Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मधेसमा प्रदेश सम्मेलन बहिष्कारको तयारीमा शेखर समूह

११ बजे भनिएकाो उद्घाटन अझै भएन

खबरडबली संवाददाता

जनकपुर । नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलन शेखर समूह  बहिष्कारको तयारीमा लागेको छ । सम्मेलनमा सभापति देउवापछि नेता कोइरालालाई नराखेको भन्दै उनी पक्षधर नेताहरू बहिष्कार गर्न लागेका हुन् ।
कोइराला समूहका मधेश प्रदेश सांसद रामसरोज यादवसहितका ८ जनाले सम्मेलनको विषयमा बुधबार फरकमत राख्दै विज्ञप्ति जारी गरेका थिए । बहुमतको दम्भ देखाएर प्रदेश कमिटीले आसन ग्रहणको मर्यादाक्रम तोकेको कोइराला समूहका नेताहरूको आरोप छ ।

कोइराला समूहका मधेश प्रदेश सांसद रामसरोज यादवसहितका ८ जनाले सम्मेलनको विषयमा बुधबार फरकमत राख्दै विज्ञप्ति जारी गरेका थिए । बहुमतको दम्भ देखाएर प्रदेश कमिटीले आसन ग्रहणको मर्यादाक्रम तोकेको कोइराला समूहका नेताहरूको आरोप छ ।

११ बजे भनिएकाो उद्घाटन अझै   भएन

११ बजे उद्घाटन समारोह हुने भनिएको सम्मेलन उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा जनकपुरधाम  पुगेका भए पनि अझै सुरू भएको छैन ।

दुई दिनसम्म चल्ने सम्मेलन जनकपुरधामस्थित तिरहुतिया गाछीमा सुरू हुन लागेको हो ।  सम्मेलनकोे उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । 

सम्मेलनको उद्घाटन सत्रमा मधेस प्रदेशको आठवटै जिल्लाबाट नेता कार्यकर्ता आएका छन् । बन्दसत्र भोलि महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको हलमा हुनेछ ।

बन्द सत्रमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने मधेस प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिए । सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन बुधबार बसेको मधेश प्रदेश समितिको पूर्ण बैठकबाट संशोधनसहित पारित भएको उनले बताए  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending