Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’

खबरडबली संवाददाता

काठमाडौँ । परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । ठाडोभाकाप्रेमी नागरिक समाजद्वारा अग्रज ठाडोभाकाका सर्जक एवं गायिका धनमाया तामाङको १९औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले नेपालका महत्वपूर्ण शक्तिका रुपमा विकट भौगोलिक अवस्था, पुर्खाको वीरता र कूटनीतिक क्षमता तथा बहुसांस्कृतिक विविधता रहेको स्पष्ट पारे ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपाली पूर्वराजदूत आचार्यले भने, “ठाडोभाका गण्डकी प्रदेशको मात्र नभई राष्ट्रको नीति हो, यसले ऋग्वेदको झल्को दिन्छ । यस्ता सम्पत्तिको संरक्षणमा राज्यले ध्यान पुर्याउनुपर्छ, सातै प्रदेशका लोक संस्कृतिको विकासका लागि सङ्ग्रहालय खोल्नुपर्छ ।”

सामाजिक अभियन्ता एवं संस्कृतिप्रेमी लालबहादुर भुजेलले गीतसङ्गीत तथा भाषा, सहित्य र कलाका संरक्षणमा सबै जातजाति र समुदायले विशेष ध्यान पुर्याउनुपर्ने आवश्यकतामा जोड दिए।

पूर्वप्रशासक पृथ्वी अधिकारीले संस्कार र सांस्कृतिक देशको महत्वपूर्ण शक्ति र पहिचान रहेको धारणा राखे । गायिका तामाङमा गण्डकी क्षेत्रको महत्वपूर्ण पहिचानका रुपमा रहेका  ठाडोभाकासहित २० लोकभाकामा गीत सिर्जना र मिठास गायन प्रस्तुत गर्ने क्षमता रहेको कार्यक्रममा सहभागी अन्य गीत र सङ्गीत क्षेत्रका सर्जकले बताए । त्यस्ता मौलिक गीत गण्डकी प्रदेशका गाउँघरमा मेलापात, दाइँ, पर्व, जात्रा र विविध कार्यक्रममा  गाइने गरिन्छ ।

उनले आफ्ना छोरा हालका उपरथी आशबहादुर तामाङसँग ७२ वर्षको उमेरमा राष्ट्रप्रेम झल्काउने ठाडोभाकामा म्युजिक भिडियोमा समेत गायन प्रस्तुत गरेकी छिन् । लोप हुन लागेका लोकगीत तथा लोक भजनको सँगालो ‘धन’मा उनले त्यस उमेरमा पहिलोपटक रेकर्ड गराएकी हुन्।

उनले मुलुक द्वन्द्वमा रहेका बखत शान्तिका कामना गर्दै त्यसतर्फ प्रेरित गर्न ७४ वर्षको उमेरमा अन्तिम गीतका रुपमा ठाडो र ढिलोभाकामा रेकर्डिङ भएका गीतको म्युजिक भिडियो कार्यक्रममा प्रस्तुत गरियो ।

विसं १९८७ मा फागुन २० गते लम्जुङको काफस्वाँरामा जन्मिएकी गायिका तामाङ सामान्य कुरा गर्दा होस् वा कसैलाई आशीर्वचन प्रदान गर्दासमेत ठाडोमात्र नभई झ्याउरेसहित विभिन्न भाकामा सहजरुपमा गीत प्रस्तुत गर्न खप्पिस भएको स्मृति सभामा सम्झना गरियो ।

सर्जक तामाङका नाति डा आयुष तामाङले हजुरआमाको दाइ र झ्यारे गीत गायनको स्मरण गर्दै स्वदेशमा वा विदेशमा रहेबसेका सबै नेपालीले राष्ट्रको गौरवका रुपमा रहेका संस्कृति र सम्पदा संरक्षणका क्षेत्रमा काम गर्नुपर्ने विचार प्रकट गरे ।

लम्जुङ दुराडाँडा साहित्य समाजका अध्यक्ष देवी न्यौपाने लगायतले गायिका तामाङले सानै उमेरदेखि गीत सिर्जना गर्ने र गायन प्रस्तुत गर्ने गरेको आफूहरुले जानकारी पाएको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending