बारा । अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।
विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाट बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैँया मूल्य बराबरको रहेको बारा प्रहरीले जनाएको छ ।
चौधरीले सो एरियामा सस्तोमा आफ्नो घरबाट मोबाइल बिक्रीवितरण गर्दै आएको थियो । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - ०९:०५
सर्लाही । नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको फरहदवामा सोमबार साँझ ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हरिपुर नगरपालिका–३, फर...
पौष ९ गते, २०८१ - ०९:०१
जुम्ला । शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुने क्रममा छ। पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच ल...
पौष ९ गते, २०८१ - ०८:५४
काठमाडौं । परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आरजु देउवा भदौ २ गते नयाँदिल्ली पुगेकी थिइन्। जहाँ उनलाई रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको थ...
पौष ९ गते, २०८१ - ०८:४३
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ...
पौष ९ गते, २०८१ - ०८:०३
राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले तरकारीखेतीबाट परिवार...
पौष ९ गते, २०८१ - ०७:५७
तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ । यो मौसममा ...
पौष ९ गते, २०८१ - ०७:३५
काठमाडौं । भ्रष्टाचारी ठहर कांग्रेस सांसद गुरुङ संसदमै, अभियोग दर्ता मात्रै हुँदा रविलाई निलम्बन अदालतबाट भ्रष्टाचारी ठहर भएका सत्तारूढ कांग्रेस ने...
पौष ९ गते, २०८१ - ०७:२५
हुम्ला । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुक...
पौष ९ गते, २०८१ - ०७:२१
काठमाडौँ । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान वि...
पौष ९ गते, २०८१ - ०७:११
खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीर...
प्रतिकृया लेख्नुहोस्: