Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

गरिब, विपन्न र असहाय नागरिकको सरकारले निःशुल्क उपचार गर्छ : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताएका छन् । आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ कलेज) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्फ्नो ।

उनले आफ्नाे नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउँदै  भने, ‘गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० शैय्या निःशुल्क उपलब्ध गराइएको छ । पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैय्याको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ ।’

सरकारको कामले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्ने बताए ।

उनले भने, ‘नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ, यो निकै ठूलो मेहेनत र संघर्षको प्रतिफल हो । उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था छ ।’

संविधानको व्यवस्थाअनुरूप आम्दा लगायतका निजी स्वास्थ्य संस्थाहरूले पनि सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ कलेज) को उद्घाटन समारोहमा  प्रधानमन्त्री  “प्रचण्ड”काे सम्बोधन पूर्णपाठः

महामहिम जापानी राजदूतज्यू, 

आम्दा प्रतिष्ठानका संस्थापक डा. सिगेरू सुगानामी,
सम्पूर्ण अतिथिगण,
संस्थाका स्थानीय सञ्चालक समितिका साथीहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय जनसमुदाय ।

सबैभन्दा पहिला उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक अभिवादन व्यक्त गर्दै जापान सरकार र जाइका नेपालमार्फत नेपालको विकासमा जापानले दिँदै आएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु । 

आज उद्घाटन हुन लागेको आम्दा नेपालअन्तर्गत स्थापित सिद्धार्थ बाल तथा महिला अस्पतालले सञ्चालन गरेको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ्ग कलेज) को विधिपूर्वक उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । म आम्दा नेपाल परिवारमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

विश्वशान्तिका प्रवर्तक गौतम बुद्धको पवित्र जन्मभूमि तथा प्राचीन इतिहास र बुद्ध दर्शनको उद्गम भूमिका रूपमा परिचित कक्रुच्छन्द बुद्ध र कनकमुनि बुद्धको समेत जन्मभूमिका रूपमा चर्चित यस रूपन्देही क्षेत्रमा जापानका मानवसेवामा समर्पित प्रतिष्ठित डाक्टर सिगेरू सुगानामीसहितका व्यक्तिहरूको योगदानमा स्थापित आम्दा नेपालले बुटवलमा सिद्धार्थ अस्पताल तथा क्याम्पस दुबैले आमा र बालबालिकाहरूको स्वास्थ्यमा पुर्‍याएको योगदानको प्रशंसा गर्दछु ।

सन् १९८४ मा “एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया” (AMDA) का रूपमा स्थापित गैरनाफामुलक गैरसरकारी यस संस्थाले चिकित्सा शिक्षाका क्षेत्रमा समेत सहुलियतपूर्ण शुल्कमा सुलभ सेवा दिन स्थापित भएको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ्ग कलेज) मा नर्सिङ्ग, फार्मेसी र एच.ए. विषयको अध्यापन सेवा सुरू गर्नु यस क्षेत्रकै लागि खुसीको विषय हो । एउटा च्यारिटी अस्पताल र शिक्षण संस्थाको नाताले यहाँका स्थानीय निम्न आर्थिक स्तर भएका जनताका निम्ति यो संस्था धेरै नै उपलब्धीपूर्ण रहनेछ भन्नेमा मैले विश्वास लिएको छु ।

बालबालिका तथा महिलाहरूलाई एउटै स्थानबाट यति धेरै सुविधा प्रदान गर्नु र दुरदराजका बिरामीहरूको समेत स्तरीय उपचार गर्नुले यस अस्पतालको भूमिका मननीय छ भन्ने स्वतः स्पष्ट छ । पचास श्ययाबाट सुरू भई हाल एक सय श्ययामा सञ्चालन भइरहेको यस अस्पतालमा पुनः तीन सय श्ययाको सुविधा सम्पन्न अस्पताल बनाउनका लागि आज सो भवनको शिलान्यास भएको छ । साथै अनुसन्धानात्मक क्षेत्रमा समेत योगदान पु¥याउन पुस्तकालयको पनि निर्माण सुरू गरिएको छ । यसको महत्व अझ बढी उजागर गरेको छ । 

पच्चीस वर्ष अगाडि स्थापित उपचारात्मक सेवा दिँदै आएको यस संस्थाले चिकित्सा शिक्षामा समेत पाइला चालेको छ । यो शैक्षिक कार्यक्रममा सरकारको तर्फबाट सक्दो सहयोग पुर्‍याइनेछ । साथै यस संस्थाबाट निकट भविष्यमै आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिने जानकारी गराउँछु।

मलाई विश्वास छ– यस संस्थाले स्वास्थ्य र शिक्षाका दुबै क्षेत्रमा उदाहरणीय काम गर्नेछ । यस नगरमा नमुना नर्सिङ्ग कलेज र नमुना महिला बाल अस्पतालको भूमिका पनि पूरा गर्नेछ । यस नर्सिङ्ग कलेजको सम्बन्धन प्रक्रियामा आइपरेका समस्या र चुनौतीको सामना गर्दै भरपुर प्रयत्नका साथ यस संस्थाका व्यक्तिहरू र पार्टीका नेता कमरेडहरूलाई यो पहलकदमीमा समर्पित भई लाग्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु । 

वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील छ । मेरो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० श्यया निशुल्क उपलब्ध गराइएको छ । पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल श्ययाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ । यस्ता धेरै कामहरू अगाडि बढेका छन्– जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन् ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ, यो निकै ठूलो मेहेनत र संघर्षको प्रतिफल हो । उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था छ । संविधानको उक्त व्यवस्थाअनुरूप आम्दा लगायतका निजी स्वास्थ्य संस्थाहरूले पनि सकारात्मक योगदान गर्नेछन् भन्ने मैले विश्वास लिएको छु । 

अन्तमा संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै यसको थप गुणस्तरीयता, सहुलियतपूर्ण जनपक्षीय सेवा र यस क्षेत्रकै उदाहरणीय स्वास्थ्य केन्द्रका रूपमा प्रतिष्ठित हुँदै जाने विश्वास व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending