राजविराज । लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले पहिचान र अधिकारकालागि भएको मधेश आन्दोलनलाई राज्यले आपराधिक घटना बनाउन थालेको भन्दै सत्तामा रहेका मधेशवादी दलहरुले सरकार छोडेर आन्दोलनमा जानु पर्ने बताएका छन् । मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मधेश आन्दोलनको अगुवाई गर्दै आएका महोत्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य अभिराम शर्मालगायतलाई महोत्तरी जिल्ला अदालतले आजन्म कारावासको फैसला सुनाएको भन्दै उनले पहिचान र अधिकारकालागि लडेका योध्दामाथि यस्तो सजाय सुनाउनाले राज्यपक्षले नै मधेश आन्दोलनलाई अपराधको करार दिएको साबित हुन पुगेको जिकिर गरे ।
काँग्रेस, माओवादी, एमालेलगायतका दलहरुले गरेको आन्दोलनमा पनि नागरिक तथा प्रहरीको ज्यान गएको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोले मधेश आन्दोलनमा लागेकामाथि आजन्म कारावासको सजाय सुनाउँदा पनि मधेशबादी दलहरु सत्तामा टाँसिएर बस्नुको औचित्य नरहने टिप्पणी गरे ।
उनीहरुको आन्दोलन चाहिँ राजनीतिक हुने अनि अधिकार र पहिचानकालागि भएको मधेश तथा थरुहट आन्दोलन चाहिँ आपराधिक रु महतोले प्रश्न गर्दै भने,यो एकल जातिय राज्यको नश्लवादी चिन्तन भएकोले हामीहरुलाई त्यो कदापि स्वीकार्य हुन सक्दैन ।” उनले लोसपा,जनता समाजवादी पार्टी, जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी लगायतका मधेशवादी दलहरुले सत्ता त्यागेर आन्दोलनमा उत्रने समय आईसकेको बताए ।
यो सत्तामा टाँसिएर बसिरहने समय होईन,उनले थपे,अब सरकार छाडेर बाँकी अधिकार प्राप्तीकालागि समेत आन्दोलनमा उत्रनु अपरिहार्य भईसकेको छ । आफ्नो पार्टी समेत आन्दोलनमा लागेका नेता कार्यकर्तामाथि आजन्म कारावासको सजाय सुनाउँदा पनि सत्तामा बसिरहेको प्रति असन्तुष्टि जनाउँदै उनले यस्तै रबैया कायम रहे आफ्नै नेतृत्वमा मेचीदेखि महाकालीसम्मको दौडाहा गरी जनतालाई आन्दोलनमा उतार्ने चेतावनी दिए । यद्यपि छुट्टै पार्टी गठन गर्ने समय चाहिँ आई नसकेको उनको कथन थियो ।
मधेश आन्दोलन आफूलगायत उपेन्द्र यादव,महन्थ ठाकुर,महेन्द्र राय,अनिल झा, शरतसिंह भण्डारी,राजकिशोर यादव लगायतको नेतृत्वको सात मधेशवादी राजनीतिक दलको सहभागितामा भए पनि यति बेला उनीहरु सत्तामा नै बसिरहेको प्रति महतोले असन्तुष्टी जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: