काठमाडौं। व्यापार घाटा चुलिंदै गर्दा नेपालको एउटा निर्माण सामाग्री भुटानमा निर्यात हुने भएको छ ।
प्यानलको प्रयोग गरी आधुनिक घर बनाउँदै आएको एसवाई प्यानलले आफ्ना प्रडक्ट भुटानमा निर्यात गर्ने भएको हो । यसअघि कम्पनीले प्रि–फ्याब घर निर्माणका लागि आवश्यक सामग्रीहरू भारतमा निर्यात थालेको थियो । एसवाई प्यानल र एसवाई प्यानल विल्डर्स भुटानबीच भुटानमा प्रडक्ट निर्यातका लागि सम्झौता भएएको छ ।
एसवाई प्यानलका निर्देशक बिमलराज गोसाईंले भुटान निर्माणका लागि आवश्यकपर्ने पर्खाल र छानोका प्यानल तथा झ्याल/ढोकाहरू निर्यात हुने बताए । ‘हामीले भुटानमा डिलर बनाएर सामान निर्यात गर्ने तयारी गरेका छौं, पहिलो चरणमा आवासीय डिलर बनाउनका लागि सामान जान्छ, ‘उनले भने, ‘कम्पनी र भुटानी डिलरबिच भएको सम्झौता पश्चात् भुटानमा पनि निर्माणजन्य सामग्रीको निर्यात गर्ने ढोका खुलेको छ ।’
गोसाईंका अनुसार पहिलो चरणमा २० लाख रुपैयाँ बराबरको निर्माण सामग्रीको निर्यात हुनेछ । कम्पनीले प्यानलको प्रयोग गरी कम लागतमा घर निर्माण गर्दै आएको छ । ‘देशमा निर्माण सामग्रीको आयात बढिरहेको समयमा एसवाई प्यानल कम्पनीले निर्माण सामग्रीको निर्यात गर्नु खुसीको विषय हो, आगामी दिनमा निर्यात बढाउने तथा प्यानलका घर निर्माणलाई तीव्रता दिने हाम्रो योजना छ,’ गोसाईंले भने ।
कोरियाली लगानीमा चितवनको रत्ननगरमा सञ्चालनमा रहेको उद्योगबाट प्यानलको सामग्री उत्पादन हुँदै आएको छ । कम्पनीले केही समय अगाडि भारतको सिलगुडीमा प्यानल पठाएर निर्यातको सुरुवात गरेको थियो । गोसाईंका अनुसार नेपालमा एसवाई प्यानलका करिव ७/८ हजार घर बनिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १७:२४
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...
फाल्गुन ३० गते, २०८२ - १७:१०
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...
फाल्गुन ३० गते, २०८२ - १५:४७
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...
फाल्गुन ३० गते, २०८२ - १५:३५
काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...
फाल्गुन ३० गते, २०८२ - १४:४४
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...
फाल्गुन ३० गते, २०८२ - १४:२७
ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...
फाल्गुन ३० गते, २०८२ - १४:०६
काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...


प्रतिकृया लेख्नुहोस्: