Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव सुरु

खबरडबली संवाददाता

धनुषा । विवाहपञ्चमीको शुभ अवसरमा भगवान रामचन्द्र र माता सीताको विवाहसँगै आजदेखि मिथिलाञ्चलमा विवाह उत्सव सुरु भएको छ ।

त्रेतायुगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि आजैका दिन भगवान रामचन्द्र र माता सीताको विवाहसँगै सर्वसाधारणले पनि आआफ्ना छोराछोरीको विवाह सुरु गर्ने चलन रहेकाले आजदेखि मिथिलाका प्रत्येक गाउँठाउँमा सर्वसाधारणले पनि विवाह उत्सव मनाउन थालेका छन् ।

आजका दिन माता जानकी ९सीता०को जन्मभूमि जनकपुरधाममा दर्जनौं वर कन्याले सामूहिक विवाह गर्ने पनि चलन रहेको छ । मिथिलाका विभिन्न गाउँठाउँमा पनि आजका दिन सयौँ जोडीहरुले विवाह गर्ने भएका छन् ।

आजका दिनमा विवाह गरेमा आफ्नो विवाहको सम्झना सधैँ रहिरहने तथा सधैँ भगवान रामचन्द्र र माता सीताको आशीर्वाद प्राप्त भइरहने लोक मान्यता रहेको जलेश्वर नगरपालिका–८ का प्रख्यात पण्डित कालिकान्त झाले बताए ।

महोत्तरी र धनुषाका विभिन्न स्थानमा एक सातासम्म भगवान रामचन्द्र र माता जानकीको विवाहका विभिन्न विधि सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत आज राजा जनकको नगरी जनकपुरधाममा भगवान रामचन्द्र र माता जानकीको धुमधामका साथ शुभ विवाह ९विवाहपञ्चमी० मनाइँदैछ ।

महोत्तरीको मटिहानीदेखि राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने गरेको विवाह पञ्चमी उत्सवको रौनक यसपाली नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ ।

त्रेतायुगमा अयोध्याका राजा दशरथका छोरा भगवान रामचन्द्र र जनकपुरका राजा जनककी छोरी माता सीताको विवाह यही जनकपुरमा भएको दिनलाई सम्झँदै प्रत्येक वर्ष अयोध्यादेखि जनकपुर जन्ती आउने र विवाह उत्सव सम्पन्न गरिने चलन रहँदै आएको छ । 

सो अवसरमा प्रत्येक वर्ष हजारौँ साधुसन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी, सन्यासी सो विवाह उत्सवमा उपस्थित हुने चलन रहेकामा अहिले लाखौँको सङ्ख्यामा जन्ती जनकपुर आइपुगेका छन् । 

सयौँ रथ, बाजागाजा, नाच तमासा, घोडा, हात्तीसहित जन्ती आउने चलन रहेको र अयोध्याबाट एक सातादेखि जन्ती तथा सर्वसाधारण जनकपुर आएर विवाहपञ्चमीमा सहभागी हुन तयार अवस्थामा रहेका छन् ।

प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावा लस्करसहित एक साता पहिलेदेखि नै जनकपुर जाने गर्दछन् भने मटिहानीस्थित लक्ष्मीनारायण मठमा पनि विशेष पूजा अर्जना गरेर आज जनकपुरका लागि प्रस्थान गरेका छन् ।

रामजानकी विवाह महोत्सवका लागि महोत्तरीको मटिहानीमा अवस्थित लक्ष्मीनारायण मठ अगाडिमै रहेको लक्ष्मी सागरबाटै विवाहको वेदीको माटो खनेर लगिएको छ भने सोही माटोबाट बनाइएको यज्ञवेदीमा आज राति राम सीताको शुभविवाह सम्पन्न हुनेछ । 

अयोध्याबाट आउने जन्तीलाई महोत्तरीको मटिहानीमा स्थानीयले फूल माला, अबिर लगायतले स्वागत गरेका छन् भने जन्ती मटिहानीमा एकरात विश्राम गरेर विवाहपूर्व गरिने मटकोर विधि पनि सोही स्थानमा सम्पन्न गरेको लक्ष्मीनारायण मठका महन्थ रविन्द्रदास वैष्णवले बताए ।  

विवाह पञ्चमीका अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा पाँचदेखि सात लाखसम्म भक्तजन विवाह पञ्चमी उत्सवमा सहभागिता जनाउने गरेका र यस वर्ष सो सङ्ख्या बढेर १० लाखसम्म पुग्ने अनुमान गरिएको छ । 

विवाहपञ्चमी उत्सवअन्तर्गत यसपाली मङ्सिर २६ गते जनकपुरधाम दर्शन, २७ गते फूलबारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर विधि सम्पन्न भएको छ भने आज स्वयंवर तथा विवाह पञ्चमी ९शुभविवाह० र पुस २ गते राम कलेवा हुने कार्यक्रम तय गरिएको हो । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending