काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताएका छन् । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित १३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
‘आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन। माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ। सबैभन्दा ठूलो परिवर्तन आइटी क्षेत्रमा आएको छ। साम्राज्यवादले नयाँ नयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ। हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपर्थ्यो, त्यो गर्न सकिरहेका छैनौँ। आजको मुख्य चुनौती यही हो,’ उनले भने, ‘माओको स्मरण गर्नुको अर्थ विचार र क्रान्तिलाई मौलिक ढंगले सोच्नु पनि हो। उहाँले मार्क्सवादका तीन वटै संगठक अंगमा मौलिक योगदान गर्नुभएको छ, मार्क्सवादको नितान्त सिर्जनात्मक विकास गर्नुभएको छ। हामीले सिक्ने त्यहीँनेर हो। हामी कुनै यान्त्रिकता वा अन्धानुकरणमा जानु हुँदैन। पार्टीको आठौँ महाधिवेशनले संश्लेषण गरेको कार्यदिशा पनि यही हो।’
अध्यक्ष प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनुेमा जोड दिए । उनले भने, ‘हामी सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकता दिएका छौँ, यसको अर्थ समाजवादको आधार तयार पार्नु हो। त्यसकै आधारमा हामी अगाडि बढ्छौँ।’
पार्टीले चार महिनाका लागि सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान समापनलगत्तै अर्को अभियानको सुरूवात गरिने उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘चार महिने अभियान पुस १६ गते समापन हुँदै छ। त्यसपछि हामी विचारको छलफल र अन्तरक्रियामा जनतामा नै जान्छौँ। त्यसका लागि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौं।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - ०८:४९
काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डा प्रयोग नहोस् भन्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गत...
पौष २ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रह...
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन




प्रतिकृया लेख्नुहोस्: