सुर्खेत । कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएका जाजरकोट तथा रुकुम पश्चिमका नागरिकलाई यहाँका संघ संस्थाले भारी सहयोग गरेकोमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले खुसी व्यक्त गरेका छन् ।
उनले सेभ सेभ द चिल्ड्रेनको सहकार्यमा पहाडी क्षेत्र विकास अभियानले भारी काम गरेको भन्दै पहाडीलाई शुभकामना समेत दिए ।
भूकम्पले क्षती भएका जनताका सबै घर बनाउने जिम्मा सरकारले लिने मन्त्री आचार्यले बताए । भूकम्प पीडितहरुको अबस्था बुझ्न जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताएका हुन ।
झरी लाग्नु भन्दा पहिलेनै पालमुनी रहेका भूकम्प पीडितहरुलाई अस्थायी आबासमा लिई सक्ने सरकारको लक्ष्य रहेको मन्त्री आचार्यले जानकारी दिनुभयो । भूकम्प गएको ३६ घण्टा भित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरण जस्ता कार्यमा नेपाल सरकारलाई सहयोग गर्दै आएको सेभ द चिल्ड्रेन र सेभ द चिल्ड्रेनसंग साँझेदार स्थानीय संघ÷संस्था लगाएतका विभिन्न दातृ निकाय तथा दाताहरुलाई मन्त्री आचार्यले धन्यवाद दिएका छन् ।
भूकम्प प्रभावितहरुको पुर्ननिर्माण तथा पुर्नस्थापनासम्मको काममा नेपाल सरकारलाई सहयोग गर्न मन्त्री आचार्यले सम्पूर्ण दातृ निकायलाई अपिल गरेका थिए ।
भूकम्प गएको ३६ घण्टा देखि निरन्तर रुपमा स्थानीय संस्थासंगको साँझेदारीमा सेभ द चिल्ड्रेनले भूकम्प पीडितहरुलाई विभिन्न प्रकारका राहत सामग्रीहरु वितरण गर्दै आएको सेभ द चिल्ड्रेनको निमित्त राष्ट्रिय निर्देशक तारा क्षत्रीले जानकारी दिए । भूकम्प लगाएतका विभिन्न विपदहरुमा सबैभन्दा बढि जोखिममा सुत्केरी र गर्भवति महिला, सुनौला हजार दिनभित्रका बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु रहने क्षतीले जानकारी दिए ।
जोखिमा रहेका २ बर्ष मुनीका सुत्केरी, ५ महिना भन्दा माथिका गर्भवति महिला र क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सेभ द चिल्ड्रेनले पहाडी क्षेत्र विकास अभियान लगाएत अन्य निकायको साझेदारीमा नलगाड नगरपालिका–३ र ४, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–११ का ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको जानकारी दिए । अभियानसंगकै साँझेदारीमा भेरी नगरपालिका–१, ३ ÷४, कुशे गाउँपालिका–७ र रुकुमपश्चिको सानोभेरी गाउँपालिकाका ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको क्षत्रीले जानकारी दिए । सानीभेरी गाउँपालिकाको १ र ४ मा समेत अभियानले राहत बितरण गरेको थियो ।
मन्त्री आचार्यसंगै भूकम्प पीडितहरुको अबस्थालाई बुझ्न रावतगाउँ पुगेका भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले राहत वितरण, अस्थायी आबास निर्माणसंगै पुर्ननिर्माणको कामलाई संगसंगै बढाउनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: