काठमाडौँ । बजारमा मागको तुलनामा आपूर्ति बढी भएपछि तरकारी फालाफालको अवस्था भएको छ । आन्तरिक उत्पादन बढे पनि त्यस अनुसार उपभोक्ता नहुँदा तरकारी बिक्नै छाडेको व्यापारीहरू बताउँछन् ।
काउली, बन्दा, ब्रो काउली, विभिन्न प्रकारका हरियो साग, गाजर, मुला लगायत मौसमी तरकारीको थोक मूल्य कम्तीमा १० देखि ५० रुपैयाँ प्रतिकिलो रहेको छ । तरकारीको मूल्य घट्नुमा माग कम, आपूर्ति बढी हुनु नै मुख्य कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
उपभोक्ता कम, तरकारी बढी भएर मूल्य घटेको तरकारी व्यवसायी बताउँछन् । किसानबाट खरिद गरी ल्याएको तरकारी दुईदेखि तीन दिन राख्दा समेत नसकिने उनीहरुको भनाइ छ । सो अवाधिमा तरकारी बिक्री नहुँदा कम मूल्यमा बेच्नुपर्ने या त कुहिएर फाल्नुपर्ने उनीहरुको गुनासो छ ।
‘एक बोरा तरकारी ल्याउँदा कम्तीमा पाँच हजार खर्च हुने र तीन दिनमा पनि तरकारी नबिक्ने गरेकोले कि घाटा खाएर बेच्नु पर्ने, कि फाल्नु पर्ने वाध्याता रहेको व्यवसायि बताउँछन् ।
कालीमाटी बजारमा तरकारीको आपूर्ति नियन्त्रण नभएकाले पनि आपूर्ति बढी भएको समितिले उल्लेख गरेको छ । कालीमाटी बजारमा दैनिक आठ सय मेट्रिक टन तरकारी आपूर्ति हुने समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले बताए ।
कालीमाटीमा आपूर्ति हुने कृषि उपजमध्ये करिब ८० प्रतिशत हरियो तरकारी हुने गरेको उनको भनाइ छ । वार्षिक रुपमा कालीमाटी बजारमा ६३ प्रतिशत आन्तरिक उत्पादन आपूर्ति हुने र ३७ प्रतिशत आयातित कृषि उपज भित्रिने पौडेलले बताए ।
चार महिनामा करिब १२ अर्बको तरकारी आयात
चालु आर्थिक वर्षको चार महिनामा झन्डै १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा नेपाली उपभोक्ताले ११ अर्ब ८७ करोड २३ लाख २० हजार रुपैयाँको तरकारी उपभोग गरेका हुन् ।
विभागका अनुसार चार महिनामा ११ अर्ब ८७ करोड रुपैयाँको तरकारी आयात हुँदा ४२ करोड ८९ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । ११ अर्ब ४४ करोड रुपैयाँ तरकारीमा नेपालको व्यापार घाटा भएको विभागले उल्लेख गरेको छ ।
चार महिनामा तरकारी आयात–निर्यात गर्दा नेपालले २ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - २०:५२
काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...
फाल्गुन ३० गते, २०८२ - २०:४३
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...
फाल्गुन ३० गते, २०८२ - १९:२२
काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...
फाल्गुन ३० गते, २०८२ - १९:२०
रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...
फाल्गुन ३० गते, २०८२ - १९:१४
काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...
फाल्गुन ३० गते, २०८२ - १९:०९
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...
फाल्गुन ३० गते, २०८२ - १९:०३
ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...


प्रतिकृया लेख्नुहोस्: