएको योगदानको प्रशंसा गर्दछु ।

सन् १९८४ मा “एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया” (AMDA) का रूपमा स्थापित गैरनाफामुलक गैरसरकारी यस संस्थाले चिकित्सा शिक्षाका क्षेत्रमा समेत सहुलियतपूर्ण शुल्कमा सुलभ सेवा दिन स्थापित भएको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ्ग कलेज) मा नर्सिङ्ग, फार्मेसी र एच.ए. विषयको अध्यापन सेवा सुरू गर्नु यस क्षेत्रकै लागि खुसीको विषय हो । एउटा च्यारिटी अस्पताल र शिक्षण संस्थाको नाताले यहाँका स्थानीय निम्न आर्थिक स्तर भएका जनताका निम्ति यो संस्था धेरै नै उपलब्धीपूर्ण रहनेछ भन्नेमा मैले विश्वास लिएको छु ।

बालबालिका तथा महिलाहरूलाई एउटै स्थानबाट यति धेरै सुविधा प्रदान गर्नु र दुरदराजका बिरामीहरूको समेत स्तरीय उपचार गर्नुले यस अस्पतालको भूमिका मननीय छ भन्ने स्वतः स्पष्ट छ । पचास श्ययाबाट सुरू भई हाल एक सय श्ययामा सञ्चालन भइरहेको यस अस्पतालमा पुनः तीन सय श्ययाको सुविधा सम्पन्न अस्पताल बनाउनका लागि आज सो भवनको शिलान्यास भएको छ । साथै अनुसन्धानात्मक क्षेत्रमा समेत योगदान पु¥याउन पुस्तकालयको पनि निर्माण सुरू गरिएको छ । यसको महत्व अझ बढी उजागर गरेको छ । 

पच्चीस वर्ष अगाडि स्थापित उपचारात्मक सेवा दिँदै आएको यस संस्थाले चिकित्सा शिक्षामा समेत पाइला चालेको छ । यो शैक्षिक कार्यक्रममा सरकारको तर्फबाट सक्दो सहयोग पुर्‍याइनेछ । साथै यस संस्थाबाट निकट भविष्यमै आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिने जानकारी गराउँछु।

मलाई विश्वास छ– यस संस्थाले स्वास्थ्य र शिक्षाका दुबै क्षेत्रमा उदाहरणीय काम गर्नेछ । यस नगरमा नमुना नर्सिङ्ग कलेज र नमुना महिला बाल अस्पतालको भूमिका पनि पूरा गर्नेछ । यस नर्सिङ्ग कलेजको सम्बन्धन प्रक्रियामा आइपरेका समस्या र चुनौतीको सामना गर्दै भरपुर प्रयत्नका साथ यस संस्थाका व्यक्तिहरू र पार्टीका नेता कमरेडहरूलाई यो पहलकदमीमा समर्पित भई लाग्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु । 

वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील छ । मेरो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० श्यया निशुल्क उपलब्ध गराइएको छ । पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल श्ययाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ । यस्ता धेरै कामहरू अगाडि बढेका छन्– जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन् ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ, यो निकै ठूलो मेहेनत र संघर्षको प्रतिफल हो । उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था छ । संविधानको उक्त व्यवस्थाअनुरूप आम्दा लगायतका निजी स्वास्थ्य संस्थाहरूले पनि सकारात्मक योगदान गर्नेछन् भन्ने मैले विश्वास लिएको छु । 

अन्तमा संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै यसको थप गुणस्तरीयता, सहुलियतपूर्ण जनपक्षीय सेवा र यस क्षेत्रकै उदाहरणीय स्वास्थ्य केन्द्रका रूपमा प्रतिष्ठित हुँदै जाने विश्वास व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending