Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

द्रुत बस कुर्दै हुनुहुन्छ ? अब अनलाइनबाटै गर्न सकिन्छ सिट बुकिङ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको सुविधा अनलाइन प्रणालीबाट लिन सकिने भएको छ । त्यसका लागि एप प्रयोग गर्नुपर्ने छ । 

एपमार्फत यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भाडादर र बिसौनीबारे जानकारी हेरेर आफू अनुकूलको यात्रा सहज बनाउन सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।

हाल द्रुत बस सञ्चालनको समयतालिका पनि परिवर्तन भएको छ । रिजालले भने, “बिहान सूर्यविनायकदेखि रत्नपार्क आउने मान्छे धेरै हुन्छन् । त्यसैले ३६ वटा बस उतैबाट आउँछन् । दिउँसो ३ बजेपछि यताबाट उता जाने मान्छे धेरै हुन्छन् । ती बस फेरि साँझ रत्नपार्कबाट उता जान्छन् ।” 

यात्रुको चाप हुने समय अनुसार द्रुत बस व्यवस्थापन गरिएको छ । यात्रुले समयमै बस पाउने र बस पनि रित्तै गुड्न नपर्ने अवस्था भएपछि बस राम्रोसँग चलिरहेको रिजालले बताए । उनले भने “यात्रुको चाप बिहान र साँझमा हुन्छ । सोही अनुसार तालिकामा परिवर्तन गरिएको छ ।”

विभागको टाइम कार्ड अनुसार बिहान ८ः३० बजे सूर्यविनायकबाट पहिलो बस छुट्छ । त्यसपछि हरेक तीन मिनेटमा बस छुट्छन् । विभागको मङ्सिर २८ गतेको रेकर्ड अनुसार बिहान ८ः३० बजे छुटेको ४० सिटको बसमा छुटेको समयमै २५ जना यात्रु थिए । 

त्यसलगत्तै तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट छुटेको अर्को ४० सिटको बसमा ३२ जना यात्रु छुट्ने स्थानबाटै चढेका थिए । सोही दिन रत्नपार्कबाट ३ः३३ बजे छुटेको ३२ सिटको बसमा ३८ जना थिए । 

महानिर्देशक रिजालले भने, “अहिले सुधार भएको छ । द्रुत बसप्रति यात्रुको आकर्षण बढेको छ । बसहरू सिट फुल भएर चलेका छन् । अझै सुधार गर्दै छौँ ।”  

द्रुत बसमा एप जडानपछि जिपिएस प्रणालीमा लैजाने विभागको योजना छ । साथै अनलाइनबाट भाडा भुक्तानी गर्ने व्यवस्था गर्न यातायात व्यवसायीसँग छलफल भइरहेको रिजालले जानकारी दिए । ३६ वटा बसलाई ६० पु¥याउने काम पनि अघि बढेको छ । 

रत्नपार्क–सूर्यविनायक द्रुत बसको सफल सञ्चालनपछि अन्य रुट र सहरमा पनि विस्तार गरिने विभागले जनाएको छ ।     

विभागका अनुसार १९ स्थानमा बस स्टप तोकिएका छन् । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर, जडीबुटी, कौशलटार, गठ्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बसस्टप तोकिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात

भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।  ...

निर्वाचन आउन ४४ दिन बाँकी- आज उम्मेदवारी दर्ता गराउन केके चाहिन्छ ?

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेक...

एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको...

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

लुम्बिनी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending