काठमाडौं। नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘फर्की फर्की’ शुभसाइत सम्पन्न भएको छ ।
ललितपुरको बंगलामुखी माई मन्दिरमा आज बिहानै फिल्मको शुभसाइत गरिएको हो ।
फिल्मको छायांकन मंसिर ११ गतेबाट पोखरामा सुरु हुनेछ । यो फिल्मलाई आउँदो बर्षको जेठ ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ ।
यो फिल्मलाई रोहित अधिकारी र ओम अग्रवालले मिलेर निर्माण गर्दैछन् । फिल्ममा सुयोग गुरुङको निर्देशन रहनेछ । फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यस्तै, फिल्मका कार्यकारी निर्माता अनीरुद्र गिरी छन् ।
फिल्ममा अनमोल र जसिताको साथमा कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको मुख्य भूमिका रहनेछ । यस्तै यो फिल्ममा रवि काफ्ले र समृद्धी अर्यालले फिल्म क्षेत्रमा नायक–नायिकाको रुपमा डेब्यू गर्दैछन् ।
फिल्ममा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहने पक्का भैसकेको छ । फिल्म ‘फर्की फर्की’मा प्रोडक्शन हेडको रुपमा शंकर पाण्डे रहेका छन् । फिल्ममा काफिया फिल्मस्, कुवेर फिल्मस् र एमएसएम इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ ।
फिल्मको शुभसाइत समारोहमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरुले पूजा गरेका थिए । फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले क्ल्याप हान्दै शुभसाइत भएको घोषणा गरे । पत्रकारहरुसँग कुरा गर्दै नायक अनमोल केसीले भने–‘फिल्म भनेको टेबलमा बन्छ । यो फिल्म पनि टेबलमै तयार भैसकेको छ । दर्शकले लभ स्टोरी फिल्ममा एउटा नयाँ स्वाद पाउनु हुनेछ । यो मेरो करिअरको नयाँ यात्रा पनि हो ।’
यस्तै, नायिका जसिता गुरुङले एउटा उत्कृष्ट लभ स्टोरी फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले, अनमोल केसीसँग बल्ल जोडी जम्न लागेको भन्दै दर्शकले थुप्रै सरप्राइज पाउने बताइन् । फिल्मका निर्माता रोहित अधिकारीले एउटा ठूलो क्यानभासमा उत्कृष्ट लभ स्टोरी फिल्म बनाउने बताए ।
यस्तै, फिल्मका निर्देशक सुयोग गुरुङले ‘फर्की फर्की’को कथाले दर्शकलाई लभ स्टोरी फिल्ममा नै नयाँ स्वाद दिने तर्क गरे । फिल्मका नव कलाकारद्धय रवि र समृद्धीले पनि एउटा राम्रो टिमसँग काम गर्न पाएकोमा उत्साह व्यक्त गरेका थिए ।
निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मको छायांकन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...
पौष १० गते, २०८२ - १५:०६
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र शाहसँग वार्ता गरेर हालै निस्किएका छन्। वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहय...
पौष १० गते, २०८२ - १४:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित घरअगाडि बिहीबार दिउँसो भिड बढेको छ। यस दिन बेनको घरभ...
पौष १० गते, २०८२ - १४:३५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच जारी छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन्। यसअघि...
पौष १० गते, २०८२ - १४:२६
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा देशमा चर्चामा रहेका केही व्यक्तिहरू नशामा लट्ठिने अवस्था भेटिने टिप्पण...
पौष १० गते, २०८२ - १४:१६
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको...
पौष १० गते, २०८२ - १३:४९
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १, सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको ...
पौष १० गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...
पौष १० गते, २०८२ - १३:०७
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...




प्रतिकृया लेख्नुहोस्: