Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

सामान्य किराना पसलेको खातामा कहाँबाट आयाे २० करोडभन्दा बढी रुपैयाँ ?

खबरडबली संवाददाता

काठमाडौं। झापाकाे दमक नगरपालिका घर भएका एक सामान्य युवकको खातामा अस्वाभाविक परिमाणमा पैसा रहेको पाइएको छ । ३० वर्षीय युवक पिन्टुकुमार साहको बैंक खातामा २० करोड रुपैयाँ भन्दा बढी रकम रहेको भेटिएको हो ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले खातामा शंकास्पद रकम देखिएपछि गत असोजको दोस्रो साता उनलाई नियन्त्रणमा लिएको थियो । तीन साता लामो अनुसन्धानमा उनले अनलाइन जुवा (सट्टेबाजी) खेलेर रकमको कारोबार गरेको खुलेको छ ।

साहको झापाको दमकमा किराना पसल छ । ६ महिना अघि मात्र उनी सट्टेबाजीमा लागेको खुल्छ । वानएक्स वेट लगायतका एपबाटसट्टेबाजी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । आफूले मोबाइलमा आउने विज्ञापनमार्फत सट्टेबाजी गर्ने गरेको र अरुलाई पनि खेल गराउने गरेको प्रहरीसँगको बयानमा साहले स्वीकारेका छन् ।

उनले सट्टेबाजी खेल्न आउने मानिसलाई सानिमा बैंक, सिद्धार्थ बैंक, एक्सल डेभलपमेन्ट बैंक, सिटिजन्स, मुक्तिनाथ बैंक, कामना विकास बैंक, नेपाल एसबीआई लगायतका बैंकहरुका खाता पैसा हाल्न लगाएर कारोबार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। खेल जितेपछि उनले लगानीको दोब्बर गरेर दिने गरेका थिए।

यी बैंकहरुमा उनले २० करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको देखिएको छ। तर आफूले ६ महिनाको अवधिमा ३ लाख रुपैयाँ मात्र कमाएको र व्यक्तिगत खर्च गरेर सकेको बताएका छन् । अनलाइन जुवा गैरकानुनी भएको भन्ने थाहा नभएको समेत बताएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरेर उनीविरुद्ध सट्टेबाजीमा सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधानको विरोध गर्नेहरुलाई पक्राउ गरेर देखाउन ओली सरकारलाई लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय...

प्युठानमा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

प्युठान । प्युठानमा १९ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगी...

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । खप्तडछान्ना गाउँपालिका वडा३ माझिगाउँ आसपास केन्द्रबि...

संविधान दिवसमा नेपाल टेलिकमको नयाँ अफर

काठमााडौं ।   संविधान दिवसमा नेपाल टेलिकमले नयाँ अफर सार्वजानिक गरेकको  छ ।  सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने छ । ...

चितवनमा फेरि जान्नेलाई छान्ने चान्स आउने भयोः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम...

बर्दियामा महिलाको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर–५ स्थित तर्कापुर एकजना महिलाको हत्या भएको छ । बारबर्दिया बस्ने ३९ वर्षीय मिना थारुको हत्या भएको जि...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

कोशीका मुख्यमन्त्री कार्की आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि ...

विश्वप्रसिद्ध टाइटानिक जहाज बनाउने कम्पनी पल्टियो टाट, मन्दी नै आएको हो ?

काठमाडौं । विश्वप्रसिद्ध टाइटानिक बनाउने १६३ वर्ष पुरानो बेलायती कम्पनी हारल्यान्ड एन्ड ऊल्फले आफूलाई टाँट पल्टिएको छ। कम्पनीले आफ्नो सञ्चालनका लाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy