काठमाडौँ । ललितपुरको मंगलबजारमा घर भएका अमर देउला यतिबेला जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका छन् । प्रहरी प्रधान कार्यालयको क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस) अनुसार अहिले उनी १६ औँ पटक प्रहरीको नियन्त्रणमा रहेका हुन् ।
अमरलाई साथीभाइले ‘लाटो’ भनेर चिन्छन् । जिल्लाको मूख्य व्यापारिक स्थल मंगलबजारको घर बेचेर अहिले उनी इमाडोलमा डेरामा पुगेका छन् ।
अमर लागु औषध प्रयोगकर्ता रहेको र लागुऔषध सेवन गर्दागर्दै उनले चोर्न थालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
क्रिमिनल रेकर्ड अनुसार देउलालाई चोरेको आरोपमा १६ औं पटक पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले बताए ।
२०८० कात्तिक ३० मा ललितपुर महानगरपालिका–८ खरिबोटस्थित रमेश श्रेष्ठको घरमा छिरेर १५ लाख बराबरको धनमाल चोरी गरेको मुद्दामा प्रहरीले उनीबारे अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकृतहरूले देउलाले चोरेको ८ तोला सुन बरामद गरेका छन् ।
उनी २०६७ मङ्सिर ९ मा पहिलोपटक पक्राउ परेका थिए । पहिलोपटक अभद्र व्यवहार मुद्दामा समातिएका उनी धेरैपटक चोरी मुद्दामा जेल परे । २०७१ मा मात्रै उनलाई प्रहरीले ११ वटा मुद्दा चलाएको तथ्याङ्कबाट भेटिएको छ ।
उनी नसाको सुरमा अर्काको घरमा छिरेर चोर्ने र चोरेको सामान तत्काल बेच्न भ्याउँने व्यक्ती रहेको प्रहरीले जनाएको छ । देउला आफ्नो मोटरसाइकलमा एक्लै चोर्न हिँड्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । समूहमा चोरी गर्न नहिँड्ने ४० वर्षीय अमरलाई प्रहरीले सिसिटिभी फुटेजमा देखिएको हुलियाको आधारमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेपछि उनले प्रहरीसँग भनेका छन्– ‘मैले चोरेको छैन ।’ अमर अहिले पनि लागुऔषध सिरिन्ज प्रयोग गर्छन् । डेरामा उनीसँगै उनकी पत्नी र छोरी बस्छन् ।
परिवारले उनलाई लागु औषधको लत छुटाउन भैंसेपाटीस्थित रिह्याव सेन्टरमा राखेको थियो । तर, त्यहाँबाट एक दिन बहिर निस्केर उनी खरिबोटमा चोर्न पुगेका हुन् । २०६७ देखि अमरलाई चोरी र अभद्र व्यवहार मुद्दामा पक्राउ गर्न थालिएको ललितपुरका एसपी कार्कीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: