Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

रुसी सेनामा कार्यरत नेपालीको पीडा : न ज्यान रह्यो, न कमाइ भयो

खबरडबली संवाददाता

काठमाडौँ । १९ वर्षको छँदा राजकुमार रोक्काले सशस्त्र प्रहरीमा जागिर खाए। दोलखा मेलुङ–६ का रोक्काले ६ वर्षमै शसस्त्रको जागिर छोडे। ०७० सालमा काठमाडौंको टोखामा होम डेकुरेसन व्यवसाय सुरु गरे। ०७२ सालको भूकम्प र कोरोना महामारीका कारण व्यवसाय ‘डुब्यो’। व्यापारबाट कमाई हुनुको सट्टा उल्टै १ करोड बढी ऋण लाग्यो।

‘उठ्नै नसक्ने’ गरी घाटा बेहोरेपछि, के गर्ने रु कसो गर्ने भन्ने तनावमा थिए। त्यसपछि राम्रो कमाई हुने आशमा उनी रुसी सेनामा भर्ना हुने निधोमा पुगे। भिजिट भिसामा असोज १४ गते रुस हिँडे र दुई दिनपछि नै रुसी सेनामा भर्ना भए। तर, दुई महिना नबित्दै उनको मृत्यु भयो। ऋण तिरेर सुखद भविष्यको कल्पना गरेका राजकुमारले कमाएको पैसासमेत स्वदेश पठाउन नपाई मृत्युवरण गर्नुपर्‍यो। 

‘आर्थिक संकटमा परेपछि भाइ बिछिप्त थियो,’ राजकुमारका दाइ सनमले अन्नपूर्णसँग भने, ‘व्यवसायले ऋण तिर्न नसक्ने अवस्था भयो। त्यसैकारण एक वर्ष रुसको सेना भएर काम गर्छु भनेको थियो। तर, यस्तो विपत्त आइलाग्यो।’  

रुसी सेनामा नजान पटक–पटक सम्झाउँदा पनि राजकुमारले नमानेको दाइ सनमले बताए। ‘म फौजमा काम गरेको मान्छे एक वर्ष त हो नि’ भन्दै उल्टै हामीलाई कन्भिस गर्‍यो,’ दाइ सनमले भने, ‘भिजिट भिसामा गएको भाइ कहिल्यै नफकर्ने भयो।’ राजकुमारको मृत्युको स्पष्ट कारण नखुुले पनि तालिमको क्रममा बंकरमा मृत्यु भएको बताइएको छ। 

राजकुमारले रुस पुगेको केही दिनमै दाजु सुमनकुमार रोक्कालाई फोन पनि गरेका थिए। असोज १४ गते रुस पुगेका भाइ राजकुमारले १६ गते नै आफू रुसी सेनामा जागिरे भएको सुनाएका थिए। ‘मैले यस्तो बेलामा सेनामा काम नगर, बरु घर फर्कने भए म टिकट पठाइदिन्छु भनेको थिए, तर उसले मानेन,’ दाइ सनमले भने। 

राजकुमारको मृत्युले गाउँ नै शोकमा डुुबेको छ। उनका  श्रीमती, १६ वर्षीय छोरा र डेढ वर्षकी छोरी छन्। राजकुमारका छोरा राजधानीकै एक विद्यालयमा पढिरहेका छन्। राजकुमार रुस उडेपछि डेढ वर्षीय छोरी र पत्नी मेलुङघरमै बस्न थालेका हुन। ‘ऋणको भारसँगै भाइ त कहिल्यै नफर्कने गरी गुमायौं, शव ल्याउनका लागि परराष्ट्र मन्त्रालयमा वडाको सिफारिसअनुसार निवेदन दिएर आएका छौ,’ सुमनकुमारले भने।

यस्तै, इलाम नगरपालिका–९ का गंगाराज मोक्तानको रुस–युक्रेन युद्धमा मृत्युको खबरले परिवारमा बज्र थपिएको छ। ०९२००७५१ राहदानी नम्बर भएका गंगाराज वैदेशिक रोजगारीका लागि तीन वर्षअघि दुबई गएका थिए। त्यहींबाट उनी रुसी सेनामा भर्ना भएका थिए। उनले १२ नोभेम्बरमा इलाममा रहेकी पत्नीसँग कुरा गर्दै युक्रेन युद्धमा आफू सात दिन गएर सकुशल रहेको जानकारी दिएका थिए।

त्यसपछि गंगाराज करिब सात दिन आराम गरेपछि पुनः आफूलाई युद्धमा पठाउनसक्ने बताएको पत्नी याङ्गिला शेर्पाले बताइन्। ‘त्यसपछि उहाँ फेरि युद्धमा जानुभयो वा भएन भन्ने यकिन थिएन, पत्नी याङ्गिला शेर्पाले भनिन्, ‘कुरा हुन पाएको थिएन।’ मोक्तानको १५ जुलाई २०२३ मा मृत्यु भएको दूतावासले २४ नोभेम्बर २०२३ मा पुष्टि गरेको हो। वैदेशिक रोजगारीमा जानुअघि गंगाराज नेपाली सेनामा कार्यरत थिए। 

गंगाराजकी पत्नी याङ्गिलाले शव घर ल्याउनका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेकी छिन्। गंगाराजकी पत्नी, सात वर्षकी छोरी, बुबा, आमा, दुुई दाजु, भाउजू छन्।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मलामी पनि नभेटिने गरी रित्तिएको दैलेखको गडीगाउँ

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको ...

राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण

राजविराज । राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको हो । ...

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध

तनहुँ । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा ग...

मनसुन बाहिरिएसँगै देशभर तापक्रम क्रमशः घट्दो, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज...

भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल, ओलीको निर्णयविरुद्व बोल्न सक्दैनन् शीर्ष नेता

काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गरेर सत्तारूढ दल नेकपा एमालेको पार्टी कार्यालय भवनसमेत बनाइद...

साफ महिला च्याम्पियनसिप- भुटानसँग भिड्दै नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ।  घरेलु मैद...

हमासका प्रमुखको मृत्युपछि अमेरिकाको टिप्पणी- 'विश्वका लागि राम्रो दिन, युद्धविरामको अवसर'

काठमाडौँ । हमासका प्रमुख याह्या सिनवारको मृत्युपछि अमेरिकाले यो इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ । अमेरिकाले यसलाई युद्धविराम ...

भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गरिने

काठमाडौँ । नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा मू...

फोहोर व्यवस्थापनमा लापरबाही गर्ने बुद्धमाई अस्पताललाई एक लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त अस्पतालमा ...

दसैँमा दुर्घटना : कोशी प्रदेशमा मात्रै २६९ दुर्घटना, १४ जनाको मृत्यु

सुनसरी । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy