Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कवाडी सङ्कलनकर्ताका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन सहज

खबरडबली संवाददाता

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहर निस्कन्छ । यहाँ फोहर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ । फोहर व्यवस्थापनमा स्थानीय तह र फोहर सङ्कलन गर्ने कम्पनीसँगै पुन: प्रयोगीय वस्तु ९कवाडी० सङ्कलन गर्ने व्यक्तिको योगदान छ । हाल उपत्यकाका नगरपालिकाका साथै बनेपा, धुनीबेँसी र ककनी गरी २३ नगरपालिकाको फोहर नुवाकोटको बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ । 

काठमाडौँ महानगरपालिकाका अनुसार सबै नगरपालिकाबाट दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय टनसम्म फोहर सङ्कलन हुने गरेकोे छ । दैनिक करिब दुई सय सवारी साधनमा राखेर फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ । सङ्कलित फोहरबाट पुन: प्रयोगीय वस्तु छुट्याउने मजदुर तथा दैनिक साइकलमा पुन: प्रयोगीय वस्तु न्यूनतम मूल्यका किनेर सङ्कलन गर्ने व्यक्तिका कामका कारण एक चौथाइभन्दा बढी फोहर व्यवस्थापनमा सहयोग पुगेको छ । त्यस्ता वस्तु भक्तपुर, बालाजु, वीरगञ्ज, हेटाँैडा, नवलपरासी, जनकपुरलगायत स्थानमा सम्बन्धित उद्योगले किनेर कच्चापदार्थका रुपमा प्रयोग गर्ने गरेका छन् ।   

नेपाल पुन: प्रयोगीय वस्तु व्यवसायी सङ्घका अध्यक्ष रामहिरा पाठकले उपत्यकामा पुन: प्रयोगीय वस्तु ९कवाडी० दैनिक ३५ गाडी सङ्कलन हुने गरेको जानकारी दिए । सङ्कलनकर्ताले स्वत: गर्ने कामका कारण लगभग तीन सय ५० टन पुन: प्रयोगीय वस्तु दैनिक डम्पिङ साइटमा फाल्नु नपरेको उनको भनाइ । “यसबाहेक हामीले नेपालमा रहेका विभिन्न उद्योगलाई कच्चापदार्थका रुपमा पुन: प्रयोगीय वस्तु आपूर्ति गर्दै आएका छौँ । यस्तो कच्चापदार्थ पहिला सिङ्गापुर वा अन्य विदेशबाट ल्याउनुपथ्र्यो तर अहिले यहीँबाट नै आपूर्ति हुने गरेको छ,” अध्यक्ष पाठकले भने ।

सङ्घका अनुसार काठमाडौँ उपत्यकामा मात्र करिब पुन: प्रयोगीय वस्तु सङ्कलनकर्ता सात हजार छन् । उनीहरु दैनिक साइकलमा घर घरबाट धातु, प्लास्टिक, कागज, बोरा, कपडा, मोबिल, टायर ट्युबलगायत पुन: प्रयोग हुने वस्तु न्यूनतम मूल्यमा उठाउँछन् । यसरी पुन: प्रयोगीय वस्तु किनेर कवाडीखानामा बेच्दा मासिक रु २० हजारदेखि रु ३० हजार आफ्नो कमाई हुने गरेको काठमाडौँको बुद्धनगरका कवाडी सङ्कलनकर्ता अजय यादवले बताउनुभयो । उहाँले कामका सिलसिलमा हेपाइ खानुपर्ने, बाटोमा भुस्याहा कुकुरले सताउने र कतिपय अवस्थामा त चोरीको आरोपसमेत खेप्नुपर्ने समस्या रहेको गुनासो गरे। त्यसैगरी, उपत्यकामा एक हजार सात सय  पुन: प्रयोगीय वस्तु सङ्कलन स्थल (कवाडीखाना) रहेका छन् । ती वस्तु उद्योगमा आपूर्ति गर्ने थोक व्यवसायी भने ८० को हाराहारीमा रहेको बताइन्छ ।

विश्वमा फोहर उठाउने व्यक्ति र पेसाको संरक्षण तथा सम्मान भए पनि नेपालमा भने बेवास्ता गरिएको गुनासो गर्दै अध्यक्ष पाठकले भने, “यो पेसा हेपिएको अवस्थामा रहेको छ, कतिपय अवस्थामा त अपमान पनि सहनुपर्छ । सरकारबाट नियमन, संरक्षण र सम्मानका लागि पटकपटक आग्रह गर्याँै तर कुनै सुनुवाइ भएको छैन् ।”  

विसं २०३८ देखि यो पेसामा आबद्ध हुनुभएका अध्यक्ष पाठकले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि कुनै सुनुवाइ नभएको बरु कर लगाउने काम भएको गुनासो गरे । काठमाडौँ महानगरपालिकाले हाल कवाडी वस्तुमा कर लगाउन सुरु गरेको छ । यद्यपि सङ्घको पहलबाट सरकारी र विभिन्न शैक्षिक संस्थाका कागजपत्र आगो लगाउनुको सट्टा च्यातच्यूत गरी पुन: प्रयोग गर्न सुरु गरिएको उनले बताए ।  फोहरलाई मुख्य गरी पुन: प्रयोग नहुने र पुन: प्रयोग हुने गरी दुई भागमा वर्गीकरण गरिएको छ । त्यसमध्ये पुन: प्रयोग नहुने फोहरमा पनि सड्ने र नसड्ने वस्तु रहेका छन् । भान्साजन्य र अन्य फोहर सड्ने फोहर हुन भने माटाका भाँडा, सेरामिकका प्लेट, सुर्ती, गुट्खा, चाउचाउका प्याकेट आदि पुन: प्रयोग पनि नहुने र नसड्ने फोहर हुन् । त्यसैगरी, धातुजन्य, प्लास्टिकजन्य, कागजन्य र सिसाजन्य वस्तु पुन: प्रयोग हुने वस्तु हुन् । पुन: प्रयोगीय वस्तु (कवाडी) सङ्कलनकर्ताहरुले यी वस्तुमात्र सङ्कलन गर्ने गर्छन् ।

निजी संस्थाद्वारा ९० प्रतिशत फोहर व्यवस्थापन
यसैगरी, फोहर सङ्कलन गर्ने निजी संस्थाको साझा युनियन ‘फोहरमैला व्यवस्थापन सङ्घ नेपाल’का अनुसार उपत्यकामा मात्र फोहर सङ्कलन गर्ने ५८ निजी कम्पनी छन् । ती कम्पनीमा तीन हजारभन्दा बढी कुचिकार, सङ्कलक र व्यवस्थापक कार्यरत रहेको सङ्घका महासचिव मित्रप्रसाद घिमिरेले जानकारी दिए। उपत्यकाको फोहरमध्ये ९० प्रतिशत ती कम्पनीले र बाँकी १० प्रतिशतमात्र महानगरपालिकाले सङ्कलन गर्ने गरेको उनले बताए । काठमाडौँ महानगरपालिकाले १२, १८, १९, २०, २१, २३, २४ र २५ वडाको सम्पूर्ण फोहर सङ्कलन गर्ने गर्छ भने बाँकी वडाको फोहर निजी संस्थाबाट सङ्कलन तथा व्यवस्थापन हुँदै आएको छ ।  

“कम्पनीले दैनिक घरघरबाट रिक्सा तथा ट्र्याक्टरबाट फोहर सङ्कलन गरेर आ–आफ्नो सङ्कलन केन्द्रमा राख्छन् र त्यही मजदुरले पुन: प्रयोग हुने वस्तु छनौट गर्ने गर्छन् । बिग्रेको खाद्यान्न बङ्गुरलगायत जनावरका लागि दानाका रुपमा पनि प्रयोग हुन्छ । यसरी करिब २५ प्रतिशत वस्तु छुट्यान्छ र बाँकी ल्यान्डफिल साइट लगिन्छ,” उनले भने । तर जुन कम्पनीको फोहर छुट्याउने केन्द्र हुँदैन ती कम्पनीले फोहर सिधै बञ्चरेडाँडा लैजान्छन् र त्यहीँ कुहिने तथा पुन: प्रयोग हुने वस्तु छुट्याइन्छ । 

फोहर लैजाने कम्पनीले बञ्चरेडाँडा प्रत्येक गाडीको रु चार सय प्रवेश शुल्क तिर्ने गरेका छन् । एक सर्वेक्षणअनुसार उपत्यकाको कूल फोहरबाट छुट्याइने पुन: प्रयोग हुने वस्तुको बिक्रीबाट मात्र दैनिक रु २० लाखदेखि रु ३० लाख आम्दानी हुने गरेको छ । यसरी हुने छनौटले एकातिर आम्दानी हुने र अर्कोतिर फोहर व्यवस्थापनमा ठूलो सहयोग हुने महासचिव घिमिरेले बताए। यसले फोहर ढुवानीको खर्च पनि बचत हुने गरेको छ । त्यस्ता कम्पनीले फोहरमैलाको मात्राका आधारमा प्रत्येक घर र व्यवसायबाट लिने शुल्कमा विविधता रहेको उनले बताए । तर घरायसीका लागि न्यूनतम मासिक रु चार सय रहेको छ । उपत्यकामा करिब चार लाख घर रहेका अनुमान छ ।

काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख रबिनमान श्रेष्ठका अनुसार बञ्चरेडाँडामा लैजाने फोहरमध्ये ६० देखि ७० प्रतिशत कुहिने फोहर हुन्छ भने बाँकी धातु, कागज, प्लास्टिक, सिसालगायत वस्तु हुन्छन् । दैनिक लैजाने दुई सय गाडीका फोहरमा अनौपचारिक काम गर्ने व्यक्तिले स्वत: रुपमा पुन: प्रयोग हुने वस्तु छुट्याउने गरेका छन् । त्यसमध्ये दैनिक पाँचदेखि १० गाडी पुन: प्रयोग हुने वस्तु फिर्ता हुने गरेकोे उनले जानकारी दिए । उनले कवाडी सामग्री सङ्कलनकर्ताले आफ्नो रोजगारी र आम्दानीका सिलसिलामा स्वत: रुपमा पुन: प्रयोग गर्ने वस्तु सङ्कलन गर्दा फोहर व्यवस्थापनमा ठूलो सहयोग हुने गरेको उल्लेख गरे । 

“यस पेसालाई सरकारले नियमन गर्नका लागि कहीँ न कहीँ औपचारिक रुपमा ल्याउन आवश्यक छ,” प्रमुख श्रेष्ठले भने। महानगरपालिकामा सरसफाइ तथा उद्यान सहायकका रुपमा ३२ वडामा तीन सय ९७, विभागमा एक सय आठ, रत्नपार्क रानीपोखरीमा छ, बालाजु बाइसधारामा १०, वसन्तपुरमा आठ, बागदरबारमा १३, शङ्खपार्कमा पाँच, राष्ट्रिय सभागृहमा नौ, सिसडोल ल्यान्डफिल साइटमा नौ, सिसडोल ल्यान्डफिल साइटमा लेन्थ वर्कर सात, सिसडोल बञ्चरेडाँडा सडकमा ‘लेन्थ वर्कर’ पाँच गरी कूल पाँच सय ७७ जना कार्यरत छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

इरान-इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...

एसईईमा पाल्पाबाट चार हजार सात सय बढीले सहभागी हुने

तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...

पितृशोकमा रहेका ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...

नवनिर्वाचित सांसदहरूले इतिहास लेख्ने अवसर सदुपयोग गर्नुपर्छ: उपसभापति अर्याल

काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...

सभापति र वरिष्ठ नेतालाई सम्भव भएसम्म भोलि उपस्थित गराउँछौँ : डीपी अर्याल

काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...

खोटाङमा हावाहुरी : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्‍याएको...

रास्वपाको तालिमको उद्घाटनमा रवि र बालेन अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी। नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: