उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ एवं चौदण्डी गढी नगरपालिकाको चौदण्डी, सिद्धीपुर क्षेत्रतिर हिउँद र वर्षा याममा प्रशस्त पाइने गरेको दुर्लभ पन्छी हुचिल हिजोआज पाउन कठिन छ । हुचिल बासस्थान र आहाराको अभावमा लोप तथा विस्थापित हुँदै गएका छन् ।
केही वर्ष अगाडिसम्म पनि गाउँघर जङ्गल क्षेत्रमा प्रशस्त पाइने गरेको हुचिल हिजोआज वर्षा, हिउँद, दुवै याममा देखिन छाडेको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादुर राई बताउँछन् । गाउँघरतिर नै बास बस्ने गरेको हुचिलको बासस्थानमा समेत मानिसले अतिक्रमण गर्न थालेको, अवैध शिकारसमेत हुने गरेको र आहारा अभाव हुन थालेकाले हुचिल लोप हुँदै गएको चौदण्डी गढी नगरपालिका सिद्धीपुरका धनबहादुर पुलामीमगरले बताए ।
धनबहादुरले भने, “आजभन्दा दश, बाह्र बर्ष अगाडिसम्म पनि हिउँद वर्षा दुवै याममा गाउँघरमा रातभरि हुचिल खेल्ने रुख–रुख बसेर कराउने गर्दथ्यो, हिजोआज हुचिल बस्ने बासस्थान मानिसले मासी सके, खाने कुरा आहाराको पनि अभाव छ, शिकारीले मार्न थालेपछि हुचिल हिउँद वर्षा दुवै समयमा गाउँघरतिर देखिन छाडेका छन् ।”
बेलका नगरपालिका बबलाका कृषक देवधन राई भन्छन्, “आजभन्दा दश वर्ष अगाडिसम्म बबला गाउँको पाखा जङ्गलतिर रातभर हुचिल कराउने बास बस्ने र गुँड तयार गरी बच्चा पनि हुर्काउने गरेका पाइथ्यो, तर मानिसको अतिक्रमण उनीहरुको बासस्थनमा बढ्न थालेको र अवैध शिकारसमेत हुन थालेपछि हिजोआज केही एक दुई फाट्टफुट्टबाहेक धेरै हुचिल मुस्किलले पाउन छाडिएका छन् ।” उनका अनुसार दश वर्षअघिसम्म बबला पाखा जङ्गल र गाउँको रुखमा सयौँको सङ्ख्यामा हुचिल पाउने गरिएको थियो ।
बेलका मैनामैनीका ७८ वर्षीय इन्द्रबहादुर राईका अनुसार आठदश वर्षअघिसम्म पनि मैनामैनी गाउँघरको रुख, भीरपाखामा दर्जनौँ हुचिल रातभरि नै कराउने र गाउँघरसम्म आएर कराउने गर्दथे, हिजोआज रातको समयमा समेत सुनसान छ, एउटा पनि हुचिलको आवाज सुनिँदैन ।
मङ्सिर र पुसमा समेत यी क्षेत्रका गाउँघर जङ्गलमा हुचिल पाउन छाडिएको कारण यी क्षेत्रबाट विस्तारै हुचिल लोप वा विस्थापित हुँदै गइरहेको बेलका–८ का दीर्घबहादुर भुजेलले बताए । बेलका नगरपालिकाका पूर्वमेयर दुर्गाकुमार थापा भने, “बेलका क्षेत्रका पहाडी जङ्गल हुचिलको लागि राम्रो बासस्थान हो, यसले बढीभन्दा बढी चिउरी, गायोको रुखमा बस्न मनपराउँछ, तर गाउँघरमा हिजोआज चिउरीको बोट काट्ने र ढाल्ने कार्य भइरहँदा हुचिल कराउने गर्दैन ।”
पाखापखेराका पोथ्रा रुख भीर पहराको रुखसमेत मास्न थालिएपछि मुख्य हुचिलको बासस्थान नै समस्या भएका कारण दुर्लभ पन्छी विस्थापित हुन थालेको यस क्षेत्रका अगुवा बताउँछन् । चोरी, शिकार, बासस्थान फँडानी हुँदै आएका कारण हुचिललगायत अन्य पन्छीहरू यस क्षेत्रबाट विस्थापित भइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - ०९:३१
काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...
माघ ६ गते, २०८२ - ०९:२६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्। सामाजिक स...
माघ ६ गते, २०८२ - ०९:१८
पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...
माघ ६ गते, २०८२ - ०८:१६
काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...
माघ ६ गते, २०८२ - ०८:१०
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...
माघ ६ गते, २०८२ - ०८:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...
माघ ६ गते, २०८२ - ०७:४१
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...
माघ ६ गते, २०८२ - ०७:३९
सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...
माघ ६ गते, २०८२ - ०७:३८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...
माघ ६ गते, २०८२ - ०७:३५
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...




प्रतिकृया लेख्नुहोस्: