Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

कोरियाको उत्पादनमूलक क्षेत्रमा साधारण लेखपढ गर्ने नेपाली पनि जान पाउने, पारिश्रमिक कति हुन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियाले विदेशी कामदार लैजाने दायरा विस्तार गर्ने भएसँगै नेपालले उत्पादनमूलक क्षेत्रमा थप युवा पठाउने दिशामा आवश्यक प्रक्रिया अगाडि बढाएको छ। सो क्रममा वैदेशिक रोजगार विभागको ईपीएस शाखाले भाषा परीक्षाका लागि आवेदन दिन यही मङ्गलवार विज्ञापन गरेको छ।

“धेरै आकाङ्क्षीहरू हुन सक्ने भएकाले परीक्षा लिन महिनौँ लाग्न सक्छ। त्यो भएर हामीले आवेदन दिनका लागि जम्मा पाँच दिन दिएका छौँ,” शाखाका निर्देशक गुरुदत्त सुवेदीले भने।

सो क्षेत्रमा जान आकाङ्क्षीहरूले आउँदो पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन पाउनेछन्। कोरियाले कृषि तथा पशुपालन, उत्पादनमूलक र शिप बिल्डिङमा कामदार लैजाँदै गरेकोमा अब निर्माण र सेवामा पनि लैजान खोजिरहेको छ।

निर्देशक सुवेदीका अनुसार कोरियाले उत्पादनमूलक क्षेत्रका लागि भनेर लैजाने कामदारले साना तथा मझौला उद्योगमा काम गर्नेछन्।
“धेरै सङ्ख्यामा भन्दा एउटामा ५/१० अथवा १५ वा २० जना काम गर्ने साना तथा मझौला उद्योगका लागि श्रमिकको माग हो। त्यसैका लागि यो विज्ञापन गरेका हौँ,” उनले थपे।

योग्यता के चाहिन्छ?

उत्पादनमूलक क्षेत्रमा जाने श्रमिकको हकमा खासै शैक्षिक योग्यता नचाहिने विभागका अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हालै सम्पन्न शिप बिल्डिङका लागि भाषा परीक्षामा सामेल भएकाले चाहिँ उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन भने दिन पाउने छैनन्।

“शैक्षिक योग्यता खासै चाहिँदैन। साधारण लेखपढ गर्न जानेको हुनुपर्छ,” निर्देशक सुवेदीले भने। “उमेरको हिसाबले आवेदक १८ वर्ष पुगेको र ३९ वर्ष ननाघेको हुनुपर्छ,” उनले थपे।

ईपीएस शाखाका अनुसार आवेदन दस्तुर २८ डलर लाग्नेछ र आवेदन भर्नका लागि पासपोर्ट अनिवार्य रूपमा चाहिन्छ।

कसरी छनोट गरिन्छ?

सुवेदीका अनुसार भाषा परीक्षामार्फत् १६ हजार जनाको हाराहारीमा छनोट हुने अनुमान छ। “तर त्यो सङ्ख्या केही थपघट पनि हुन सक्छ,” उनले प्रस्ट पारे। आवेदकहरूले अनलाइनमार्फत्‌ फारम भर्न पाउनेछन् जसको परीक्षा कोरियालीहरूले नै लिनेछन्।

दैनिक आठ सय जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको ईपीएस शाखाले जनाएको छ। “भाषा परीक्षामा पास भएकाहरू सीप परीक्षणमा पनि उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षण गराएर उनीहरूको नाम हामी रोस्टरमा चढाउँछौँ,” सुवेदीले भने।

“रोस्टरमा चढाइसकेपछि त्यसलाई रोजगारदाताकहाँ पठाइन्छ। उनीहरूबाट छनोट भएपछि यहाँ श्रम स्वीकृति जारी हुन्छ। अनि भिसा लागेर जाने प्रक्रिया हुन्छ।”

नेपाललाई कति कोटा?

दक्षिण कोरियाले सन् २०२४ का लागि एक लाख ६५ हजार विदेशी श्रमिक लिने घोषणा हालसालै गरेको छ। अधिकारीहरूका अनुसार उसले नेपालसहित १६ देशबाट सो सङ्ख्यामा कामदार लैजानेछ।

निर्धारित सङ्ख्यामध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी श्रमिक जान पाउनेछन्। उत्पादनमूलक क्षेत्रका लागि ९५ हजार, कृषि तथा पशुपालन क्षेत्रका लागि १६ हजार जनालाई लगिनेछ।

त्यसैगरी शिप बिल्डिङमा पाँच हजार, निर्माण क्षेत्रमा ६ हजार, सेवा क्षेत्रका लागि १३ हजार र अन्य आवश्यक क्षेत्रका लागि ३० हजार जना श्रमिक लैजाने कोरिया सरकारको योजना छ।

निर्धारित सङ्ख्यामध्ये नेपालले कति सङ्ख्या पठाउन पाउनेछ भन्नेबारे कुनै स्पष्टता चाहिँ नभएको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल बताउँछन्।

“उनीहरूलाई पठाइने रोस्टरमा कुन देशबाट कति योग्य मान्छे परेका हुन्छन् र तीमध्ये रोजगारदाताको रोजाइमा कति पर्छन् भन्नेमा निर्भर गर्छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

यद्यपि विगतको अनुभव हेर्दा अरू देशका भन्दा तुलनात्मक रूपमा नेपाली युवाहरू बढी नै रोजाइ पर्ने गरेका दाहाल बताउँछन्। कोरिया जाने नेपालीको सङ्ख्या बढ्दो क्रममा रहेको अधिकारीहरू बताउँछन्।

“सन् २०२३ मा २० हजार जनाभन्दा बढी हामीले पठाएका छौँ। सन् २०२४ मा २५ हजारभन्दा बढी नै पठाउँछौँ भन्ने लागेको छ,” निर्देशक सुवेदीले भने।

नेपालले सन् २००८ देखि जीटूजी अर्थात्‌ सरकार-सरकारबीचको समझदारीअन्तर्गत ईपीएस प्रणालीबाट कामदार पठाउँदै आएको छ।

पारिश्रमिक कति हुन्छ?

ईपीएस अन्तर्गत जाने नेपाली कामदारहरूको श्रम सम्झौता हेर्दा कमाइ मासिक दुई लाख रुपैयाँको हाराहारीमा रहेको अधिकारीहरू बताउँछन्। तर कम्पनी अनुसार त्यो फरक पनि हुन्छ। त्यसबाहेक कतिपय कामदारले अतिरिक्त सुविधा पनि पाउने गर्छन्।

‘‘अतिरिक्त समयको पनि जोड्दा कतिपयको मासिक चार लाख रुपैयाँसम्म पनि आम्दानी हुने गरेको हामीले सुनेका छौँ,’’ निर्देशक सुवेदी भने।

अधिकांश कामदार आय आर्जनकै लागि कोरिया जाने हुँदा १५ देखि २५ प्रतिशत रकम त्यहाँ खर्च गरेर बाँकी बचत गर्न सम्भव भएको अधिकारीहरू बताउँछन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending