Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

खबरडबली संवाददाता

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले उक्त जानकारी दिएका हुन्।

प्रवक्ता खरेलका अनुसार मन्त्रिपरिषद्ले गृहमन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यसले प्रशासनिक संरचनालाई व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी सरकारले वैदेशिक रोजगारीका सिलसिलामा इराक पुगेका तथा त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिक नेपाल फर्किएपछि श्रमस्वीकृति दिने व्यवस्था गरेको छ। इराकबाट जारी गरिएको रेसिडेन्सी कार्डको सक्कल र प्रतिलिपिसहित आवेदन पेश गरेमा श्रमस्वीकृति प्रदान गरिने प्रवक्ता खरेलले बताए।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र मित्रराष्ट्र जापान सरकारबीच जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिटको) अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी निर्देशिका २०६६ खारेज गर्ने निर्णय पनि गरेको छ।

यसैबीच सरकारले मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायम मुकायम रूपमा जिम्मेवारी दिने निर्णय गरेको छ।

सरकारका यी निर्णयहरू प्रशासनिक सुधार, वैदेशिक रोजगारी व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सहज बनाउने उद्देश्यतर्फ केन्द्रित रहेको प्रवक्ता खरेलले स्पष्ट पारे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending