Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

उपभोक्ताको रोजाइमा काठका सामान

खबरडबली संवाददाता

चितवन ।  नेपालमा पछिल्लो समय काठबाट निर्माण गरिएका सामान उपभोक्ताको रोजाइमा पर्न थालेका छन् । उपभोक्ताको रोजाइलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिका–५ कैलाशनगरमा १४ जना व्यवसायी मिलेर ‘चितवन उड क्राफ्ट प्रालि’ स्थापना गरेका छन् । उद्योगमा नेपाली काठ प्रयोग गरेर नेपाली कालिगडले नै सामग्री बनाउने गरेका छन् । 
गत वैशाखदेखि सञ्चालनमा आएको सो उद्योगले भदौदेखि आफ्ना उत्पादन बजारमा ल्याएको छ । बजारमा ल्याएको छोटो समयमा नै नेपाली उद्योगका उत्पादन ग्राहकले रुचाएका छन् । उद्योगका सञ्चालक तथा व्यवस्थापक युगराज वस्तीका अनुसार उपभोक्ताको आवश्यकता अनुसार उत्पादित वस्तु थप गर्दै लगिएको छ । उत्पादन गरिएका सामान बिक्री भइरहको उनको भनाइ छ ।
उद्योगले उत्पादन गरेका सामाग्री पुस्तक पसलदेखि भाँडा पसलसम्म राखेर बिक्री गरिँदै आएको छ । उद्योगले काँटा चम्चा, टेबल, कपडा झुण्ड्याउने ह्याङगर, जुत्ता राख्ने र्याक, मसला बक्स, बेलना, चौका, पुस्तक र्याक, कटिङ बोर्ड, गमला, खुर्मा बनाउने बोर्ड, खुत्रुके, गणितीय नापजाँच सम्बन्धी सामग्री, सोफालगायत उत्पादन गरिरहेको छ ।     
     
नेपालमै बसेर अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम गरिरहेको सञ्चालक वस्तीको भनाइ छ । “हाम्रा वन जङ्गलमा रुख ढलेर सडेर गएका छन । उपयोगमा ल्याउन सकिएको छैन”, उनले भने, “काठको सरकारी खरिद प्रक्रिया पनि झन्झटिलो छ ।” उले उद्योगलाई टिकाइराख्नका लागि सरकारले मेसिन ल्याउन र काठ खरिदमा सहजीकरण गरिदिनुपर्ने बताए ।     
     
उद्योगबाट हाल ३५ जनाले रोजगारी पाएका छन् । उद्योग स्थापनाका लागि रु १२ करोड खर्च भएको उद्योगका अध्यक्ष ताराप्रसाद पौडेलले बताउनुभयो । उहाँले मनाङ, मुस्ताङ जस्ता चिसो ठाउँमा काठका सामाग्री पुर्याउने लक्ष्य राखिएको बताए । आगामी दिनमा विदेश निर्यात गर्नेगरी सामाग्री उत्पादन गर्ने उद्योगको योजना छ ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending