Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

सत्ता, पहुँच र प्रचारको घेराबन्दीमा रहेका बस्नेतलाई भक्तपुर–२ मा ‘दिपशिखा’ को चुनौती

को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?

गुमनाम गाउँले

ललितपुर ।   भक्तपुर–२ को प्रतिनिधिसभा निर्वाचन यस पटक केवल चुनावी प्रतिस्पर्धा होइन, नेपाली राजनीतिमा कुन संस्कार चल्ने ? भन्ने निर्णायक बहसको केन्द्र बनेको छ । एकातिर सत्ता, स्रोत र संगठनको भरमा पटक–पटक संसद र मन्त्री पद चढिसकेका नेकपा (एमाले) का नेता महेश बस्नेत छन्  भने अर्कोतर्फ  सत्ता र पहुँचभन्दा टाढा बसेर विचार, संघर्ष र संगठनबाट राजनीतिलाई बुझ्ने रामप्रसाद सापकोटा ‘दिपशिखा’।

यो भिडन्त असमान छ, तर अर्थपूर्ण छ।  किनभने यहाँ भिड्दैछन् सत्ताको राजनीतिले हुर्काएको नेता र आन्दोलनको राजनीतिले तयार पारेको नेतृत्व ।  यही कारण पनि आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ देशकै सबैभन्दा चासोका निर्वाचन क्षेत्रमध्ये एक बन्ने छ। यो भिडन्त सामान्य प्रतिस्पर्धा मात्र होइन । भक्तपुर–२ मा देखिएको यो चुनावी संघर्षलाई धेरैले स्थापित शक्ति वैकल्पिक विचार, संसाधन सिद्धान्त र परम्परागत राजनीति वैचारिक हस्तक्षेपको रूपमा व्याख्या गर्न थालेका छन्।

राजनीतिलाई विचारबाट बुझ्ने नेता

रामप्रसाद सापकोटा ‘दिपशिखा’ राजनीतिक वृत्तमा नयाँ नाम जस्तो देखिए पनि उनी राजनीतिमा नयाँ पात्र होइनन्। लामो समयदेखि वामपन्थी आन्दोलनमा वैचारिक धारको प्रतिनिधित्व गर्दै आएका सापकोटा पार्टी पद, सत्ता र अवसरभन्दा बाहिर रहेर विचार, संगठन र सामाजिक आन्दोलन मा सक्रिय रहँदै आएका व्यक्ति हुन्।

श्रमिक, किसान, उत्पीडित वर्ग, सार्वजनिक सम्पत्ति संरक्षण, शिक्षा–स्वास्थ्यको समान पहुँच जस्ता मुद्दा उनको राजनीतिक चिनारीका मूल आधार हुन् । उनी चुनावी भाषणभन्दा वैचारिक छलफल, अध्ययन र संगठन निर्माणमा बढी विश्वास गर्ने नेताका रुपमा मानिन्छन् उनी ।

नेकपाले उनलाई उम्मेदवार बनाउनुको अर्थ केवल जित–हारको गणनामा सीमित नभएको पार्टीका नेताहरू बताउँछन् । पार्टीभित्र सापकोटालाई इमानदार राजनीति, सैद्धान्तिक स्पष्टता र वैकल्पिक मार्गको प्रतिनिधिका रूपमा हेर्ने गरिएको छ।

‘दिपशिखा’  उपनाम होइन, राजनीतिक संकेत

रामप्रसाद सापकोटा ‘दिपशिखा’ नामले चिनिनु संयोग होइन । सहयाेद्वाहरूका अनुसार यो उपनाम उनको जनयुद्धकालीन भूमिकासँग जोडिएको छ । अन्धकारमा उज्यालो खोज्ने, स्थापित धारमाथि प्रश्न उठाउने र वैकल्पिक बाटो देखाउने स्वभावका कारण उनी ‘दिपशिखा’ नामले परिचित भएका हुन् ।

राजनीतिक रूपमा यो नाम आफैंमा एउटा संकेत पनि हो । अन्धकारभित्र उज्यालोको खोज।यही चिन्तन उनको आजको राजनीतिक उपस्थितिमा पनि देखिन्छ।

जनयुद्धदेखि वाइसिएल नेतृत्वसम्म : संगठन र अनुशासनको यात्रा

सापकोटाको राजनीतिक यात्रा सशस्त्र जनयुद्धको कालखण्डदेखि सुरु हुन्छ । तत्कालीन राज्य व्यवस्थाविरुद्ध उठेको आन्दोलनका बेला उनी केवल कार्यकर्ता मात्र थिएनन्, वैचारिक र संगठनात्मक रूपमा सक्रिय पात्र पनि थिए। भूमिगत राजनीति, संगठन विस्तार र राजनीतिक प्रशिक्षणमा उनको योगदान उल्लेखनीय रहेकेा छ।

शान्ति प्रक्रियापछि उनी तत्कालीन वाइसिएल (युवा कम्युनिस्ट लिग) को नेतृत्व तहमा उक्लिए। संगठन विस्तार, युवालाई राजनीतिक रूपमा सचेत बनाउने अभियान र अनुशासनमा आधारित संगठन सञ्चालनमा उनले महत्वपूर्ण भूमिका खेले। यही यात्राले उनलाई वाइसिएलको अध्यक्षसम्म पुर्यायो।

वाइसिएल नेतृत्वमा रहँदा सापकोटाले युवालाई “सत्ताको भरिया होइन, परिवर्तनको शक्ति” बनाउनुपर्ने धारणा अघि सारे। सत्ता नजिक पुग्दा पनि व्यक्तिगत लाभभन्दा संगठन, विचार र राजनीतिक संस्कारलाई प्राथमिकतामा राखेको उनका सहकर्मीहरूको भनाइ छ।

स्थापित शक्तिबाट दूरी : किन ‘वैकल्पिक’ बने सापकोटा ?

धेरै नेता सत्ता नजिकिँदै जाँदा अवसर र पदमा केन्द्रित हुने प्रवृत्ति देखिन्छ । तर सापकोटा त्यस धारबाट क्रमशः अलगिँदै गए। यही कारण उनी आज स्थापित शक्तिको घेराभन्दा बाहिर उभिएर वैकल्पिक राजनीतिका प्रतिनिधि का रूपमा देखिएका छन्।

राजनीतिले जनताको जीवन बदल्न नसके सत्ता बदल्नुको अर्थ रहँदैन भन्ने उनको दाबी छ । यही सोचका कारण उनले संसदलाई शक्ति प्रदर्शनको थलो होइन, विचार र जवाफदेहिताको मञ्च बनाउनुपर्ने बताउँदै आएका छन्।

महेश बस्नेतसँगको प्रतिस्पर्धा : असमान तर अर्थपूर्ण भिडन्त

भक्तपुर–२ मा महेश बस्नेत स्थापित, प्रभावशाली र संसाधन सम्पन्न नेता हुन् । संगठन, प्रचार, पहुँच र शक्ति—सबै हिसाबले उनी बलियो अवस्थामा छन्। त्यसको ठीक विपरीत, रामप्रसाद सापकोटा ‘दिपशिखा’ सत्ता, पहुँच र महँगा प्रचारभन्दा बाहिर बसेर जनतासँग प्रत्यक्ष संवाद गर्ने उम्मेदवारका रूपमा देखिन्छन् । उनको चुनावी एजेन्डा सुशासन, सार्वजनिक सम्पत्तिको संरक्षण, शिक्षा–स्वास्थ्यमा समान पहुँच, श्रमको सम्मान र युवाको राजनीतिक सशक्तीकरणमा केन्द्रित छ। “ठूला भाषण होइन, सादा तर इमानदार राजनीति” उनको स्पष्ट नारा रहेकेा छ । 

चुनाव जितभन्दा ठूलो दाबी : राजनीतिक संस्कार बदल्ने अभियान

स्थानीय स्तरमा सापकोटाले विशेष गरी युवा, बौद्धिक वर्ग र वैकल्पिक राजनीतिमा विश्वास गर्ने मतदाताको समर्थन पाइरहेका छन् । उनी आफैं भन्छन्,  “यो चुनाव जित–हारको मात्र विषय होइन। यो राजनीतिक संस्कार बदल्ने अभियान हो।”

महेश बस्नेतसँगको प्रतिस्पर्धाले सापकोटालाई राष्ट्रिय स्तरमा चिनाउने अवसर पनि दिएको छ । उनी यो चुनावलाई सत्ता प्राप्तिको साधनभन्दा राजनीतिक चेतनाको परीक्षण मान्छन्।

भक्तपुर–२ मा विचारको परीक्षा

भक्तपुर–२ को यो चुनावी भिडन्त केवल दुई उम्मेदवारबीचको प्रतिस्पर्धा मात्र होइन । यो स्थापित शक्ति र वैकल्पिक विचारबीचको संघर्ष, पुरानो अभ्यास र नयाँ राजनीतिक संस्कारबीचको बहस हो । मतदाताले यस निर्वाचनमा कुन धारलाई समर्थन गर्छन् । त्यसले केवल एक सिटको परिणाम होइन, नेपाली राजनीतिमा वैकल्पिक आवाजको स्थान कति छ ? भन्ने प्रश्नको पनि उत्तर दिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending