काठमाडौं । सरकारी माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णयसँगै नेपाल संवत्को राष्ट्रिय मान्यता व्यावहारिक रूपमा कार्यान्वयन हुने चरणमा अघि बढेको छ ।
नेपाल संवत्को राष्ट्रिय मान्यता औपचारिक रूपमा मात्र सीमित भएको गुनासो बढ्दै गएको समयमा गत कार्तिक २७ गते सोमबार मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्लाई सरकारको माइन्युट र दस्तावेजमा अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो ।
नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएर मात्र नपुगेकोले यसलाई सरकारी दस्तावेजमा पनि अनिवार्य उल्लेख गर्नुपर्ने निर्णय सर्वसम्मत रूपमा गरिएको जिकिर गर्दै सरकारले सो निर्णयले नेपाल संवत्लाई सबैको साझा राष्ट्रिय मान्यताको अनुभूति दिलाउने दिशामा महत्वपूर्ण कदम साबित हुने विश्वास व्यक्त गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो निर्णयले नेपाल संवत्लाई राष्ट्रव्यापी रूपमा सरकारी कामकाजमा प्रयोग गर्ने ढोका खुलेको बताए ।
नेपाल संवत् न्हूदँ समारोह समितिले नेपाल संवत् ११४४ नयाँ वर्षको अवसरमा वसन्तपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ‘नेपाल संवत्को पात्रो मिलानको समस्या छ कि भन्ने कहीँकतैबाट प्रश्न पनि उठेको छ । तर निर्णयको मूल पक्ष र मर्म भनेको नेपाल संवत्लाई सरकारी दस्तावेजमा अनिवार्य रूपमा उल्लेख गर्ने हो । अब कुनै पनि बहानामा नेपाल संवत्लाई प्रयोग गर्ने निर्णयलाई रोक्न सकिँदैन । ’
नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिएको १५ वर्षपछि सरकारले यो निर्णय गरेको हो । यी दुवै निर्णय ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा भएको छ । पछिल्लो निर्णय पहिलो निर्णयकै महत्वपूर्ण कडी रहेको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले उक्त निर्णयले नेपाल संवत् नेवारहरूको मात्र संवत् भन्ने भम्र हटाउन टेवा पु¥याउने विश्वास पनि व्यक्त गर्दै यसले नेपालको इज्जत, मौलिकता र संस्कृतिलाई स्थापित र सम्मानित गरेको बताए । यो समाचार नेपाल समाचार दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - ०७:२८
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देश...
माघ ८ गते, २०८२ - ०७:२२
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज (बुधबार) उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको...
माघ ७ गते, २०८२ - ०९:३४
काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...
माघ ७ गते, २०८२ - ०९:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्। निर्वाचनका लागि मंगलबार...
माघ ७ गते, २०८२ - ०९:१४
काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...
माघ ७ गते, २०८२ - ०९:०७
रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...




प्रतिकृया लेख्नुहोस्: