काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा अर्थ मन्त्रालयले करिब पाँच अर्ब रुपियाँ रकमान्तर गरेको छ । मन्त्रालयले साउनदेखि मङ्सिरसम्म चार अर्ब ७६ करोड ३२ लाख रुपियाँ रकमान्तर भएको जनाएको हो ।
पुँजीगत शीर्षकमा विनियोजन गरिएको एक करोड रुपियाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा गरिएको रकमान्तर यसमा समेटिएको छ ।
मन्त्रालयले यसबिचमा सबैभन्दा धेरै असोजमा रकमान्तर गरेको छ । उक्त महिनामा मात्रै तीन अर्ब दुई करोड रुपियाँ रकमान्तर भएको छ । जसमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम उपशीर्षकबाट एक अर्ब ९८ करोड रुपियाँ रकमान्तर गरेर एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम उपशीर्षकमा सारिएको छ । त्यस्तै सोही महिना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सडक बोर्डका लागि एक अर्ब रुपियाँ रकमान्तर भएको छ ।
मन्त्रालयका अनुसार चालु आवको सुरुवाती महिनामै ५१ करोड १३ लाख रुपियाँ रकमान्तर भएको छ । उक्त महिना सबैभन्दा धेरै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट पुनर्संरचना हुने राष्ट्रिय सूचना प्रविधि केन्द्रको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षणका लागि ४६ करोड ४५ लाख रुपियाँ रकमान्तर गरिएको छ ।
त्यस्तै भदौमा ७५ करोड ५९ लाख रुपियाँ रकमान्तर भएको छ । भदौमा सबैभन्दा धेरै कृषि तथा पशुपन्छी मन्त्रालयबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २१ करोड १४ लाख रुपियाँ रकमान्तर भएको छ ।
कात्तिकमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम उपशीर्षकबाट एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमका लागि ४३ करोड ९९ लाख रुपियाँको अर्को रकमान्तर भएको छ । मङ्सिरमा सडक तथा ट्राफिक सुरक्षा उपशीर्षकबाट राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापना कार्यक्रमका लागि तीन करोड रुपियाँ रकमान्तर गरिएको छ ।
अर्थ मन्त्रालयले यसबिचमा एक करोड नौ लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराएको छ । जसमध्ये एक करोड रुपियाँ इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपियाँका दरले दिइएको निकासा रहेको छ । बाँकी नौ लाख ८५ हजार रुयिपाँ भने राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचार खर्चबापत गरिएको निकासा रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८१ - ०९:३९
ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन
जेष्ठ ४ गते, २०८१ - ०९:२४
कैलाली । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना ...
जेष्ठ ४ गते, २०८१ - ०९:०८
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालि...
जेष्ठ ४ गते, २०८१ - ०८:५८
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११...
जेष्ठ ४ गते, २०८१ - ०८:२०
काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ः३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे स...
जेष्ठ ४ गते, २०८१ - ०८:१४
काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिहीबार सार्वजनिक...
जेष्ठ ४ गते, २०८१ - ०८:०५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथौं प...
जेष्ठ ४ गते, २०८१ - ०७:५९
काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपु...
जेष्ठ ४ गते, २०८१ - ०७:३६
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अ...
जेष्ठ ४ गते, २०८१ - ०७:२६
सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ
प्रतिकृया लेख्नुहोस्: