Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

पुसभित्रै फेरिन सक्छन् मन्त्री

खबरडबली संवाददाता

काठमाडौँ । सरकारका मन्त्रीहरूले साउन २६ यता आफूहरूले गरेको कामको विवरण मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बुझाएका छन्। मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।  

भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले प्रधानमन्त्री कार्यालयले माग गरेअनुसार मन्त्रालयले गरेका कामको सबै विवरण प्रधानमन्त्री कार्यालयमा बुझाएको बताइन्। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीसँग विस्तृत रूपमा कामको सूची मागेको छ। 

सरकार गठन भएको एक वर्ष पूरा हुनै लाग्दा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीको ‘पर्फर्मेन्स’ (कार्यसम्पादन) समीक्षा गर्न सुरु गरेको हो। दुई साताअघि मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले सबै मन्त्रालयबाट कार्यसम्पादन सम्झौता मूल्यांकन फाराम मागेको थियो। धेरैजसो मन्त्रालयबाट अनलाइनमार्फत कार्यसम्पादन फाराम आइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।  

साउन २६ गते प्रधानमन्त्री दाहालले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए। स्रोतका अनुसार पछिल्लो ४/५ महिनाको अवधिमा अधिकांश मन्त्रीको कार्यसम्पादनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सन्तुष्ट छैनन्।  

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालको चाहनाअनुसार कार्यसम्पादन मूल्यांकन भइरहेको छ। यसका लागि दाहालले प्रधानमन्त्री कार्यालयभित्रै एउटा अनौपचारिक टिम बनाएका छन्। टिमको नेतृत्व प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले गरेका छन्।

प्रधानमन्त्री कार्यालय स्रोत भन्छ, ‘मन्त्रीसँग प्रधानमन्त्रीले कार्यसम्पादन सम्झौता गरेयता धेरैजसो मन्त्रीको कामबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। कार्यसम्पादन सम्झौतामा प्रत्येक मन्त्रालयले गर्नुपर्ने कामबारे छुट्टाछुट्टै बुँदा राखी व्याख्या गरिएको छ।’ सरकारले लिएका उद्देश्य हासिल गर्न सबै निकायलाई जिम्मेवार बनाउने उद्देश्यले मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता गरिएको हो।

कार्यसम्पादन सम्झौतामा प्रत्येक मन्त्रालयले गर्नुपर्ने कामको अलगअलग कार्यसूची छ। सम्झौतामा हासिल गर्नुपर्ने नतिजाको सूचक पनि राखिएको छ। कार्यसम्पादन सूचीमा मन्त्रालयले गर्नुपर्ने कामका लागि सरकारको नीति तथा कार्यक्रम, बजेट भाषण, प्रधानमन्त्रीले यसअघि विभिन्न समयमा गरेका सम्बोधन र दिएका निर्देशनलाई आधार बनाइएको छ।  

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साउन १५ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए। तर सम्झौताअनुसार काम भए नभएको विषयमा अनुगमन भएन। प्रधानमन्त्री दाहालले मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सचिवसँग पनि त्यस्तै सम्झौता गरेका छन्।

प्रधानमन्त्री कार्यालय स्रोत भन्छ, ‘यसपटक प्रधानमन्त्री कार्यालयले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता मात्र गरेको छैन, त्यसको मूल्यांकन पनि गर्दै छ।’ दाहाल प्रधानमन्त्री भएको पुस १० गते एक वर्ष पूरा हुँदै छ। स्रोत भन्छ, ‘एक वर्ष पूरा भएपछि प्रधानमन्त्री दाहाल राम्रो काम गर्न नसकेका मन्त्रीलाई हटाएर नयाँ ल्याउने चाहनामा छन्। तर यो उनले मात्र चाहेर हुँदैन। गठबन्धन सरकार छ। प्रधानमन्त्री एक्लैले माओवादी कोटामा परेका मन्त्रालयका मन्त्री मात्र फेरबदल गर्न सक्छन्। उनले चाहँदैमा अन्य पार्टीका मन्त्री फेरबदल गर्न सक्ने स्थिति छैन।’ यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending