काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कान्तिपुर प्रतिष्ठान शाखालाई अनिश्चितकालका लागि निलम्बन गरेकाे छ । शुक्रवार बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले कान्तिपुर प्रतिष्ठान शाखाले महासङ्घको विधान विपरीत क्रियाकलाप गरेकोले अनिश्चितकालका लागि निलम्बन गरेकाे हाे ।
महासंघले कान्तिपुर मिडियाको व्यवस्थापनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव रोशन पुरीले जानकारी दिए । कान्तिपुर प्रतिष्ठान शाखाले महासङ्घको विधान विपरीत क्रियाकलाप गरेपछि स्पष्टीकरण सोधिएकाे र शाखाले दिएको जवाफ चित्त बुझ्दाे भएकाे उनकाे भनाइ छ । विधानको प्रतिकूल हुने खालको कुराहरू देखिसकेपछि थप आन्दोलनलाई अघि बढाउन शाखा निलम्बन गर्नुपर्ने आवश्यकता भउकाेले तत्कालका लागि कान्तिपुर शाखालाई निलम्बित गरिएकाे पुरीकाे भनाइ छ ।
कान्तिपुर व्यवस्थापनका विरुद्ध फेरि अर्को चरणको आन्दोलन गर्ने निर्णय भएको पनि पुरीले बताए । महासङ्घले आगामी मङ्सिर १० गतेसम्मका लागि आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । कान्तिपुरमा सम्पादकीय स्वतन्त्रता नै सङ्कुचनमा परेको बताउँदै महासचिव पुरीले धर्ना लगायतका विभिन्न आन्दोलनका कार्यक्रम राखिएको जानकारी दिए ।
८२ जना पत्रकारहरूलाई कान्तिपुरले कानुन विपरीत निष्कासन तथा अवैध तरिकाले सरुवा गर्ने काम गरेको भन्दै पत्रकार महासङ्घले विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्दै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: