काठमाडौँ । राप्रपा नेपालले मुलुकमा देखिएका समस्या समाधानका निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र नै आजको उपयुक्त विकल्प भएको निष्कर्ष निकालेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सुशासन र समृद्धिसहितको परिवर्तन नै आजको आवश्यकता रहेको ठहर गरेको हो ।
बैठकले एनसेल खरिदबिक्री सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । यसैगरी राष्ट्र निर्माणका लागि उपयुक्त वैकल्पिक विचार र मार्गचित्र जनसमक्ष प्रस्तुत गरिने पार्टीका प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए।
मार्गचित्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभालागि प्रत्यक्ष निर्वाचित तथा राष्ट्रियसभाका लागि समानुपातिक निर्वाचन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, उदार आर्थिक व्यवस्था र केन्द्र तथा स्थानीय गरी दुई तहको राज्य संरचना हुनुपर्ने उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १७:१६
काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते अर्थात् मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्...
पौष ११ गते, २०८१ - १६:५७
काठमाडौं। परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने ...
पौष ११ गते, २०८१ - १६:३१
काठमाडौं। सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गरेको छन । ...
पौष ११ गते, २०८१ - १६:०५
सियोल । दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ । राष्ट्रपति हानले आफ्नो पूर्ववर्ती...
पौष ११ गते, २०८१ - १५:५५
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर...
पौष ११ गते, २०८१ - १५:४५
पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान सुरू भएको छ । सहकारी प...
पौष ११ गते, २०८१ - १४:४३
दमास्कस। अपदस्थ राष्ट्रपति बसर अल असदप्रति वफादार सेनाहरूले गरेको आक्रमणमा परी १४ जनाको ज्यान गुमाएका छन । सिरियाका नयाँ विद्रोहीको नेतृत्वमा रहेक...
पौष ११ गते, २०८१ - १४:३३
ताइपेई। ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ । ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथी भ्रष्टचारको आरोप ला...
पौष ११ गते, २०८१ - १४:२५
काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहाद...
पौष ११ गते, २०८१ - १४:०५
काठमाडौँ। नेपाली कांग्रेसको सयदिने अभियानको काम सक्न बाँकी जिल्लाका लागि समय थप भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रिय एकता तथा मेलमि...
प्रतिकृया लेख्नुहोस्: