Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

एमाले र पहिचानवादी दुवै आक्रामक, भीडन्त रोक्न एकीकृत सुरक्षा योजनाकाे तयारीमा प्रहरी

खबरडबली संवाददाता

काठमाडाैं  । नेकपा एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने पहिचानवादीको तयारीले मुठभेडको सम्भावना बढेको छ । प्रहरी प्रशासनले भने सम्भावित झडपलाई रोक्न भन्दै एकीकृत सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ ।

उता, दुवै पक्ष भने संयमता अपनाउने भन्दा पनि एक अर्कालक्षित आक्रामक अभिव्यक्ति दिँदै आएका छन् । पहिचानवादीले केही दिन अगाडि ओखलढुंगामा आयोजना गरेको सार्वजनिक सभामा बोल्दै नेता गोपाल किराँतीले जबर्जस्ती गरे आफूहरुको लाशमाथि टेकेर हिंड्नुपर्ने चेतावनी दिएका थिए ।
एमालेबाट निर्वाचित कोशी प्रदेशसभाका सांसदहरुले प्रदेशसभामा बोल्दै मुलुकका पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गर्ने प्रचार दुःखद् र संविधानविरोधी भएको बताएका छन् । पहिचानवादीको यस्तो भनाइ संविधानप्रदत्त अधिकारको उल्लङ्घन भएको एमालेको दाबी छ । ‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिने चर्चा दुःखद् छ’ एमाले पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोले भने, ‘यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु ।’

कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै प्रदेशमा आन्दोलनरत संघ संस्थाहरुले ओलीसहित एमाले नेता योगेश भट्टराई र महेश बस्नेत तथा कोशी नामकरणको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यहरुलाई पहाडी जिल्लामा प्रवेश गर्न नदिने चेतावनी दिँदै आएका छन् । एमालेको मेची–महाकाली मध्यपहाडी यात्राको क्रममा ओली र कोशीको पक्षमा मतदान गर्ने सांसदहरु सहभागी भए अवरोध गर्ने उनीहरुको धम्की छ ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिं थेगिमले २६ गतेदेखि उदयपुरको घुर्मिदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालिन बन्द आव्हान गरेको जानकारी दिए । ‘हामीले २५ गतेदेखि घुर्मि–चिवाभन्ज्याङ जागरण अभियान कार्यक्रम संचालन गर्दैछौं । २६ गतेदेखि घुर्मि–चिवाभन्ज्याङ अनिश्चितकालिन बन्द आव्हान गरेका छौं,’ थेगिमले भने, ‘८२ प्लस ३ लाई हामीले अवरोध गर्ने भनेका छौं । ८२ जनालाई कुनै पनि हालतमा अवरोध गर्ने हो । तीन जनाले भने माफी मागेको अवस्थामा जान दिन्छौं ।’

एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रा मंसिर २६ गते उदयपुरको घुर्मी आइपुग्नेछ । एमालेको उक्त अभियानमा प्रदेशसभाबाट कोशी नामकरणमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानको विरुद्धमा बोल्ने तीन जना एमाले नेताहरु अध्यक्ष ओलीसहित नेता योगेश भट्टराई र महेश बस्नेत पनि सहभागी हुन लागेको कारण अवरोध गर्न लागिएको पहिचानवादीको दाबी छ ।

एकीकृत सुरक्षा योजना लागू हुने

दुवै पक्ष एक अर्काप्रति लक्षित गर्दै अभियान चलाएपछि झडप हुने आशङ्का बढेको छ । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्तोलाले आफूहरुले जुनसुकै शान्तिपूर्ण कार्यक्रमलाई पूर्ण सुरक्षा दिने बताए ।

‘लोकतन्त्र, गणतन्त्र, संविधानले दिएको प्रदत्त अधिकारलाई कसैले थुनछेक गर्न सक्ने अवस्था छैन । कसैले आउँछु भन्छन्, कोही जान्न भन्लान् । कसैले अउनै दिन्न भन्लान् । तर, हाम्रो सरोकार सुरक्षाको हो । सुरक्षा व्यवस्था हामीले मिलाएका छौं,’ बाँस्तोलाले भने, ‘कुरा के हो भने कसैले कसैलाई पनि निषेध गर्न मिल्दैन । कसैले कसैलाई पनि हस्तक्षेप गर्न नमिल्ने भएकोले स्वतन्त्रतापूर्वक आफ्नो कार्यक्रम गर्न पाउँछन् ।’ उनले एउटै ठाउँमा कार्यक्रम गर्ने कुरामा भने पहिलो जसले कार्यक्रमको तय गरेको हो उसैलाई छाडिदिने नेपाली संस्कृति भएको कारण सोही अनुसार हुनसक्ने उनले बताए । ‘नेपालीको संस्कृति पनि मिलेर गर्ने नै हो,’ उनले भने ।

प्रहरीले व्यापक रुपमा पहाडतिर फोर्स पठाएको छ । ‘एकीकृत सुरक्षा योजना अनुसार हामीले त्यहाँ सुरक्षा व्यवस्था लागू हुन्छ । नेपाल प्रहरी तैनाथ छ । जसको कार्यक्रममा पनि हामी सुरक्षा दिन्छौं । तर, एक आपसमा झगडा हुन नदिने कुरामा भने राजनीतिक कार्यक्रम भएको कारण राजनीतिक शक्तिहरुले नै बसेर छलफल गरेर मिलाएर जानुपर्छ । हाम्रो काम पूर्णरुपमा शान्ति सुरक्षायुक्त बनाउन व्यापक प्रयास हुनेछ,’ उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन हुन्छन् । बाँकी कुरा राजनीतिक पार्टी र राजनीतिक शक्तिहरुबीच सहमति हुने कुरा हो ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending