Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

विद्युत् खरिद सम्झौताबारे सरकारले तत्काल निर्णय गर्छः ऊर्जामन्त्री बस्नेत

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने विषयमा सरकार तत्काल निर्णय गर्ने स्थितिमा पुग्न लागेको बताएका छन् । ललितपुरमा आज सुरु भएको जलविद्युत् र दिगो विकाससँग सम्बन्धित क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री बस्नेतले आगामी १२ वर्षमा सरकारले २८ हजार मेगावाट विद्युत उत्पादन तथा बिक्री वितरण गर्ने लक्ष्य राखेको उल्लेख गर्दै त्यसका लागि ट्रान्समिसन लाइनको व्यवस्था, विद्युत वितरण प्रणालीलगायत कुरामा ध्यान दिन आवश्यक भएको बताए ।

उनले नेपालको जलविद्युत् र ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार सजग रहेको भन्दै तत्काल विद्युत् खरिद सम्झौता (पीपीए) बारे निणर्य गर्ने पनि बताए ।

उनले भने, ‘१२ वर्ष भित्रमा जुन विद्युत उत्पादन गर्ने लक्ष्य राखेका छौं, त्यसका लागि ट्रान्समिसन लाइनको व्यवस्था गर्नुपर्छ । त्यसका लागि वितरण प्रणाली र मार्केटको सुरक्षाका साथै लगानी आवश्यक रहेको कुरा ख्याल गरेका छौं । लगानीमैत्री वातावरण बन्नुपर्छ भन्नेमा सरकार सजग छ । पीपीएको विषयमा हामी एउटा निर्णयमा पुग्दैछौं ।’

उनले ऊर्जा क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान पनि गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending