काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् ।
धनुषामा औरही गाउँपालिका-१ पौडेसर टोल बस्ने २० वर्षीय नितिश कुमार दास र बिदेह नगरपालिका-१ घर भएका २४ वर्षीय प्रिन्स सहनीलाई अवैध लागूऔषध खैरो हेरोईन ३ ग्राम ८९ मिलिग्रामसहित पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले नितिश कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत बिहार राज्य मधुवनी थाना बासोपट्टी ग्राम पोष्ट छतौनी-८ बस्ने २४ वर्षीय अशोक कुमार यादवले दिएको भन्ने खुल्न आएपछि अशोकलाई जनकपुर उपमहानगरपालिका-४ कदम चोकबाट प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी धनुषाकै जनकपुर उपमहानगरपालिका-४ गंगासागरबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७ सय ६५ ट्याब्लेट र नाईट्रोसन १० ट्याब्लेटसहित सोही उपमहानगरपालिका-१२ कुवा रामपुर बस्ने २० वर्षीय गुड्डु साह समेत ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
चितवनकाे राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध खैरो हेरोईन ६ ग्रामसहित कालिका नगरपालिका-६ बस्ने २४ वर्षीय अजय कुमाल र सोही नगरपालिका-७ बस्ने २६ वर्षीय शिव श्रेष्ठ पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ आउँदै गरेको ना.५६ प २१०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ट्याङ्कीमा लुकाई राखेको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
झापाकाे मेचिनगर नगरपालिका-६ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ईलाम चुलाचुली गाउँपालिका-५ बस्ने ३२ वर्षीय भुपाल तामाङ र २१ वर्षीय सिजन तामाङ रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारत पानीटंकीबाट नेपालतर्फ आउँदै गरेको को.१४ प ४७६१ नम्बको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-४ भानुभक्त चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका- १ बस्ने २२ वर्षीय बिनय बिक समेत २ जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय नेपालगंज बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: