विराटनगर । संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको मन्त्रीमण्डल विस्तार गरेका छन् । मन्त्रीमण्डल विस्तार गरे सँगै प्रदेशमा मन्त्रीको संख्या ५ पुगेको छ ।
गत असोज २७ गते नियुक्त भएका उनले असोज २८ गते एमालेबाट राम रानामगर र काँग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए । एमालेको असहमतिका बाबजुत शुक्रबार कार्कीले केन्द्रीय सत्ता गठबन्धनका मुख्य सहयात्री दल माओवादी र नेकपा एसबाट एक–एक जना मन्त्री नियुक्त गरेका हुन् ।
उनले नियुक्त गरेका माओवादीका मन्त्री गणेश उप्रेती मोरङको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् । उप्रेतीले हालसम्म कुनै पनि राजकीय जिम्मेवारी निर्वाह गरेका छैनन् ।
यस्तै नेकपा (एकीकृत समाजवादी)को सिफारिसमा मन्त्री नियुक्त भएका कमल प्रसाद जबेगु पुराना बामपन्थी नेता हुन् । उनी यसअघि उद्धब थापा मुख्यमन्त्री हुँदा पनि मन्त्री मण्डलमा सहभागी भएका थिए । तर, राम्रो काम गर्नै नपाई मुख्यमन्त्री थापा बर्खास्तमा परेपनि उनको पनि पद गएको थियो । उनी पाँचथर १ (१)बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
यसअघि नियुक्त भएका काँग्रेसका शम्शेर राई इलाम १ (२) बाट निर्वाचित सांसद हुन् । उनी यसअघि इलामको रोङ गाउँपालिकाका अध्यक्ष भइसकेका छन् । यस्तै एमालेको उम्मेद्वार बनेर इलाम २ (२) निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रामबहादुर राना अघिल्लो पटक पनि प्रदेशसभाको सांसद र मन्त्री भइसकेका हुन् ।
यता, नेकपा एमालेले भने आफ्नो सहमति बिना मन्त्रीमण्डल विस्तार गरेको भन्दै आफू सरकारबाट बाहिरिने बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले गरेको सरकार विस्तारबारे भोली बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । गठबन्धन दललाई सरकारमा ल्याए आफूहरु बाहिरिने भन्ने आफूहरुको कुरा कार्यान्वयन हुने उनले बताए ।
नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले सरकारमा गठबन्धन सामेल गर्ने कि एमाले मात्र भन्ने निर्णय गर्न नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् ।
कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरेपनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको थियो । तर, मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी नेपाली काँग्रेस र गठबन्धनको दबाबको कारण गठबन्धनबाटै सरकारमा मन्त्री थप गर्ने निष्कर्षमा पुगेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: