काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँको मिनभवनस्थित गणेश अवालेको जग्गा कब्जा गरेको छ । सो पार्टीले अवालेको चार रोपनीभन्दा बढी उक्त जग्गा भूमाफियाहरुले षड्यन्त्रपूर्ण तरिकाले कब्जा गरेको भन्दै झण्डा गाढेर नियन्त्रणमा लिएको घोषणा गरेको हो ।
सो जग्गा जिल्ला संगठन समिति काठमाडौँले व्यानर र झण्डा गाढ्दै किनबेच नगर्न समेत चेतावनी दिएको छ । भूमाफियाहरुले अदालत र प्रशासनसँगको सेटिङमा जग्गा कब्जा गरेको, अवाले परिवारको उठिबास लगाउन लागेको भन्दै जग्गा नियन्त्रणमा लिएको बताएको छ ।
“भूमाफियाहरु काठमाडौँ महानगर, प्रहरी प्रशासनको आडमा पीडित अवाले परिवारलाई नै उठिबास लगाउने लागेका छन् । महानगर पनि भूमाफियाकै पक्षमा उभिँदै दुई पटकसम्म घर खाली गर्न पत्राचार समेत गरेको छ । आजको दिनबाट उक्त जग्गा पार्टीको नियन्त्रणमा रहनेछ । यसको छानविन गरेर पीडितलाई न्याय दिलाउन र भूमाफियाको पञ्जाबाट जग्गा फिर्ता ल्याउन पार्टी आफ्नो सम्पूर्ण तागत लगाउनेछ । पार्टीले अन्तिम निर्णय नगर्दासम्म यो जग्गा किनबेच गर्न र अवाले परिवारको उठिबास नलगाउने समेत चेतावनी दिन्छौं” सो क्षेत्रमा छरिएको पर्चामा उल्लेख गरीएकाे छ ।
प्रहरी प्रशासनको आडमा अवाले परिवारको उठिबास लगाउने र जग्गा कब्जा गर्न खोजे त्यसबाट उत्पन्न हुने परिस्थितिको भागिदार स्वयम् हुने समेत क्रान्तिकारी कम्युनिस्ट पार्टीले चेतावनी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - १४:२९
रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...
आश्विन ५ गते, २०८१ - १४:२५
ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...
आश्विन ५ गते, २०८१ - १४:२१
काठमाडौं । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...
आश्विन ५ गते, २०८१ - १४:०९
दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...
आश्विन ५ गते, २०८१ - १४:०८
काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...
आश्विन ५ गते, २०८१ - १३:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक...
आश्विन ५ गते, २०८१ - १३:४७
भक्तपुर । भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहर...
आश्विन ५ गते, २०८१ - १३:४४
विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदे...
आश्विन ५ गते, २०८१ - ११:४१
काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वप...
आश्विन ५ गते, २०८१ - ११:४०
काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । हालै फिल्म ‘भाइरल गोर्खे’ मा ...
प्रतिकृया लेख्नुहोस्: