चितवन । नेपालमा पछिल्लो समय काठबाट निर्माण गरिएका सामान उपभोक्ताको रोजाइमा पर्न थालेका छन् । उपभोक्ताको रोजाइलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिका–५ कैलाशनगरमा १४ जना व्यवसायी मिलेर ‘चितवन उड क्राफ्ट प्रालि’ स्थापना गरेका छन् । उद्योगमा नेपाली काठ प्रयोग गरेर नेपाली कालिगडले नै सामग्री बनाउने गरेका छन् ।
गत वैशाखदेखि सञ्चालनमा आएको सो उद्योगले भदौदेखि आफ्ना उत्पादन बजारमा ल्याएको छ । बजारमा ल्याएको छोटो समयमा नै नेपाली उद्योगका उत्पादन ग्राहकले रुचाएका छन् । उद्योगका सञ्चालक तथा व्यवस्थापक युगराज वस्तीका अनुसार उपभोक्ताको आवश्यकता अनुसार उत्पादित वस्तु थप गर्दै लगिएको छ । उत्पादन गरिएका सामान बिक्री भइरहको उनको भनाइ छ ।
उद्योगले उत्पादन गरेका सामाग्री पुस्तक पसलदेखि भाँडा पसलसम्म राखेर बिक्री गरिँदै आएको छ । उद्योगले काँटा चम्चा, टेबल, कपडा झुण्ड्याउने ह्याङगर, जुत्ता राख्ने र्याक, मसला बक्स, बेलना, चौका, पुस्तक र्याक, कटिङ बोर्ड, गमला, खुर्मा बनाउने बोर्ड, खुत्रुके, गणितीय नापजाँच सम्बन्धी सामग्री, सोफालगायत उत्पादन गरिरहेको छ ।
नेपालमै बसेर अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम गरिरहेको सञ्चालक वस्तीको भनाइ छ । “हाम्रा वन जङ्गलमा रुख ढलेर सडेर गएका छन । उपयोगमा ल्याउन सकिएको छैन”, उनले भने, “काठको सरकारी खरिद प्रक्रिया पनि झन्झटिलो छ ।” उले उद्योगलाई टिकाइराख्नका लागि सरकारले मेसिन ल्याउन र काठ खरिदमा सहजीकरण गरिदिनुपर्ने बताए ।
उद्योगबाट हाल ३५ जनाले रोजगारी पाएका छन् । उद्योग स्थापनाका लागि रु १२ करोड खर्च भएको उद्योगका अध्यक्ष ताराप्रसाद पौडेलले बताउनुभयो । उहाँले मनाङ, मुस्ताङ जस्ता चिसो ठाउँमा काठका सामाग्री पुर्याउने लक्ष्य राखिएको बताए । आगामी दिनमा विदेश निर्यात गर्नेगरी सामाग्री उत्पादन गर्ने उद्योगको योजना छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: