लमजुङ । जिल्लाका विभिन्न स्थानीय तहका ३९ वडा सचिव नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । सिंहदरबारको अधिकार गाउँ गाउँमा भने पनि विभिन्न स्थानीय तहमा वडा सचिव नहुँदा कामकाज समयमै नहुनाका साथै अन्य समस्या सेवाग्राहीले झेल्नुपरेको हो ।
जिल्लामा चार नगरपालिका र चार गाउँपालिकाका ७५ वडा कार्यालय छन् । यतिका वडामध्ये जम्मा ३६ वडामा मात्र वडा सचिव रहेको बताइएको छ । छिटोछरितो सेवा पाउनुपर्ने भए पनि वडा सचिव नभएकै कारण सो सेवाबाट वञ्चित हुनुपरेको स्थानीयवासीले गुनासो गर्दै आएका छन् । सरकारले कर्मचारी समायोजन गर्न नसकेका कारण र कर्मचारी सेवा सुविधा खोज्दै अन्यत्र स्थल रोज्नाले वडा सचिवको अभावमा नागरिकले आफ्नो दैनिक कामकाजका लागि समस्या भोग्नुपरेको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर गुरुङले बताए । उनले जिल्लाका अधिकांंश वडामा वडा सचिव नभएको उल्लेख गरे ।
वडा सचिव नआउँदा एउटै कर्मचारीले दुई दुई वडामा काम गर्नुपर्ने बाध्यताका कारण नागरिकले पाउनुपर्ने छिटोछरितो सेवा सुविधामा समस्या भइरहेको उनले बताए । वडा सचिव नहुँदा स्वास्थ्य तथा पशुका कर्मचारीलाई सचिवको काममा खटाइए पनि सचिवको जस्तो काम भने नहुने उनको भनाइ छ । ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृत्ति छ । केही समयअघि काम गरेका कर्मचारी पनि समायोजनपश्चात् सरुवा भएर अन्यत्र गएकाले वडासचिवविहीन हुँदा वडाबाट हुने कामकाजमा अप्ठ्यारो भएको सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।
बेँसी सहर नगरपालिका-११ चितीका ईश्वरराज सेढाईंले भने, “वडा सचिव नहुँदा एउटै कामकाजका लागि एक दिन खर्चेर वडाको काम नगरपालिका पुगेर गरेर आउनुपर्छ । हस्ताक्षरलगायत केही काम बिग्रियो भने फेरि एक दिन जान र एक दिन वडामा काम गर्न समय लाग्ने हुँदा स्थानीयवासीलाई धेरै समस्या भइरहेको छ ।”
बेँसी सहर नगरपालिका-११ का वडाध्यक्ष शिव जोशीले वडा सचिव नहुँदा नागरिकलाई वडा कार्यालय आउन र जान दुःख मात्र हुने गरेको बताउँछन् । दश महिनादेखि वडा सचिव नहुँदा नागरिकले धेरै दुःख पाइरहेको र वडाको कामका लागि नगरपालिकाको कर्मचारीलाई तोकिए पनि वडा सचिवको हस्ताक्षर तथा पञ्जीकरणको कामका लागि वडाबाट पालिका जानुपर्ने बाध्यता भएको उनको भनाइ छ ।
नागरिकले पालिका जान र आउनका लागि गाडी भाडा पाँचदेखि छ सय रुपैयाँ खर्च गर्न बाध्य हुँदै आएको जानकारी दिँदै वडाध्यक्ष जोशीले सामान्य काम वडाको सहयोगीबाट गर्दै आए पनि विवाह, जन्म दर्ता, मृत्युलगायत कामका लागि अनिवार्य पालिकामा जानुपर्ने बाध्यताले वडा सचिवको माग गर्दै आए पनि हालसम्म वडासचिवविहीन कार्यालय भइरहेको बताए ।
क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले यस पालिकाको अधिकांश वडामा सचिव नहुँदा सेवाग्राहीलाई समस्या भइरहेको बताए । वडा सचिव नहुँदा पालिकाभित्रकै आन्तरिक कर्मचारीलाई खटाएर काम गराइरहेको उनको भनाइ थियो । वडा सचिव हुँदा र अन्य कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिँदा फरक परे पनि केही भए पनि समस्या समाधान भएको अध्यक्ष गुरुङले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - ०९:०९
काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...
आषाढ़ १ गते, २०८३ - ०९:०७
काठमाडौँ । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...
आषाढ़ १ गते, २०८३ - ०९:०५
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले घोषणा गरेको ‘आरोग्य दशक’ पहलले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यट...
आषाढ़ १ गते, २०८३ - ०९:०३
काठमाडौं । ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख))ले जितेका...
आषाढ़ १ गते, २०८३ - ०९:००
काठमाडौं । एक समय नुन–तेल किन्न बुटवलसम्म ढाकर बोकेर पुग्नुपर्ने अर्घाखाँचीका गाउँमा आज सडक, बिजुली, इन्टरनेट, खानेपानी र स्वास्थ्य सेवाको पहुँच पुगेक...
आषाढ़ १ गते, २०८३ - ०८:५७
काठमाडौँ । नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ८०औँ जयतु संस्कृत...
आषाढ़ १ गते, २०८३ - ०८:५६
रौतहट । भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको बाँध मर्मतको नाममा थप अग्लो र बलियो बनाउन थालेपछि रौतहटको सदरमुकाम गौरसहित आसपासका बस्ती पुनः डुबा...
आषाढ़ १ गते, २०८३ - ०८:५३
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बना...
आषाढ़ १ गते, २०८३ - ०८:४६
काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतामाथि सार्वजनिक रूपमा नभए पनि आन्तरिक बैठकमा कडा ...
आषाढ़ १ गते, २०८३ - ०८:४४
भैरहवा । रुपन्देहीमा क्रिकेट पूर्वाधार विस्तारले तीव्रता पाइरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आशा जगाएको छ। निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरक...



प्रतिकृया लेख्नुहोस्: