काठमाडौं । किशोरी बलात्कार आरोपमा माओवादी नेता भूमिनन्द देवकोटासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका माओवादी नेता नेता भूमिनन्द देवकोटा र पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन् ।
प्रहरीले काठमाडौं महानगरपालिका ३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई गत साता पक्राउ गरेको हो । पीडित भनिएकी १७ वर्षीया किशोरी देवकोटाकै घरमा बस्दै आएकी थिइन् । अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखि पीडित बालिकालाई देवकोटाले आफ्नो घरमा संरक्षण दिएर राखेको बुझिएको छ ।
उनी हिसिला यमी मन्त्री हुँदाका पिए समेत हुन् । तर माओवादी विभाजनदेखि नै देवकोटा बाबुराम भट्टराई र हिसिला यमीसँग छुटिएका थिए ।
प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ । गोरखा स्थायी घर भएका देवकोटाको काठमाडौंस्थित घरबाट गत तिहारको समयमा पीडित किशोरी यौन अत्याचार सहन नसकेर निस्किएको प्रहरीले जनाएको छ।
देवकोटाको घरबाट निस्किएपछि उनी एक युवकसँग बस्दै आएकी थिइन् । प्रहरीले प्रेमी भनिएका पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपालीलाई पनि पक्राउ गरेको छ ।
नेपालीले पीडित भनिएकी किशोरीलाई कात्तिक ३० गते बलात्कार गरेको जाहेरीमा उल्लेख छ । हाल दुवै जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: