Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

माटोको मायाले सीमामा सङ्घर्ष गर्दै बडुवालवासी

खबरडबली संवाददाता

कञ्चनपुर । आफूले उपभोग गर्दै आएको जमिनको  जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्र्चय लाग्न सक्छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी विना जग्गाधनी पुर्जा जीवन यापन गर्न विवस छन् ।

भौगोलिक विकटतासँगै अभाव र अधिकारको प्रवाह नगरी पाँच दशकभन्दा बढी समय सीमा बस्तीमा स्थानीयसित जग्गाधनी पुजा नपाएको दशकौँ वितिसक्यो । जोगबुढा नदी पारी, नेपाल–भारत सीमासित जोडिएको बडुवाल टोलसित अभाव, गरिबी र आफूले पाउनुपर्ने अधिकारबाट वञ्चित हुनुपरेको पीडा स्थानीयवासीसित छ । 

स्थानीय तहको निर्वाचनमा बडुवाल टोलबाट वडा सदस्य पदमा निर्वाचन जितेकी दोधारा चाँदनी –३ का महिला वडासदस्य लक्ष्मी रानाले सीमाको पहरेदारीमा बसेका बडुवाल टोलमा साढे तीन सय परिवारमा बीस प्रतिशतले मात्रै जग्गाधनी पुर्जा भएको जानकारी दिए । उनका अनुसार स्थानीयले २०५४ सालमा जग्गाधनी पुर्जा पाएका थिए । 

विसं २०७४ को निर्वाचन आसपास जोगबुढा नदीमा झोलुङ्गे पुल र नदी नियन्त्रणका लागि तटबन्ध बनेपछि बडुवाल टोलवासीले आफू नेपाली हुनुको आभाष पाएको उनको भनाइ छ । पश्चिम भारततर्फ घनाजङ्गल र पूर्वतर्फ जोगबुढा नदीबीचको बडुवाल टोलमा अझै स्थानीयवासीको प्रमुख माग नै आफूले लामो समय भोगचलन गरेको जग्गाको पुर्जा पाउँ भन्ने छ ।

“भारतबाट आउने जङ्गली हात्तीले स्थानीयको ज्यान लिँदा पनि सरकारबाट जग्गा धनी पुर्जा नभएकै कारण क्षतिपूर्ति नपाएको पीडा बडुवाल टोलवासीले भोगेको छ ।” वडा सदस्य रानाले भने, “दुखः, पीडा नभनी माटोको मायाले सीमामा सङ्घर्ष गर्दै बसेका समुदायलाई कहीँकतैबाट सहानुभूति मिलेन ।” सरकारी सुविधाका नाउँमा गाउँमा कच्ची सडक, सोलार बत्ती, एउटा खोप केन्द्र, प्राथमिक तहको स्कुल र पछिल्लो समय सशस्त्र प्रहरी बलको उपस्थितिबाहेक केही छैन ।

स्थानीय गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलको अधिकांश जमिन फिल्डबुकमा कायम मात्रै रहेको बताए । “२०५४ सालमा केहीले पुर्जा पाए पनि पछि आयोग फेरि आउँछ भनेर बन्द गरेछन्”, उनले भने, “हामीलाई त कसैले सुविधा के दियौँभन्दा सबैको एक स्वर जग्गाको पुर्जा नै हो ।” उनले सीमामा माटोको रक्षा गर्दै बसेका बडुवाल टोलीवासीमा पुर्जा नदिएर अन्याय गरिएको दुखेसो पोखे ।

“यतिका वर्ष अभाव र पीडा नभनी सीमामा रक्षार्थ खटिँदा सुविधा दिनुपर्नेमा भएको खेतको पुर्जा नमिल्नु कहाँसम्मको दुखःको विषय हो ? उनले भने, “त्यही पुर्जा नभएको जमिनमा खेती गर्दा भारतबाट आउने जङ्गली हात्तीले समटे्न नदिएको स्थिति छ ।” महाकाली नदी नै सीमा नदीका रुपमा हेरिए पनि कञ्चनपुरका सवालमा भने त्यो लागू हुँदैन । महाकाली पारी दोधारा चाँदनी नगरपालिका छ । दोधारा चाँदनी नगरपालिकामा पनि जोगबुढा नदी बग्छ । जोगबुढा नदी पारी यहाँ दुई  सीमा बस्ती छन् । जबडुवाल टोल र कुतियाकवर । 

दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने कुतियाकवर बस्तीमा ४२ विपन्न समुदायको लामो समयदेखि बसोबास रहे पनि स्थानीयको हातमा अझै जग्गाधनी पुर्जा नपुगेको स्थानीय बहादुर सिंह सुनारको भनाई छ । “जोगबुढा र महाकाली नदीले कुतियाकवर कटान गर्दै सीमा बस्ती नै बिलीन हुने चिन्ता भइसक्दा पुर्जा मिलेन”, उनले भने, “पुर्जाको आसैआसमा सीमा बस्तीबाट कटान र डुबानको समस्याले एक सयभन्दा बढी परिवार नै पलायन भएको विगत छ ।”

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ का वडासदस्य लक्ष्मी रानाले भूमि आयोगमार्फत पुनः बडुवाल टोललगायत वडामा पुर्जा वितरणका लागि नापी आउन लागेको जानकारी दिनुभयो । “यही पुस २२ गते नापी आउने भनेर वडामा पत्राचार भइसकेको छ”, उनले भने, “आशा छ सीमाबस्तीदेखि सबैले जग्गाधनी पुर्जा पाउनेछन् ।”

उनले सीमामा सिपाहीको भूमि निभाएका सीमाबस्तीका स्थानीयलाई राज्यबाट थप सहुलियतका कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए । “सीमामा बसेकाले अझै बिजुली देख्न नपाएको पीडा नै हाम्रो बस्तीमा छ”, उनले भने, “गाउँमा केही समयअघि लगाएको सोलार बत्ती पनि केही बिग्रिसके ।”

त्यसैगरी अढाइ दशकदेखि बडुवाल टोलमा बस्दै आएका स्थानीय कमला सुनारले भारतीय जङ्गलबाट हरेक वर्ष आउने हात्तीबाट प्रताडित हुँदा पनि राज्यबाट कुनै चासो नदिइएको गुनासो पोखे । “न जमिनको पुर्जा छ नत जमिनमा लगाएको अन्नबाली नै भित्र्याउन सक्ने अवस्था छ”, उनले भने, “हुँदाहुँदा घरभित्रको राखिएका धानका बोरासमेत हात्तीले खाइदिए ।” उनले छिमेकी सीता सुनारले हात्तीकै डरले अठार कट्ठा जमिन बाझै छाडेको बताए ।

“भारतीय सीमावर्ती जङ्गल छेउमै जमिन छ, हात्तीलाई नियन्त्रण गर्नसक्ने कुनै साधन नै भएन ।” उनले भने, “हात्तीले सखाफ पार्नुभन्दा त नलगाउनु नै बेस सम्झेर खेत नै बाँझो राखियो ।” सीमामा हात्तीहरु बस्तीमा आउन नदिन तारबारको व्यवस्था गरिदिन उनले आग्रह गरे। “पुर्जा नभएको जमिन कमाएको दशकौँ हुँदा पनि व्यवस्थापन नहुँदा राज्यबाट पाइने अरु सुविधा÷सेवाबाट वञ्चित हुँदा हाम्रो अवस्थामा पनि सुधार आउन बाधा पुग्यो”, उनले भने, “जमिन बैंकमा राखेर ऋण लिएर कारोबार वा अन्य कुनै काम गर्ने चाहना सपनामै सीमित रह्यो ।”

त्यसैगरी अर्का स्थानीय द्रोपती आउजीले सीमामा बिना सुविधा माटोको माया गरेर बस्दा पनि राज्यले बेवास्ता गरेको दुखेसो पोखिन् । “अन्धकार बस्तीमा पनि कुनै सुख सुविधा नभनेर मुलुकको सीमा अतिक्रमणबाट जोगाऔँ”, उनले भनिन्, “न बालबालिकाले राम्रो शिक्षादिक्षा पाए नत घर अग्रजले कुनै ज्याला मजदुरी नै ।”

उनले गाउँका अधिकांश पुरुष भारतीय बजारमा रोजगारीका लागि जानुपर्ने बाध्यता विद्यमान रहेको बताइन् । “पुरुष भारत गएर ज्याला मजदुरी गरेनन् भने घरमा जीविका चलाउन मुस्किल पर्छ”, उनले भनिन्, “आखिर सीमाका पहरेदार भनेर कहिलेसम्म गर्व गरेर बस्ने  ?”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending