काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् ।
धनुषामा औरही गाउँपालिका-१ पौडेसर टोल बस्ने २० वर्षीय नितिश कुमार दास र बिदेह नगरपालिका-१ घर भएका २४ वर्षीय प्रिन्स सहनीलाई अवैध लागूऔषध खैरो हेरोईन ३ ग्राम ८९ मिलिग्रामसहित पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले नितिश कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत बिहार राज्य मधुवनी थाना बासोपट्टी ग्राम पोष्ट छतौनी-८ बस्ने २४ वर्षीय अशोक कुमार यादवले दिएको भन्ने खुल्न आएपछि अशोकलाई जनकपुर उपमहानगरपालिका-४ कदम चोकबाट प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी धनुषाकै जनकपुर उपमहानगरपालिका-४ गंगासागरबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७ सय ६५ ट्याब्लेट र नाईट्रोसन १० ट्याब्लेटसहित सोही उपमहानगरपालिका-१२ कुवा रामपुर बस्ने २० वर्षीय गुड्डु साह समेत ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
चितवनकाे राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध खैरो हेरोईन ६ ग्रामसहित कालिका नगरपालिका-६ बस्ने २४ वर्षीय अजय कुमाल र सोही नगरपालिका-७ बस्ने २६ वर्षीय शिव श्रेष्ठ पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ आउँदै गरेको ना.५६ प २१०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ट्याङ्कीमा लुकाई राखेको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
झापाकाे मेचिनगर नगरपालिका-६ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ईलाम चुलाचुली गाउँपालिका-५ बस्ने ३२ वर्षीय भुपाल तामाङ र २१ वर्षीय सिजन तामाङ रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारत पानीटंकीबाट नेपालतर्फ आउँदै गरेको को.१४ प ४७६१ नम्बको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-४ भानुभक्त चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका- १ बस्ने २२ वर्षीय बिनय बिक समेत २ जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय नेपालगंज बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: