Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

गठबन्धनको ध्येय सुशासनमा छ : मन्त्री गुरुङ

खबरडबली संवाददाता

मलेखु । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकारको पहिलो ध्येय सुशासन भएको बताएका छन् । सरकारले भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने लक्ष्यका साथ अगाडि बढेको उनले स्पष्ट पारे ।

धादिङको ज्वालामुखी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उनले भने, “देशमा चलखेल भइरहेको छ । कोही सरकार ढाल्ने दाउमा छन् । कोही देशको व्यवस्था नै ढाल्दिन्छम भन्नेहरू पनि छन् । हामीले देश र जनताका लागि राजनीति गरेका हौँ । व्यवस्थालाई दोष होइन नेता आफैँ सुध्रिनुपर्छ ।”

देशका विकृति तथा विसङ्गतिहरू निर्मूल पार्न सम्बन्धित मन्त्रालयबाट कानुन बनाएर ल्याउने र विधेयक तयार पार्नुपर्नेमा मन्त्री गुरुङको जोड थियो । अन्य मन्त्रालयले सुशासनका विषयमा विधेयक ल्याए कानुन मन्त्रालयले सहमति दिनुपर्ने बाध्यता रहेको उनले बताए । “मैले मात्र लेख्न मिल्ने भए खुरुखुरु दर्जनौँ कानुन लेख्ने थिएँ । नेपाली जनताको न्याय गर्ने थिएँ,” उनले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य

काठमाडौं । यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । न्युयोर्कमा सूचीकृत...

विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुप...

उपनिर्वाचनः हेटौँडा-१२ मा मुख्य दलबीच नै प्रतिष्पर्धा, रास्वपाले देला टक्कर ?

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् । चुनावी मैदानमा उत्...

प्रधानमन्त्रीले सबै मन्त्री र सचिवलाई सिंहदरबार बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन्।  प्रधानमन्त्रीले सरकारका कामको...

बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो

झापा । मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।  बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसु...

बिजुलीको अर्बौँ बक्यौता नतिर्ने उद्योगको लाइन काट्न प्राधिकरणलाई फेरि सरकारको अवरोध

काठमाडौं । लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत प्रयोग गरेको विद्युत्को अर्बौँ बक्यौता नतिरेका उद्योगमा लाइन काट्न सरकारले प्राधिकरणमाथि फ...

स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै

वालिङ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका...

राष्ट्रिय गौरवका आयोजना अपेक्षित प्रगतिको प्रतीक्षा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहत ८ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत ...

आठ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै

कुनौली । सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ । नदीमा पुल नहुँद...

एमाले महासचिव पोखरेलसँग भियतनामी कम्युनिस्ट नेताको भेट, बुद्ध धर्मबारे छलफल

काठमाडौँ । नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी एमाले महासचिव शङ्कर पोखरेलसँग भेट गरेको छ ।  भियतनाम कम्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy