Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

राष्ट्रिय खेलकुद परिषद्का पाँच सदस्य नियुक्त

खबरडबली संवाददाता

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेका छन्।

मन्त्री गुप्ताले रिक्त सदस्य पदमा क्रिकेट प्रशिक्षक जगत टमाटा, नेपाल रग्बी संघका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो संघको तर्फबाट कुमार लामा घिसिङ तथा उद्योग वाणिज्य महासंघको सिफारिसमा प्रयास कार्कीलाई नियुक्त गरेका हुन्। मन्त्रीका स्वकीय सचिव विनोद रिमालले यसबारे जानकारी दिएका छन्।

जगत टमाटा खेल विज्ञ क्लस्टरबाट बोर्ड सदस्यमा नियुक्त भएका हुन्। यस्तै, राष्ट्रिय खेल संघहरूको सिफारिसमा कुमार लामा घिसिङ र सन्तकुमार मेहताले जिम्मेवारी पाएका छन्।

परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी रोजेश खड्कालाई बोर्डमा समेटिएको हो भने प्रयास कार्कीलाई उद्योग वाणिज्य महासंघको सिफारिसमा नियुक्त गरिएको जनाइएको छ।

यसअघि मन्त्री गुप्ताले जेन–जेड (Gen Z) प्रतिनिधिलाई पनि बोर्डमा नियुक्त गर्ने बताएका थिए। तर यसपटक नियुक्त भएका पाँचै जना सदस्य जेन–जेड समूहबाट छैनन्।

हाल बोर्ड सदस्य पदमध्ये एक जना महिला सदस्य भने राष्ट्रिय खेल संघको सिफारिसमा नियुक्त हुन बाँकी रहेको छ। यसअघि छ जना बोर्ड सदस्यको पदावधि समाप्त भएपछि ती पदहरू रिक्त थिए।

नियुक्त भएका पाँचै जनालाई खेलकुद मन्त्री गुप्ताले आजै पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनिश्चित राजनीतिमा बालेनको ‘स्टेप ब्याक’: किन अन्तिम घडीमा रोकियो राजीनामा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘ह...

नेकपाभित्र उम्मेदवार टुंग्याउन सकस, दाङ–१ मा मेटमणिलाई रोक्न कुलप्रसादको कडा दावेदारी

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम...

राष्ट्रियसभा छाडेर प्रत्यक्ष चुनावमा ‘हेभीवेट’को इन्ट्री

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै राष्ट्रियसभाका तीन सदस्यले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेकपाका नेता नार...

सागर ढकाल डडेल्धुरामा देउवासँग ‘फेरि भिडन्त’ नगर्ने, गुल्मी–रुपन्देहीतर्फ नजर

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । आ...

एमालेको चुनावी ‘चाल’ : दाङमा महासचिवको टिकट रोकियो, सुरक्षित क्षेत्र खोज्दै पोखरेल

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवारको टुंगो लगाए पनि महासचिव शंकर पोखरेलको हकमा भने रणनीतिक मौनता अपनाएको छ ...

लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ

काठमाडौं । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेका ...

बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक

 काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ । आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्र...

इरानमा प्रदर्शनका क्रममा हजारौँको मृत्यु भएको खामेनीको स्वीकारोक्ति

  काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर भएका प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीक...

रास्वपाबाट काठमाडौं-५ मा उम्मेदवार हुन आकांक्षी धेरै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई काठमाडौंका ३ वटा क्षेत्रमा उम्मेदवार चयन कठिन भएको छ । काठमाडौं–५ का लागि आकांक्षीहरुको जोड हुँ...

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending