Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानमा भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । शनिबार छुट्टाछुट्टै दुर्घनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ जगाति पुलमा जगातिबाट साँगातर्फ जाँदै गरेको बा१०च ८२८३ नम्बरको निजी गाडीले सोही दिशाबाट आउँदै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा रोल्पा करेती गाउँपालिका–६ घर भई भक्तपुर बस्ने ३१ वर्षीय अर्जुन घर्तीमगरको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका घर्तीमगरको आज उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज भक्तपुरमा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। 

त्यसैगरी काठमाडौँको गोकर्णेश्र नगरपालिका–१ सुन्दरीजलस्थित बसपार्क नजिक भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बा२ख २२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री मकवानपुर भीमफेदी गाउँपालिका–६ घर भई हाल काठमाडौँ सुन्दरीजल बस्ने २५ वर्षीय सरोज विकको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा आज मृत्यु भएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । 

त्यस्तै कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट छ वर्षीय बालकको मृत्यु भएको छ । आज साँझ बेदकोट नगरपालिका–६ सिसैयामा ट्रयाक्टरले ठक्कर दिँदा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

सिसैया चोकबाट करिब एक सय ५० मिटर उत्तरतर्फ से१त ८९३० नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा सिसैयाका अशोक चन्दका छोरा लभ चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए। 

बारामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१३ बलिरामपुर बस्ने २२ वर्षीय कुन्दन मेहताखत्री र वडा नं १२ शीतलपुर बस्ने  २२ वर्षीय अभिमनु कुशवाहा रहेको जिल्ला प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। 

प्रसौनी गाउँपालिका–२ दुधौरा खोलापुलस्थितमा कलैयाबाट  वीरगञ्जतर्फ जाँदै गरेको मप्र०३–०३०–प ४३९८ नम्बरको  मोटरसाइकल अनियन्त्रित दुर्घटनामा परी उनीहरूको मृत्यु भएको प्रवक्ता न्यौपानेले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending