राजविराज । लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले पहिचान र अधिकारकालागि भएको मधेश आन्दोलनलाई राज्यले आपराधिक घटना बनाउन थालेको भन्दै सत्तामा रहेका मधेशवादी दलहरुले सरकार छोडेर आन्दोलनमा जानु पर्ने बताएका छन् । मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मधेश आन्दोलनको अगुवाई गर्दै आएका महोत्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य अभिराम शर्मालगायतलाई महोत्तरी जिल्ला अदालतले आजन्म कारावासको फैसला सुनाएको भन्दै उनले पहिचान र अधिकारकालागि लडेका योध्दामाथि यस्तो सजाय सुनाउनाले राज्यपक्षले नै मधेश आन्दोलनलाई अपराधको करार दिएको साबित हुन पुगेको जिकिर गरे ।
काँग्रेस, माओवादी, एमालेलगायतका दलहरुले गरेको आन्दोलनमा पनि नागरिक तथा प्रहरीको ज्यान गएको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोले मधेश आन्दोलनमा लागेकामाथि आजन्म कारावासको सजाय सुनाउँदा पनि मधेशबादी दलहरु सत्तामा टाँसिएर बस्नुको औचित्य नरहने टिप्पणी गरे ।
उनीहरुको आन्दोलन चाहिँ राजनीतिक हुने अनि अधिकार र पहिचानकालागि भएको मधेश तथा थरुहट आन्दोलन चाहिँ आपराधिक रु महतोले प्रश्न गर्दै भने,यो एकल जातिय राज्यको नश्लवादी चिन्तन भएकोले हामीहरुलाई त्यो कदापि स्वीकार्य हुन सक्दैन ।” उनले लोसपा,जनता समाजवादी पार्टी, जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी लगायतका मधेशवादी दलहरुले सत्ता त्यागेर आन्दोलनमा उत्रने समय आईसकेको बताए ।
यो सत्तामा टाँसिएर बसिरहने समय होईन,उनले थपे,अब सरकार छाडेर बाँकी अधिकार प्राप्तीकालागि समेत आन्दोलनमा उत्रनु अपरिहार्य भईसकेको छ । आफ्नो पार्टी समेत आन्दोलनमा लागेका नेता कार्यकर्तामाथि आजन्म कारावासको सजाय सुनाउँदा पनि सत्तामा बसिरहेको प्रति असन्तुष्टि जनाउँदै उनले यस्तै रबैया कायम रहे आफ्नै नेतृत्वमा मेचीदेखि महाकालीसम्मको दौडाहा गरी जनतालाई आन्दोलनमा उतार्ने चेतावनी दिए । यद्यपि छुट्टै पार्टी गठन गर्ने समय चाहिँ आई नसकेको उनको कथन थियो ।
मधेश आन्दोलन आफूलगायत उपेन्द्र यादव,महन्थ ठाकुर,महेन्द्र राय,अनिल झा, शरतसिंह भण्डारी,राजकिशोर यादव लगायतको नेतृत्वको सात मधेशवादी राजनीतिक दलको सहभागितामा भए पनि यति बेला उनीहरु सत्तामा नै बसिरहेको प्रति महतोले असन्तुष्टी जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: