Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

रौतहटमा स्थानियत हको बेरुजु झण्डै १० अरब, कुन पालिकाकाे कति बेरूजु

खबरडबली संवाददाता

रौतहट । रौतहट सबै स्थानीय निकायको गरेर बेरुजु रकम झण्डै १० अरब पुगेको छ। महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन २०७९ अनुसार रौतहटका १८ पालिकामा ९ अर्ब ९० करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

जिल्लाका पालिकाहरुमा २०७९ असार ३२ गतेसम्म कार्यरत कार्यालय प्रमुख तथा लेखा प्रमुखका नाममा २ अर्ब २१ करोड ५२ लाख २५ हजार ३० रुपैयाँ बेरुजु देखिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । 

सबैभन्दा बढी ईशनाथ नगरपालिकामा ८४ करोड २९ लाख ४२ हजार रुपैयाँ बेरुजु छ । दोस्रोमा राजपुर नगरपालिकामा ७८ करोड ६५ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । पालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फर्छयौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ (२) (घ) बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्न तदारुकता नदेखाएको महालेखाको प्रतिवेदनले देखाएको छ। 

रौतहटका पालिकाहरुले महालेखा परीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रुपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । पालिकाको लेखा परीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्य अनुसार नभएको, कर्मचारीको दरबन्दी अनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको पाइएको छ । 

यस्तै, आन्तरिक नियन्त्रण प्रणाली कमजोरलगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनले औँल्याएको छ । धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने लगायत छन् ।

गौर नगरपालिकाको गत आर्थिक वर्षसम्म लेखापरीक्षणबाट २७ करोड १७ लाख ९१ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु २७ करोड ९४ लाख ७३ हजार रुपैयाँ छ । साथै, गौर नगरपालिकामा कार्यरत कार्यालय प्रमुख सुभाषकुमार ठाकुर र लेखा प्रमुख सोहैल अन्सारीका नाममा १० करोड ७६ लाख ८२ हजार ७५ रुपैयाँ बेरुजु छ । 

ईशनाथ नगरपालिकामा गतवर्षसम्म ७६ करोड १३ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ भने विगत वर्षदेखि हालसम्म अद्यावधिक बेरुजु ८४ करोड २९ लाख ४२ हजार रुपैयाँ छ । कार्यालय प्रमुख भूदेव झा, खिमबहादुर भुजेल र लेखा प्रमुख मनोज कुमार ठाकुरको नाममा ११ करोड ९१ लाख ७८ हजार १ सय १२ रुपैयाँ बेरुजु छ ।

कटहरिया नगरपालिकाको गत आर्थिक वर्षसम्म ३९ करोड ३३ लाख ४७ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ मा अद्यावधिक गर्दा ५८ करोड १९ लाख ३५ हजार रुपैयाँ बेरुजु छ । कार्यालय प्रमुख राम प्रकाश साह र लेखा प्रमुख विवेक कुमार सहनीका नाममा १८ करोड ८५ लाख ८७ हजार ८ सय ६१ रुपैयाँ बेरुजु रहेको छ । 

गढीमाई नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्ममा विभिन्न शीर्षकमा ५४  करोड १३ लाख २७ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ सम्ममा अद्यावधिकमा ६४ करोड १५ लाख ९८ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख नागेन्द्र यादव र लेखा प्रमुख कामेश्वर सहनीका नाममा १४ करोड ५९ लाख ५१ हजार ५ सय ७२ रुपैयाँ बेरुजु छ । 

गरुडा नगरपालिकाको गतवर्षसम्ममा ४४ करोड ८२ लाख १९ हजार रुपैयाँ बेरुजु बाँकी रहेकामा यसवर्ष समायोजन र सम्परीक्षणबाट फर्छ्यौटसम्मको अद्यावधिकमा ५६ करोड २८ लाख ५० हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख रामबाबु राय यादव र लेखा प्रमुख कुमार ठाकुरका नाममा ११ करोड ४६ लाख ३० हजार ८ सय ९४ रुपैयाँ बेरुजु छ । 

गुजरा नगरपालिकामा २८ करोड ३० लाख २८ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ को लेखा परीक्षणबाट ३६ करोड ४१ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको छ । कार्यालय प्रमुख विनोद कुमार जयसवाल र लेखा प्रमुख शैलेन्द्र कुमार श्रीवास्तवका नाममा ८ करोड ११ लाख ३ सय २१ रुपैयाँ बेरुजु रहेको छ । 

चन्द्रपुर नगरपालिकामा विगतका वर्षको ५४ करोड ८४ लाख ४२ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ को लेखा परीक्षणबाट ७१ करोड ६१ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ । कार्यालय प्रमुखहरू सुरेन्द्र प्रधान, कृष्ण प्रसाद सिग्देल, हरिलाल पुरी र लेखा प्रमुख अपर्णा देवकोटाका नाममा १६ करोड ७७ लाख ३३ हजार ९ सय ९३ रुपैयाँ १६ पैसा बेरुजु छ । 

देवाही गोनाही नगरपालिकामा गतवर्षसम्म ४० करोड ६० लाख ४२ हजार रुपैयाँ बेरुजु रहेकामा आर्थिक वर्ष २०७८–७९ मा समायोजन र सम्परीक्षणबाट फर्छ्यौट गर्दा अद्यावधिक बेरुजु ४८ करोड ५ लाख ५० हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख वीरेन्द्र प्रसाद चन्द्रवंशी, मनोज कुमार यादव र लेखा प्रमुख प्रदिप कुमार यादवका नाममा ७ करोड ४५ लाख ८ हजार ८ रुपैयाँ बेरुजु छ । 

परोहा नगरपालिकामा  गतवर्षसम्म २६ करोड ४९ लाख ९० हजार रुपैयाँ बेरुजु रहेकामा आर्थिक वर्ष २०७८–७९ सम्ममा आइपुग्दा अद्यावधिक बेरुजु ३४ करोड ८३ लाख ५७ रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख ओमप्रकाश यादव, मो। महफुज अहमद र लेखा प्रमुख शिवपुजन मण्डलका नाममा ८ करोड ३७ लाख ७६ हजार ४ सय ५४ रुपैयाँ बेरुजु छ । 

फतुवा विजयपुर नगरपालिकामा गतवर्षसम्मको लेखा परीक्षणबाट ४६ करोड ७५ लाख ८२ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु ६१ करोड ८६ लाख १२ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख प्रमोद कुमार गुप्ता, शम्भु कुमार यादव र लेखा प्रमुख नवीन कुमार यादवका नाममा १५ करोड २ लाख ९१ हजार ९ सय ४१ रुपैयाँ बेरुजु छ । 

बौधीमाई नगरपालिकामा गतवर्षसम्मको बेरुजु ४५ करोड ६८ लाख ९ हजार रुपैयाँ  छ । अद्यावधिक बेरुजु ५० करोड ३६ लाख ७९ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख रामेश्वर राय यादव र लेखा प्रमुख अरबिन्द कुमार यादवका नाममा ८ करोड ६४ लाख २३ हजार ७ सय ९ रुपैयाँ बेरुजु छ । 

माधवनारायण नगरपालिकामा गतवर्षसम्मको लेखा परीक्षणबाट ३१ करोड ८१ लाख ३० हजार रुपैयाँ बेरुजु देखिएको छ । अद्यावधिक बेरुजु ३७ करोड ६३ लाख ९८ हजार रुपैयाँ छ । कार्यालय प्रमुख जियालाल राय यादव, प्रलभ कायस्थ र लेखा प्रमुख रामबलम यादवका नाममा ५ करोड ८२ लाख ६७ हजार ४ सय २५ रुपैयाँ बेरुजु छ । 

मौलापुर नगरपालिकामा गतवर्षको लेखा परीक्षण केलाउँदा ५१ करोड ७ लाख ३४ हजार रुपैयाँ बेरुजु देखिएकामा समायोजन र सम्परीक्षणबाट ५५ करोड १५ लाख ६५ हजार रुपैयाँ अद्यावधिक भएको छ । कार्यालय प्रमुख रामबाबु प्रसाद साह र लेखा प्रमुख जय प्रकाश महतोका नाममा १० करोड ५ लाख ९३ हजार ७ सय ५७ रुपैयाँ बेरुजु छ । 

राजदेवी नगरपालिकामा ५३ करोड ४६ लाख ३७ हजार बेरुजु देखिएको छ भने हालसम्मको अद्यावधिक बेरुजु ६६ करोड ८८ लाख ९० हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख सुबोध साह र लेखा प्रमुख नागेन्द्र साहका नाममा १३ करोड ४२ लाख ५२ हजार ८ सय ७८ रुपैयाँ बेरुजु छ । 

राजपुर नगरपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा ६५ करोड १६ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको छ भने अद्यावधिक बेरुजु ७८ करोड ६५ लाख १६ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख बैजु ठाकुर र लेखा प्रमुख मनोज राज कर्णका नाममा १३ करोड ९९ लाख ५३ हजार ६७ रुपैयाँ बेरुजु छ । 

दुर्गा भगवती गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणले ५७ करोड ९७ लाख ४१ हजार रुपैयाँ बेरुजु छ । ८ लाख ६ हजार फछर्यौट भएको छ । अद्यावधिक बेरुजु ६८ करोड ८२ लाख २५ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख ओम प्रकाश यादव र लेखा प्रमुख विवेक कुमार सहनीका नाममा १० करोड ९२ लाख ८९ हजार ८ सय ७५ रुपैयाँ बेरुजु छ । 

यमुनामाई गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणले ३५ करोड ६७ लाख ४० हजार रुपैयाँ बेरुजु देखिएकामा ८ लाख ६ हजार फछर्यौट भएको छ । अद्यावधिक बेरुजु ४९ करोड ९८ लाख ३५ हजार रुपैयाँ छ । कार्यालय प्रमुख राम श्रेष्ठ, राय यादव र लेखा प्रमुख श्रीनारायण झाका नाममा १४ करोड ३० लाख ९५ हजार ३२ रुपैयाँ बेरुजु छ । फर्छयौट गर्न बाँकी सम्पूर्ण रकम असुल फर्छयौट गर्नु महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा सुझाव दिएको छ । 

वृन्दावन नगरपालिकाको २०७८–७९ लेखा परीक्षण प्रतिवेदन सार्वजनिक भएको छैन । २०७७–७८ को लेखा प्रतिवेदनअनुसार ३९ करोड २३ लाख ७९ हजार रुपैयाँ बेरुजु छ । कार्यालय प्रमुख नागेन्द्र राय यादव र लेखा प्रमुख सिताराम पालका नाममा २० करोड ९९ लाख १७ हजार ७२ रुपैयाँ बेरुजु छ ।

रौतहटका कोष नियन्त्रक सन्तोष प्रसाद साहका अनुसार स्थानिय निकाय आफैमा एउटा सरकार भएकाले बेरुजु रकम असुलको लागी सम्बन्धित ब्यक्ती अथवा संस्थालाई पत्र लेखेर पहल गर्नु पर्दछ। स्थानीय निकायले अशुलको लागि बेवास्ता गरेमा महालेखा परीक्षकको कार्यालयले पहल गर्नुपर्ने कुशवाहाले जानकारी दिएका छन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending