Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’

खबरडबली संवाददाता

काठमाडौँ । परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । ठाडोभाकाप्रेमी नागरिक समाजद्वारा अग्रज ठाडोभाकाका सर्जक एवं गायिका धनमाया तामाङको १९औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले नेपालका महत्वपूर्ण शक्तिका रुपमा विकट भौगोलिक अवस्था, पुर्खाको वीरता र कूटनीतिक क्षमता तथा बहुसांस्कृतिक विविधता रहेको स्पष्ट पारे ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपाली पूर्वराजदूत आचार्यले भने, “ठाडोभाका गण्डकी प्रदेशको मात्र नभई राष्ट्रको नीति हो, यसले ऋग्वेदको झल्को दिन्छ । यस्ता सम्पत्तिको संरक्षणमा राज्यले ध्यान पुर्याउनुपर्छ, सातै प्रदेशका लोक संस्कृतिको विकासका लागि सङ्ग्रहालय खोल्नुपर्छ ।”

सामाजिक अभियन्ता एवं संस्कृतिप्रेमी लालबहादुर भुजेलले गीतसङ्गीत तथा भाषा, सहित्य र कलाका संरक्षणमा सबै जातजाति र समुदायले विशेष ध्यान पुर्याउनुपर्ने आवश्यकतामा जोड दिए।

पूर्वप्रशासक पृथ्वी अधिकारीले संस्कार र सांस्कृतिक देशको महत्वपूर्ण शक्ति र पहिचान रहेको धारणा राखे । गायिका तामाङमा गण्डकी क्षेत्रको महत्वपूर्ण पहिचानका रुपमा रहेका  ठाडोभाकासहित २० लोकभाकामा गीत सिर्जना र मिठास गायन प्रस्तुत गर्ने क्षमता रहेको कार्यक्रममा सहभागी अन्य गीत र सङ्गीत क्षेत्रका सर्जकले बताए । त्यस्ता मौलिक गीत गण्डकी प्रदेशका गाउँघरमा मेलापात, दाइँ, पर्व, जात्रा र विविध कार्यक्रममा  गाइने गरिन्छ ।

उनले आफ्ना छोरा हालका उपरथी आशबहादुर तामाङसँग ७२ वर्षको उमेरमा राष्ट्रप्रेम झल्काउने ठाडोभाकामा म्युजिक भिडियोमा समेत गायन प्रस्तुत गरेकी छिन् । लोप हुन लागेका लोकगीत तथा लोक भजनको सँगालो ‘धन’मा उनले त्यस उमेरमा पहिलोपटक रेकर्ड गराएकी हुन्।

उनले मुलुक द्वन्द्वमा रहेका बखत शान्तिका कामना गर्दै त्यसतर्फ प्रेरित गर्न ७४ वर्षको उमेरमा अन्तिम गीतका रुपमा ठाडो र ढिलोभाकामा रेकर्डिङ भएका गीतको म्युजिक भिडियो कार्यक्रममा प्रस्तुत गरियो ।

विसं १९८७ मा फागुन २० गते लम्जुङको काफस्वाँरामा जन्मिएकी गायिका तामाङ सामान्य कुरा गर्दा होस् वा कसैलाई आशीर्वचन प्रदान गर्दासमेत ठाडोमात्र नभई झ्याउरेसहित विभिन्न भाकामा सहजरुपमा गीत प्रस्तुत गर्न खप्पिस भएको स्मृति सभामा सम्झना गरियो ।

सर्जक तामाङका नाति डा आयुष तामाङले हजुरआमाको दाइ र झ्यारे गीत गायनको स्मरण गर्दै स्वदेशमा वा विदेशमा रहेबसेका सबै नेपालीले राष्ट्रको गौरवका रुपमा रहेका संस्कृति र सम्पदा संरक्षणका क्षेत्रमा काम गर्नुपर्ने विचार प्रकट गरे ।

लम्जुङ दुराडाँडा साहित्य समाजका अध्यक्ष देवी न्यौपाने लगायतले गायिका तामाङले सानै उमेरदेखि गीत सिर्जना गर्ने र गायन प्रस्तुत गर्ने गरेको आफूहरुले जानकारी पाएको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनसँग देउवा र शेखर समूहले पनि खोज्यो टिकट, धुम्बाराहीको होटलमा गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...

आज उम्मेदवार टुंगो लगाउँछौँ, ‘रुख’ चिह्न लिएर आउनेलाई जिताउन लाग्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्।  सामाजिक स...

पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’

पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...

सुदूरपश्चिममा देउवापछि को ?

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...

पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात, छुर्पी र मुसुरो दालको व्यापारमा पनि उछाल

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending