Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

जाजरकोट भूकम्प: रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन अझै जारी

खबरडबली संवाददाता

त्रिवेणी । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ ।

जिल्लाका छवटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै संकलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

उनका अनुसार लाभग्राहीको विवरण संकलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्नसक्ने जनाइएको छ ।

हालसम्म आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्नका लागि प्रतिघर रु २५ हजारका दरले रु ४३ करोड ७५ लाख रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ । अब सङ्घीय सरकारले पठाएको रु ५० करोडमा रु छ करोड २५ लाख रकम मौज्दात रहेको सहायक प्रजिअ बढुवालले जानकारी दिए ।

‘पच्चीस हजार लाभग्राहीको प्रहरी मुचुल्का तयार भइसकेको छ, विवरण सङ्कलनको काम केही ठाउँमा बाँकी रहेकाले पाँच हजार लाभग्राही थपिने अनुमान हामीले गरेका छौँ, सङ्घीय सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको रु ५० करोड रकमले नपुग्ने देखिएपछि ३० हजार लाभग्राहीका लागि रकम माग गरेर पठाएका छौँ’, उनले भने। 

घर क्षति भएका लाभग्राहीको विवरण संकलनको काम एक महिना बढी हुँदा पनि अझै पूर्ण विवरण आएको छ । सबै पालिकाबाट लाभग्राहीको विवरण आउन अझै तीन-चार दिन लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भूकम्पले बढी मानवीयसँगै भौतिक संरचनामा ठूुलो क्षति पुर्याएको आठबीसकोट नगरपालिकाको भने अस्थायी आवास निर्माण गर्नुपर्ने क्षतिको पूर्ण विवरण आएको छ । नगरपालिकाभर नै हजार नौ सय ६२ लाभग्राही यकिन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार तीमध्ये साढे चार हजार लागग्राहीको रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा जम्मा भएको छ ।

केही लाभग्राहीको खातामा रकम गइसके पनि केही लाभग्राहीको खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ । आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडित परिवारको गुनासो छ । आठबीसकोट नगरपालिकामा यकिन भएका लाभग्राहीमध्ये पाँच हजार चार सय ६२ जनाको भने पहिलो किस्तावापतको रकम आउन बाँकी रहेको शाहले जाजकारी दिए ।

कति भूकम्पपीडितका अस्थायी आवास बने कतिका बन्न बाँकी छन् । त्यसको विवरण स्थानीय तहले सङ्कलन गरेका छैनन् । चौरजहारी नगरपालिकाले भने हालसम्म आठवटा अस्थायी आवास निर्माण भएर पीडित परिवार बस्न थालेको जनाएको छ । नगरपालिकाभित्र चार सय ३५ अस्थायी आवास निर्माणको अन्तिम चरणमा पुगेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीकय अधिकृृत शेरप्रसाद ढकालले जानकारी दिए । उहाँका अनुसार अन्य लाभग्राही पनि स्थानीय कच्चा पदार्थ, काठ, बाँसलगायत जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण जुटेका छन् ।

नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राहीका लागि विपद् जोखिम न्यूनीकरण कोषमा पहिलो किस्ताबापतको रु २५ हजारका दरले रु १५ करोड ६९ लाख ७५ हजार रकम प्राप्त भएको छ । 

त्यसमध्ये बैंकमा खाता खोलेका साढे सात सय लाभग्राहीको खातामा रकम पठाएको छ । बाँकी लाभग्राहीको पनि खाता सञ्चालन भएमा तत्काल रकम पठाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । लाभग्राहीको विरण संकलनको काम नसकिएकाले अझै नगरपालिकामा आठ सय लाभग्राही थपिने नगरपालिकाले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending