Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

शैक्षिक विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युएई पुगेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले काठमाडौंमा शैक्षिक विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षाको लागि समाज नामको कार्यक्रम सञ्चालन गर्दै आएका उक्त समाजले प्रत्येक वर्ष विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग गर्दै आउने क्रममा यश पटक भने काभ्रे तेमाल गाउँपालिका वडा नं. ९ स्थित मैनाजाङ आधरभुत विद्यालयलाई नगद सहयोग गरेको छ ।

युएईमा संकलन गरेको रकममध्ये १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग काठमाडौंको बौद्ध स्थित एक होटलमा औपचारिक कार्यक्रमको बिच हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङको हातबाट सोही वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायतका टिमलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा तामाङ समुदायका जेहन्दार विद्यार्थीहरु सोनाम तामाङ, परेन्द्र मोक्तान र विजयी घले सहित ३ जनालाई २०/२० हजारको दरले नगद छात्रवृत्ति, उर्ग्येन फेल्ग्येन लिङ गोन्पालाई ५० हजार, नेपाल सरकारका पुर्व सचिव धन बहादुर तामाङ र गायिका इन्दिरा गोलेलाई २०/२० हजार नगद राशि सहितको सम्मान र साँस्कृतिक प्रस्तुति दिन युएई पुगेका कलाकारहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको अध्यक्षता तामाङ समाज युएईका अध्यक्ष जितेन्द्र गोले तामाङले गरेका थिए भने विशेष अतिथिहरुमा नेकपा एमालेका नेतृ नविना लामा, ताम्सालिङ संघर्ष समिति संयुक्त डा. गणेश योञ्जन, तामाङ समाज युएईका संस्थापक सदस्य तथा पुर्व अध्यक्षहरु राम मोक्तान, महेश मोक्तान लगायत विशिष्ट व्यक्तिहरु रहेका थिए ।

तामाङ समाज युएईले प्रत्येक वर्ष ४ वटा कार्यक्रमहरु आयोजना गर्ने र त्यहाँबाट प्राप्त रकम तामाङ विद्यार्थी बहुलिया भएको विद्यालयहरुलाई आर्थिक सहयोग तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने तामाङ समाज युएईका कार्यकारी अध्यक्ष भिम दोङले बताए । साथै तामाङ कलाकार संघले गर्ने सेलो साँझ कार्यक्रमको लागि उक्त समाजको तर्फबाट १ लाख नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending