काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युएई पुगेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले काठमाडौंमा शैक्षिक विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षाको लागि समाज नामको कार्यक्रम सञ्चालन गर्दै आएका उक्त समाजले प्रत्येक वर्ष विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग गर्दै आउने क्रममा यश पटक भने काभ्रे तेमाल गाउँपालिका वडा नं. ९ स्थित मैनाजाङ आधरभुत विद्यालयलाई नगद सहयोग गरेको छ ।
युएईमा संकलन गरेको रकममध्ये १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग काठमाडौंको बौद्ध स्थित एक होटलमा औपचारिक कार्यक्रमको बिच हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङको हातबाट सोही वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायतका टिमलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा तामाङ समुदायका जेहन्दार विद्यार्थीहरु सोनाम तामाङ, परेन्द्र मोक्तान र विजयी घले सहित ३ जनालाई २०/२० हजारको दरले नगद छात्रवृत्ति, उर्ग्येन फेल्ग्येन लिङ गोन्पालाई ५० हजार, नेपाल सरकारका पुर्व सचिव धन बहादुर तामाङ र गायिका इन्दिरा गोलेलाई २०/२० हजार नगद राशि सहितको सम्मान र साँस्कृतिक प्रस्तुति दिन युएई पुगेका कलाकारहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रमको अध्यक्षता तामाङ समाज युएईका अध्यक्ष जितेन्द्र गोले तामाङले गरेका थिए भने विशेष अतिथिहरुमा नेकपा एमालेका नेतृ नविना लामा, ताम्सालिङ संघर्ष समिति संयुक्त डा. गणेश योञ्जन, तामाङ समाज युएईका संस्थापक सदस्य तथा पुर्व अध्यक्षहरु राम मोक्तान, महेश मोक्तान लगायत विशिष्ट व्यक्तिहरु रहेका थिए ।
तामाङ समाज युएईले प्रत्येक वर्ष ४ वटा कार्यक्रमहरु आयोजना गर्ने र त्यहाँबाट प्राप्त रकम तामाङ विद्यार्थी बहुलिया भएको विद्यालयहरुलाई आर्थिक सहयोग तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने तामाङ समाज युएईका कार्यकारी अध्यक्ष भिम दोङले बताए । साथै तामाङ कलाकार संघले गर्ने सेलो साँझ कार्यक्रमको लागि उक्त समाजको तर्फबाट १ लाख नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: