Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सञ्चालनको पर्खाइमा टीकापुर विमानस्थल

खबरडबली संवाददाता

कैलाली । पञ्चायतको बेला सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने टीकापुर विमानस्थल सशस्त्र द्वन्द्वपछि सञ्चालनको पर्खाइमा रहेको छ । सशस्त्र द्वन्द्वपछिको शान्तिप्रक्रियासँगै सुकुम्वासी र मुक्तकमैयाको अतिक्रमणमा परेको विमानस्थल सञ्चालनमा ल्याउने भन्दै खाली भएको दशक बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । अतिक्रमण हटाएर मर्मतसम्भार भएको विमानस्थलमा परीक्षण उडानसमेत भएको थियो । 

परीक्षण उडानपछि गौचरनमा सीमित भएको विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि त्यसले सार्थकता पाउन नसकेको स्थानीय राजेन्द्र विश्वकर्माले बताए । “आज जहाज चड्नका लागि नेपालगञ्ज र धनगढी जानुपर्ने बाध्यता टीकापुरवासीलाई छ”, उननले  भने, “टीकापुर विमानस्थलबाट जाहाज उड्न सकेको भए त्यति टाढा जानुपर्ने बाध्यता अन्त्य हुने थियो ।”

टीकापुरको पर्यटन र विकासको सम्भावनालाई मूर्तरुप दिनका लागि विमानस्थल सञ्चालनको विकल्प नभएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । “आज दैनिक एक जहाजलाई पुग्ने यात्रु टीकापुरबाट नेपालगञ्ज र धनगढी जाने गरेका छन् । विमानस्थल सञ्चालन भएमा ती यात्रुले टीकापुरबाटै जहाज चड्थे”, उनले भने, “टीकापुरमा भएका पर्यटकीय सम्भावनाका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउनका लागि पनि टेवा पुग्ने थियो ।”
  
उक्त विमानस्थल सञ्चालन भएमा कैलालीका आठ र बर्दियाका तीन पालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास छ । धावनमार्गको समस्या देखाउँदै सञ्चालनमा ढिलासुस्ती भएको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने मागसहित नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका थिए ।  

नगर उपप्रमुख शाहले गलत राजनीतिक संस्कारका कारण विमानस्थल सञ्चालनको बाटो खुल्न नसकेको बताए । “हाम्रो विकासको वितरण प्रणाली नै असमान छ । उक्त असमान वितरण प्रणालीको सिकार टीकापुर विमानस्थल पनि बनेको कुरा यथार्थ हो”, उनले भने, “विकासको वितरण प्रणालीमा प्रधानमन्त्री, मन्त्री तथा नेतृत्व तहमा पुगेका राजनीतिक दलका नेता आफ्नो क्षेत्र केन्द्रित हुँदा पनि समस्या भएको हो । भएका सम्भावनालाई राज्यस्तरबाट सहयोग हुनसकेको छैन ।” 

नगर उपप्रमुख शाहका अनुसार विमानस्थलमा तत्काल एटिआर ४२ को जहाजका लागि कुनै समस्या नभएको देखिएको छ । “मैले पाइलटसँग बुझ्दा एटिआर ७२ का लागि धावनमार्ग पुग्दैन । एटिआर ४२ को जहाजका लागि कुनै समस्या छैन”, उनले भने । यसको सञ्चालनका लागि राज्य तथा सरोकारवाला निकायबाट पहल हुनुपर्ने उनको भनाइ थियो ।

यसअघि पनि विमानस्थल सञ्चालनका लागि धेरै प्रयास भएका छन् । विमानस्थलको अध्ययनका लागि तीन अध्ययन समिति पनि बनेका थिए । ती अध्ययन समितिको प्रतिवेदनका आधारमा धावनमार्गको समस्याका कारण विमानस्थल सञ्चालनमा ल्याउन कठिन देखिएको छ । 

टीकापुर उद्योग वाणिज्य सङ्घले विमानस्थल सञ्चालनको माग राख्दै दुई पटक महोत्सव आयोजना गरेको थियो । “हामीले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई टीकापुरमा ल्याएर विमानस्थल सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न लगाएका थियौँ”, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सन्तोष खड्काले भने, “त्यसपछि पनि विमानस्थल सञ्चालनका लागि धेरै प्रयास भएका छन् । ती प्रयास सार्थक भने हुन सकेनन् ।”

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले तत्कालीन अवस्थामा ठूलो जहाज सञ्चालनका लागि धावनमार्गको समस्या देखिएको बताएए । उननले धनगढी र नेपालगञ्ज विमानस्थललाई देखाउँदै सानो जहाज सञ्चालन गर्दा हवाई भाडा महँगो हुने तथा यात्रु पाउन गाह्रो हुने बताए । 

“ठूलो जहाजको लागि धावनमार्ग पुग्दैन । सानो जहाजमा काठमाडौँबाट टीकापुर यात्रा गर्दा निकै महँगो पर्छ र प्राधिकरणसँग अहिले जहाज पनि कम छन्”, भुलले भने, “विमानस्थाल सञ्चालनका लागि प्राधिकरणले यहाँको वास्तविक वस्तुस्थितिको अध्ययन गरेर अगाडि बढ्ने तयारी गरिरहेको छ ।” उनका अनुसार प्राधिकरणले यसभन्दा अगाडिका अध्ययनले वास्तविक तथ्य ल्याउन सकेको छैन । 

ठूलो जहाजमार्फत धनगढी तथा नेपालगञ्जबाट काठमाडौँ पुग्न ४५ मिनेटदेखि एक घण्टा लाग्ने भए पनि सानो मार्फत टीकापुर–काठमाडौँ यात्रा गर्न डेढ घण्टा लाग्नुका साथै भाडादर पनि  १० हजार भन्दा माथि पुग्ने प्राधिकरणले जनाएको छ । त्यति महँगो भाडा तिरेर सानो जहाजमा यात्रा गर्ने यात्रु नपाइने भएकाले तत्काल विमानस्थल सञ्चालन हुने स्थिति नदेखिएको हो ।

विमानस्थलको धावनमार्ग १२ सयदेखि १५ सयसम्म बनाउन सकेको खण्डमा काठमाडौँदेखि टीकापुरका लागि दैनिक एक उडान गर्न सकिने प्राधिकरणका सूचना अधिकारी भुलले बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि स्थानीय तथा प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै पहल गर्नुपर्ने बताए । प्रदेश र स्थानीय तहले जग्गाको सुनिश्चितता गरे मात्र अन्य पूर्वाधार निर्माणका लागि लगानी गर्न सकिने उनको भनाइ थियो ।

“प्राधिकरणका तर्फबाट टीकापुर विमानस्थल सञ्चालनका लागि कुनै समस्या छैन । त्यसमा हामीले प्रदेश र स्थानीय तहको भूमिका खोजिरहेका छौँ”, “सूचना अधिकारी भुलले भने, “प्रदेश र स्थानीय तहले जग्गाको सुनिश्चित गरेर आएको अवस्थामा विमानस्थल सञ्चालनमा ल्याउन समस्या छैन ।” 

सङ्घीय सरकारले वार्षिक बजेटमा टीकापुर विमानस्थललाई बर्सेनि समेट्दै लगेको छ । चालू आर्थिक वर्षमा उक्त विमानस्थलको मर्मत सम्भारका लागि भन्दै बजेटमा समावेश गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending