म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो ।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको योजनाका इन्जिनियर अच्युतविलास पन्तले बताए। “करिडोर दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको सातवटा प्याकेजको निर्माण सकिएको छ”, उनले भने, “यसअघि छोसेर–कोरला खण्डको १८ किलोमिटर ग्राभेल गर्ने काम पनि लक्ष्यअघि नै सकिएको थियो ।”
गत मङ्सिर ९ गतेदेखि सात दशमलव पाँच मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गर्न थालिएको थियो । प्राविधिक टोलीले सडकको नापजाँच गरिरहेको छ । दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट÷पीएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए।
“आयोजना कार्यालय, स्थानीय प्रशासन, जनप्रतिनिधि र समुदायले योजना निर्माणमा पर्याप्त सहयोग तथा सहजीकरण हुँदा सहज भयो”, उनले भने, “गत असारमै ८० प्रतिशत निर्माण सकिएको थियो ।” सो कम्पनीले तनहुँमा पनि हालै दुई वर्ष आयोजना लक्ष्यअघि नै निर्माण सकेको छ ।
सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र गरिएको हो । यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज भएको छ ।
मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए।
“बेनी–गलेश्वर सडक आयोजना ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ”, उनले भने, “निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - ०९:३१
काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...
माघ ६ गते, २०८२ - ०९:२६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्। सामाजिक स...
माघ ६ गते, २०८२ - ०९:१८
पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...
माघ ६ गते, २०८२ - ०८:१६
काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...
माघ ६ गते, २०८२ - ०८:१०
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...
माघ ६ गते, २०८२ - ०८:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...
माघ ६ गते, २०८२ - ०७:४१
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...
माघ ६ गते, २०८२ - ०७:३९
सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...
माघ ६ गते, २०८२ - ०७:३८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...
माघ ६ गते, २०८२ - ०७:३५
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...




प्रतिकृया लेख्नुहोस्: