Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रधानमन्त्री कसको घेरामा छन् ? राजीनामापछि हरिबोल गजुरेल भन्छन्- कुरा नमिलेपछि अलग भएँ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रधानमन्त्रीको मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्न असमर्थ भएपछि राजीनामा दिएको बताएका छन्।

आफूले दिएको राजीनामाबारे मौन रहेका उनले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा नमिलेको खुलाएका हुन्।

कुरा नमिल्ने अवस्था हालसालै आएको बताए पनि उनले समय भने खुलाएनन्।

उनले बीबीसीसँग भनेका छन्, “पछिल्लो समयमा (कुरा नमिलेको) हो, खास विवाद त होइन। मैले गम्भीर रूपमा उठाएका कुराहरू प्रधानमन्त्री र गृहमन्त्रीले गम्भीरतापूर्वक लिनु भएन।”

नेता गजुरेलका अनुसार राजीनामाको विन्दुसम्म आइपुग्न एउटा घुम्तीले काम गरेको छ।

आफ्नो कुरा नसुनिएपछि त्यो घुम्ती आइपुगेको बताउँदै गजुरेलले भने, “खास एउटा मोड आयो त्यो कुरामा हामी एक ठाउँमा भएनौँ। अनि म त्यो भूमिकाबाट अलग भएँ।”

तीन सम्भावना र गजुरेलको हाँसो

प्रधानमन्त्रीले गत वर्ष माघ ९ गते हरिबोल गजुरेललाई आफ्नो मुख्य सल्लाहकार नियुक्त गरेका थिए। गजुरेलले मङ्सिर २० गते राजीनामा दिएका हुन्।

“भोलि विभिन्न प्रश्नहरू उठ्छन्, त्यसको जबाफ दिनुपर्छ,” नेता गजुरेलले भविष्यमा सम्भावित विवादको डर लागेको सङ्केत गर्दै भने, “त्योभन्दा राम्रो कुरा, विषयवस्तु स्पष्ट पारेर छोडेपछि सम्बन्ध पनि सहज बनिरहने भयो।”

उनले त्यसलाई नीतिगत विषय भनेका छन्। त्यसबारे बीबीसीले तीन सम्भावनाबारे जिज्ञासा राखेको थियो।

के नेपाली कांग्रेससँग सरकार चलाएर चाहेको जस्तो काम गर्न सकिन्न भन्ने निचोड हो?
“होइन। त्यससँग सम्बन्धित छैन।”

समाजवादको लक्ष्य प्राप्त गर्न अब वामपन्थी सहकार्य गर्न आवश्यक छ भन्ने हो? “अहिलेको सन्दर्भमा त्यो पनि होइन।”

त्यसो भए सरकार भ्रष्टाचार नियन्त्रणमा दृढ बन्न सकेन बरु कतिपय सन्दर्भमा त्यसमा उसले मलजल गर्‍यो भन्ने ठम्याइ हो?

उनी हाँसे, “अब तपाईँले अर्थ त जे लगाए पनि भयो।”

उनी आफूले सरकारलाई सफल बनाउन धेरै मेहनत गरेको ठान्छन्।

त्यसमा आफूलाई गर्व रहेको उल्लेख गर्दै नेता गजुरेलले भने, “तर पछिल्ला दिनहरूमा हामीले सोचे जस्तो भने जस्तो नहुँदा केही समस्याहरू आए।”

प्रधानमन्त्री कसको घेरामा छन्?

सरकारको नेतृत्व गर्ने पार्टी र नेताहरूमाथि बिचौलिया र परिवादको घेरामा परेको आरोप लाग्ने गर्छ। प्रचण्ड नेतृत्वको सरकारमाथि पनि त्यो प्रश्न पछिल्ला दिनहरूमा जोडदार रूपमा उठ्न थालेको पाइन्छ।

केही समयअघि प्रधानमन्त्रीकी छोरीमाथि लगाइएको आरोप प्रधानमन्त्रीको सचिवालयले अस्वीकार गरेको छ। गजुरेलले पनि बिचौलिया वा परिवारका सदस्य हाबी भएका कारण आफू निस्किएको कुरा स्वीकार गरेनन्।

आफ्नो सल्लाह बेवास्ता गरिएको सन्दर्भ उल्लेख गर्दै उनले भने, “सल्लाहकारको रूपमा मेरो कुरा सुन्नैपर्ने बनाएको थिएँ, नसुनिएपछि अलग भएँ।”

उनले आफूले प्रधानमन्त्रीसँग उठाएको ‘नीतिगत’ विषय राजीनामा पत्रमा पनि उल्लेख गरेको जानकारी दिए। त्यो कुरा राजीनामा स्वीकृत भइसकेपछि खुलाउने उनको भनाइ छ।

माओवादी केन्द्रका एक नेताका अनुसार नेता गजुरेलले गृह मन्त्रालयमा पुगेर पनि "केही विषय" राखेका थिए। तर त्यसबारे पनि उनले केही खुलाउन चाहेनन्। “मैले पार्टीकै साथीहरूलाई समेत केही भनेको छैन, राजीनामा स्वीकृत भएपछि भनूँला,” गजुरेलले हाँस्दै कुराकानी टुङ्ग्याए।

त्यसबारे प्रधानमन्त्रीका स्वकीय सचिव तथा माओवादी केन्द्रका नेता रमेश मल्लसँग प्रतिक्रिया लिने खोज्दा सम्पर्क हुन सकेन।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending