Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु

खबरडबली संवाददाता

हेटाैंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जना (आमा, बाबु र छोरी)को मृत्यु भएको छ ।  प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो १ बजेतिर मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा दुर्घटना भएको थियो ।

मोटरसाइकल चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएका थिए । उनकी श्रीमती  ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने छोरीको घटनास्थलमै मृत्यु भएको थियो। 

गम्भीर घाइते भएका भीमबहादुरको पनि थप उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए । गम्भीर घाइते भएका भीमबहादुरको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज पठाइएको थियो । 

सुकौराबाट कान्ति लोकपथतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

विराटनगर महानगरद्वारा पिपीआर/स्वाइन फिभरविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर तथा स्वाइन फिभरविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास ...

वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे आठ अर्ब बढीको खाद्यवस्तु आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ बराबरका विभिन्न १७ प्रकारका खाद्यवस्तु आयात भएका छन्। वी...

राष्ट्रिय खेलकुद परिषद्का पाँच सदस्य नियुक्त

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेका छन्। मन्त्री गुप्ताले ...

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार भारतीय नागरिक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलो गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी ना...

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending