





यतिबेला फूल फूलेर धनकुटाका मात्र नभएर सबै ठाउँका गाउँशहर नै बेहुली झैं सिंगारीएका छन । पञ्चाङ्ग अनुसार कहिले अघि त कहिले पछि तिहार आउने गर्दा याे साल तिहार केही पर जाँदा फूल तिहार अगाडी नै पुलेकाे छ ।
घरघरमा भएका फूलबारी, बारीका कान्ला, खेतका आली, घरको आँगन, डिलहरुमा फूल फूलेर रातै पहेँलै भएका छन । यो वर्षको तिहार केही ढिलो भएका कारण कतै कतैका फूलहरु सुक्न पनि थालेका छन। लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिक स्थल सिंगार्न फूलको माग उच्च हुने गर्दछ। त्यस्तै भाईटिकाका दिन दिदीबहीनीले आफ्ना दाजुभाईलाई टिका लगाइदिएर गलाभरीको सयपत्री र मखमलीको माला लगाइदिनुको पनि छुट्टै महत्व रहेको छ।
फूलबाट लाखौँको आम्दानी
तिहारमा पूर्वका अधिकांश ठूला सहरको मागलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै आएका धनकुटाका कृषकले यसपटक पनि लाखौं मूल्यको फूल बिक्रीका लागि तयारी अवस्थामा छन। विशेष गरि धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा फूलको व्यावसायिक खेती गर्ने गरिएको छ। ती स्थानहरु यति बेला सयपत्री फूलले ढाकेर ढकमक्क बनेका छन। सो क्षेत्रका करिब एक सय कृषकले व्यावसायिक सयपत्री फूलको खेती गरेर त्यो फूल बिक्रीबाट मनग्गे आम्दानी हात पार्दै आएका छन।
मखमली र सयपत्रीबाट यथेष्ट आम्दानी हुने भएपछि अधिकांश किसान अहिले यसतर्फ आकर्षित भएका छन। यहाँका किसानले धानखेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि खेतको आली, डिलमा र मकैसँगै बारीमा फूलखेती गर्ने गरेका छन। पाखो बारीमा रोपिने सयपत्रीलाई अन्य बाली जस्तै मेहनत गर्न नपर्ने भएपछि यसतर्फ किसान आकर्षित भएका हुन।
जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ। फूल बिग्रिएन भने एक याममा प्रति रोपनी जग्गाबाट रु ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिन्छ। तर पछिल्लो समयमा किसानले धेरै उत्पादन गर्ने लोभमा विषादीको प्रयोग गर्न थालेपछि फूल उत्पादन घट्दै गएको कृषकको भनाइ छ । पितापुर्खाको पालादेखि सयपत्री खेती गर्दै आएका धनकुटा नगरपालिका वडा नं. ५ कर्मीटारका किसान गोविन्द श्रेष्ठले सयपत्री बिक्री गर्न बोकेर बजार धाउनु नपर्ने भएपछि कृषकलाई सहज भएको बताए।
५ रोपनी जमिनमा फूल खेती गर्दै आउनु भएका उहाँले बारीमा नै व्यापारीले अग्रिम बुकिङ गर्दै रकम उपलब्ध गराउने गरेको बताउनु भयो। तर, भारतिय फूल र कृतिम फूलका कारण बजारमा समस्या हुँदै आएको श्रेष्ठले बताए ।
यस्तै ६ रोपनी क्षेत्रफलमा फूल खेती गर्नुभएका महालक्ष्मी नगरपालिका ३ डाँडागाँउका नितेश निरौलाले यस वर्ष भने फूल बिक्रीबाट २ लाख रुपैयाँसम्म आम्दानी लिने आशा गरेको बताए । गत वर्ष १९ हजार आम्दानी लिनु भएका निरौलाले यस वर्ष फूल खेतीलाई विस्तार गरी व्यवसायिक खेती गरेका हुन् ।
गाउँमै पहिलो पटक यति धेरै क्षेत्रफलमा फूलखेती निरौलाले गरेसँगै फूलखेतीमा यहाँका युवाहरुको मन तानेको छ। विगतमा कृषि प्राविधिक काम गर्दै आएका उहाँले रोजगारी छाडेर घरैमा व्यवसायिक रुपमा कृषि पेशालाई अगालेका हुन् ।
फूलखेतीबाट राम्रो आम्दानी लिन सकिने भएको र युवाहरु विदेशमा गएर श्रम गर्नु भन्दा खालि तथा बाँझो जमिनमा खेती गर्न हो भने राम्रो उत्पादन गर्न सकिने निरौलाको भनाइ छ। यहाँ उत्पादित फूल धनकुटा सहित धरान, इटहरी, विराटनगर, सप्तरी, सिरहा लगायतका बजारमा पुग्ने गरेको छ।







यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: