Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

बढ्न थाले शुक्रराज अस्पतालमा कुकुरले टोकेका बिरामी

असारदेखि १९ हजार चार सय ४७ जना नयाँ बिरामीले रेबिजविरुद्ध खोप लगाए

खबरडबली संवाददाता

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढिरहेको छ । कुकुरले टोकेपछि खोप लगाउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ । विगत दुई वर्षको तथ्याङ्कमा कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउने आउने सङ्ख्यामा वृद्धि भएको हो ।

अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुकुरले टोकेपछि खोप लगाउन आउने नयाँ बिरामी ३८ हजार सात सय ४८ रहेका थिए भने आव २०७९/८० मा यो सङ्ख्या बढेर ५० हजार चार सय ९४ पुगेको छ ।

यस्तै आव २०७८/७९ मा नयाँ र पुरानो गरी एक लाख, एक हजार, एक सय ९६ र आव २०७९/८० मा नयाँ र पुरानो गरी एक लाख २५ हजार ९० बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् ।

कुकुरले जाडोमा भन्दा गर्मी महिनामा बढीलाई टोक्ने भएकाले गर्मीमा धेरै बिरामी खोप लगाउन आउने गरेका छन् । आव २०७९/८० को जेठमा पाँच हजार ५८ जना र असारमा पाँच हजार दुई ८० जना खोप लगाउन आएका छन् । यस्तै पुसमा तीन हजार आठ सय ५१ र माघमा चार हजार एक सय ३२ जनाले रेबिजविरुद्धको खोप लगाएका छन् ।

कुकुरले टोकेपछि दुई किसिमको खोप दिइने गरिन्छ । एउटा एन्टिरेविज र अर्को इम्युनोग्लोबुलिन भ्याक्सिन दिने गरिन्छ ।

यदि भुस्याहा कुकुरले टोकेको खण्डमा इम्युन्नोग्लोविन खोप र घरपालुवा कुकुर जसले नियमित खोप लगाएका छन् । ती कुकुरले टोके भने एन्टिरेबिज भ्याक्सिन खोप दिइने गरिन्छ । घरपालुवा र भुस्याहा कुकुरले बढी मानिसलाई टोक्ने गरेको छ ।

यस्तै गत असारदेखि यतामात्र १९ हजार चार सय ४७ जना नयाँ बिरामीले रेबिजविरुद्ध खोप लगाइसकेका अस्पतालका बहिरङ्ग विभागका इन्चार्ज शङ्कर पाण्डेले जानकारी दिए । उनका अनुसार साउनमा चार हजार आठ सय ८५, भदौमा चार हजार सात सय २८, असोजमा चार हजार सात सय ३१ र कात्तिकमा पाँच हजार ९९ जनाले बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् । उनका अनुसार अहिले दैनिक एक सय ३० जना रेबिजविरुद्धको खोप लगाउन अस्पताल आउने गरेका छन् ।

मासु र छालामा लगाइने उक्त खोप सरकारले निःशुल्क वितरण गर्ने गरेको छ । मासुमा लगाउने खोप चारपटक र छालामा लगाउने खोप तीनपटक दिइने गरिन्छ । बच्चा र वृद्धालाई मासुमा खोप लगाइने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनले छालामा लगाइने खोपलाई बढी प्रभावकारी मानेको छ ।

कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप नलगाएको खण्डमा रेबिज रोग लाग्ने गर्दछ । अस्पतालका प्रमुख कल्सन्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कुकुरले टोकेपछि जतिसक्दो चाँडै खोप लगाउनुपर्ने बताउँछन् । उनले खोप नलगाएको खण्डमा २० देखि ९० दिनसम्म रेबिज रोगको लक्षण देखिने र लक्षण देखिएको सात दिनभित्रमा बिरामीको मृत्यु हुने गरेको बताए ।

चालिसेका अनुसार रेबिज रोग लागेका बिरामीको मृत्युदर शतप्रतिशत रहेको छ । अस्पतालमा महिनामा दुई–तीन जना बिरामी रेबिज लागेर आउने गरेको उनी बताउँछन् । रेबिज रोग लागेका मान्छे सुरुमा पानी र हावासँग डराउने र त्यसपछि अचेत अवस्था भई मृत्यु हुने गरेको उनले बताए ।

रेबिजबाट सङ्क्रमित भएको कुकुर, जङ्गली जनावरजस्तै स्याल, फ्याउरोले टोकेमा, चिथोरेमा तिनीहरूको र्यालबाट रेबिज रोग सर्दछ । रेबिज भाइरसले मस्तिष्कमा असर पुर्‍याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ ।

कुकुरले टोकेमा टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने गर्नुपर्दछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending