काठमाडौं । हाम्रो समाजमा यौन सम्बन्धि कुरा गर्न लाज मानिन्छ तर, खास कुरा यो हो कि नियमित सेक्स स्वास्थ्यको राम्रो साँचो हो ।
सेक्सबाट ब्लड प्रेसर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ । एक सर्वेका अनुसार नियमित यौन सम्पर्कबाट मुटुरोगको सम्भावना पनि कम रहन्छ भने राम्रोसँग गरिने यौन सम्पर्कले मानसिक तनाब पनि काम हुन्छ ।
जो व्यक्ति नियमित यौन सम्पर्क गर्छ उ बिरामी हुने सम्भावना निकै कम हुन्छ । नियमित यौन सम्पर्कले मानिसलाई शारीरिक रुपमा फिट रहन मद्दत गर्नुका साथै दिमागी क्षमता पनि बढाइदिने विभिन्न अनुसन्धानहरुले देखाइसकेका छन् ।
नियमित यौन सम्पर्कका फाइदाः
१. यौन सम्पर्कले काम इच्छालाई बढाएर फिट राख्छ
यौन सम्पर्कले केवल तपाईंलाई आनन्द मात्र दिँदैन यसले महिलालाई यौन सम्पर्कका बेला रक्तसंचार बढाएर शारीरिक रुपमै फिट राख्न मद्दत गर्छ ।
२. यौन सम्पर्कले इम्युन सिस्टम बढाउने काम गर्छ
पछिल्लो एक अनुसन्धानका अनुसार यौन सम्पर्क गर्नुपूर्व व्यायाम गर्नाले तपाईंको स्वास्थ्यमा सकारात्मक असर पर्छ । त्यसका साथै तपाईं आफूलाई ताजा र स्वस्थ–स्फुर्त महसुस गर्नुहुन्छ ।
यौन सम्पर्कले इम्युन सिस्टमलाई बढाउने भएकाले रोग लाग्ने सम्भावना कम रहन्छ ।
३. यौन सम्पर्कले हृदयघातको समस्याबाट बचाईराख्न मद्दत गर्छ
यौन सम्पर्क गर्दै गर्दा तपाईको हृदय सम्पूर्ण रुपले प्रफुल्ल भए सबै कोष कोषमा रक्तसंचार हुने भएकाले यस्ले हृदयघातको सम्भावना कम गर्दछ । प्राप्त जानकारी अनुसार हप्तामा दुई पटक यौनसम्पर्क गर्नाले हृदयघातको सम्भावना कम हुन्छ ।
४. महिलाहरुमा मुत्राशय नियन्त्रणमा सहयोगी
यौन सम्पर्क महिलाहरुलाई कयौं कुरामा फाइदाजनक हुन्छ । यौन सम्पर्कको बेला महिलाले ओर्गाम्ज पूर्णरुपमा हासिल गर्दछन् जसबाट उनका मांसपेशीहरु मजबुत गर्नमा सहयोग गर्दछ ।
५. यौन सम्पर्कले उच्च रक्तचापलाई कम गर्छ
यौन सम्पर्क र रक्तचापमा आपसी सम्बन्ध हुने गरेको पाइएको छ । यसले मानिसको रक्ताचापलाई सन्तुलनमा ल्याउन ठुलो भूमिका खेल्ने गर्दछ । यौन सम्पर्क एउटा राम्रो कसरत हो यौन सम्पर्क गर्दा जोडीले आफ्नो सबै अंगहरुलाई पूर्ण रुपमा चलाउने हुँदा यो एउटा राम्रो शारीरिक कसरत साबित हुन्छ ।
६. यौन सम्पर्क प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ
पुरुषलाई महिनामा २१ पटकको पूर्ण यौन सम्पर्कले प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्ने बताइएको छ ।
७. यौन सम्पर्कले दुखाई कम गर्छ
दुखाई कम गर्न हामी विभिन्न चक्की खाने गर्छौं तर अनुसन्धानले यौन सम्पर्क गर्दा दुखाई चक्कीले भन्दा छिटो र दीर्घकालिन हुने पाइएको छ ।
८. यौन सम्पर्कले मानसिक तनाब कम गराउँछ
यौन सम्पर्कको बेला मानिसले चुम्बन गर्ने अंगालो हाल्ने शरीरका विभिन्न अंगमा छुने चलाउने गर्ने भएकाले मानिसले सबै मानिसिक पिडा बिर्सेर आफूलाई यौन सम्पर्कमा नै केन्द्रित गर्छ, जसबाट उसले सबै प्रकारले तनाब भुल्दछ ।
९. यौन सम्पर्कले राम्रो निन्द्रा दिलाउँछ
यौन सम्पर्क गरेपछि मानिसले ओक्सितोसिन र प्रोलेक्टिन हार्मोन बढेर जान्छ र आरामको महसुस भई निन्द्रा आउँछ ।
यौन सम्पर्कले इम्युन सिस्टमलाई बढाउने भएकाले रोग लाग्ने सम्भावना कम रहन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - २२:२२
काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...
श्रावण ८ गते, २०८३ - २१:५३
चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...
श्रावण ८ गते, २०८३ - २१:५१
तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...
श्रावण ८ गते, २०८३ - २१:४८
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...
श्रावण ८ गते, २०८३ - २१:४६
काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...
श्रावण ८ गते, २०८३ - २०:३३
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...
श्रावण ८ गते, २०८३ - २०:२८
काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...
श्रावण ८ गते, २०८३ - २०:०६
काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...
श्रावण ८ गते, २०८३ - १९:५७
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...
श्रावण ८ गते, २०८३ - ०९:१४
ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ



प्रतिकृया लेख्नुहोस्: