नेपालगन्ज । आगामी शुक्रबार नेपालगन्जमा लोकप्रिय पप गायक सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुँदैंछ ।कात्तिक २४ गते हुने कन्सर्टको तयारी तिव्र गतिमा अगाडी बढेको आयोजक कालपृष्ठ दैनिकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
नेपाली पप गायन क्षेत्रका लोकप्रिय गायक हुन सुनिल सिंह ठकुरी ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्टबाट भएको आम्दानी मानवीय सेवामा खर्च गरिने आयोजक कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताए । कालपृष्ठ दैनिकका संचालक एवम् कन्सर्ट निर्देशक कमल खत्रीले पत्रकार सम्मेलनमा पहिलोपटक कालपृष्ठ दैनिकले कन्सर्ट आयोजना गरेको बताए ।
‘आर्थिक मन्दीले सबै क्षेत्रमा असर परिरहेको बेला नेपालगन्जमा हुन लागेको कन्सर्टले मनोरञ्जनसँगै आर्थिक पक्षमा थोरै भए पनि योगदान गर्नेछ । कालपृष्ठ दैनिकले आयोजना गरेको यस कन्सर्टबाट आम्दानी भएको रकम मानविय सेवामा खर्च गरिनेछ,’ पत्रकार सम्मेलनमा खत्रीले भने ।
कन्सर्ट सुनिलसँगै करिब एक दशकदेखि नेपालगन्जमा बसेर गीत संगीतका क्षेत्रमा योगदान गरिरहेको ‘आवाज द ब्यान्ड’ र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती देखाउने छन् । नेपालगन्ज बाँकेस्थित यातायात कार्यालय नजिकैको मैदानमा हुने उक्त कन्सर्ट प्रवेश शुल्क भने निःशुल्क राखिएको खत्रीले बताए । उनले कार्यक्रम स्थिलमा फुड स्टलसमेत राखिने बताए ।
उक्त कन्सर्टले स्थानीय कलाकारलाई समेत प्रोत्साहन गर्ने बताउँदै खत्रीले ठकुरीसँगै स्थानीय कलाकारले आफ्नो प्रस्तुती प्रदर्शन गर्ने बताए । सो कन्सटको सोसियल मिडिया पार्टनरका रुपमा नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्र भित्र अनलाइन पोर्टल रहेको छ । कन्सर्ट नेपालगन्ज ग्यालरीमार्फत लाइभ देखाइने आयोजकले जनाएको छ ।
हालसम्म कन्र्सट आयोजनाका लागि नेबिको विस्कुट, रकस्ट्रङ सिमेन्ट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बारले सहयोगसमेत गरेको आयोजकले जनाएको छ ।
गायक तथा संगीतकारसमेत रहेका ठकुरीका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भई सकेका छन् । हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । पहिलो एल्बममा रहेको ‘भुलीभुली देउ’ गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा समेत पर्न सफल भएको थियो ।
सुनिलले गाएका गीतमध्ये ‘घटना घट्यो’, ‘जनताजान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’चर्चित छन् । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’चर्चित बनेको थियो । उक्त गीतमार्फत् जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृतसमेत गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: